• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

  •  सोमबार, फागुन ११, २०८२ मा प्रकाशित

भोजपुर । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पु¥याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ।

आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम छ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो। यहाँका नौवटै वडामा एक÷एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ।

दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ्य इकाइ सञ्चालन गरी सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार नागरिकलाई आवश्यक परेको खण्डमा तत्कालै प्राथमिक स्वास्थ्यसेवा उपलब्ध गराउने, सामान्य औषधि वितरण गर्ने, प्राथमिक उपचार गर्ने तथा जटिल अवस्थाका बिरामीलाई आवश्यक सल्लाह सुझावसहित रेफर गर्ने उद्देश्यले स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको हो।

“भौगोलिक विकटताका कारण जनतालाई समयमै स्वास्थ्य सेवा लिन समस्या भइरहेको थियो,”अध्यक्ष बस्नेतले भन्नुभयो, “स्थानीयलाई सहज स्वास्थ्य सेवा दिन हामीले छ वटा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएका छौँ। आगामी दिनमा सेवाको गुणस्तर र पहुँच दुवै विस्तार गर्ने योजना बनाएका छौँ।”हाल भौगोलिक रूपमा विकट मानिएका वडा नं १ तिम्माको खम्बुखा, वडा नं २ का रुमला र वादुङ्ला, वडा नं ५ खावाको चोलन्ती तथा वडा नं ९ लेखर्कका वैराङ र काभ्रेमा स्वास्थ्य इकाइ सञ्चालनमा रहेका छन्। ती स्थानमा आधारभूत औषधि, प्राथमिक उपचार सेवा तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका उपाध्यक्ष रमादेवी राईले दुर्गम भेगका स्थानीय सामान्य औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य इकाइ स्थापना गरिएको बताउनुभयो।

“मानिसको स्वास्थ्य नै धन हो,” उपाध्यक्ष राईले भन्नुभयो, “सहज रूपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार हो। राज्यको सेवा नागरिकको घरदैलोमै पु¥याउने हाम्रो दायित्व हो।” उहाँका अनुसार स्वास्थ्य सचेतना अभिवृद्धि, नियमित खोप सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा सरसफाइसम्बन्धी जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको छ। स्थानीयवासी गोरखबहादुर विष्टका अनुसार गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि सिटामोल, जीवनजलजस्ता सामान्य औषधिका लागि घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

“पहिले सामान्य ज्वरो आउँदा पनि स्वास्थ्यचौकी पुग्न आधा दिन लाग्थ्यो,” उहाँले भन्नुभयो, “अहिले गाउँमै उपचार पाउँदा निकै सहज भएको छ।”स्वास्थ्य इकाइ स्थापनासँगै स्थानीयमा स्वास्थ्य सेवाप्रति विश्वास बढेको छ।

आकस्मिक अवस्थामा तत्काल उपचार पाउने वातावरण बनेको स्थानीयले बताएका छन्। दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहुँचमा ल्याउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ।रासस

सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.