• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पुरुष र महिला दुवैमा समानरुपमा बाँझोपनको समस्या

  •  बुधबार, फागुन १३, २०८२ मा प्रकाशित

अहिले समाजमा बाँझोपन (निःसन्तानपन) सम्बन्धी धेरै भ्रमहरू रहेका छन् । धेरैजसो मानिसहरू अझै पनि बच्चा नबस्नुमा महिलाको मात्र गल्ती ठान्ने गर्छन् तर यो गलत हो । पुरुष र महिला दुवैमा समानरुपमा बाँझोपनको समस्या देखिन सक्छ । धेरैले पुरुष सधैं सक्षम हुन्छन् भन्ने भ्रम पाल्ने गर्छन् तर उमेर, जीवनशैली र स्वास्थ्य अवस्थाले पुरुषमा पनि शुक्रकीटको गुणस्तरमा असर पार्ने गर्छ । महिलाको उमेर बढ्दै जाँदा गर्भधारण कठिन हुन्छ भन्ने कुरा सत्य भए पनि पुरुषमा पनि उमेर र अस्वस्थ बानीहरूले समस्या ल्याउन सक्छ । अत्यधिक तनाव, अनुशासनहीन जीवनशैली, अनियमित खानपान, धूम्रपान, मद्यपान, उच्च तापक्रममा लामो समयसम्म काम गर्ने पेशा आदिले शुक्रकीट नष्ट गर्न सक्छन्, जसले गर्भधारणमा कठिनाइ बनाउने गर्दछ ।

समाजमा अर्को ठूलो भ्रम भनेको एउटा बच्चा भइसकेपछि फेरि बच्चा नहुने सम्भावना हुँदैन भन्ने हो । धेरै दम्पतीहरूमा यस्तो समस्या देखिन्छ । पहिलो बच्चा भएपछि दोस्रो गर्भ बस्न नसक्नुका कारण विभिन्न हुन सक्दछ । अघिल्लो अप्रेशन, गर्भपतन वा पुनः हर्मोन सम्बन्धी असन्तुलन । त्यसैले, पहिले बच्चा भइसकेपछि अर्कोे गर्भ बस्नै पर्छ भन्ने सोच गलत हो । यस्तो अवस्थामा पनि पुनः परीक्षण गरेर उपचार गर्न सकिन्छ । बाँझोपनको समस्या समाधान गर्न पति, पत्नी दुवैको परीक्षण र विश्लेषण गर्न जरुरी हुन्छ, किनभने समस्या एकातर्फ मात्रै सीमित नहुने सम्भावना रहन्छ ।

उपचारको आर्थिक पक्षबारे कुरा गर्दा प्रारम्भिक परीक्षणहरू सामान्यतया ८–१० हजार रूपैयाँभित्र गर्न सकिन्छ, जसले बाँझोपनको कारण पत्ता लगाउन मद्दत गर्छ । त्यसपछि आवश्यक औषधोपचार र अण्डा उत्पादनसम्बन्धी प्रक्रियामा खासै बढी खर्च नपर्ने हुन पनि सक्छ । तर यदि उपचारमा उन्नत प्रविधिहरू जस्तै : शुक्रकीट संकलन, अण्डा निकाल्ने ल्याबमा निषेचन (आइभिएफ) ल्याप्रोस्कोपी आदि आवश्यक परेमा भने खर्च बढ्ने गर्छ । यी प्रक्रियाहरूमा १०–१५ हजारदेखि माथिसम्म खर्च हुन सक्छ । त्यसैले, खर्च समस्या र प्रयोग हुने प्रविधिमा निर्भर गर्छ । यो विषयमा आम नागरिकले बुझ्न आवश्यक पर्दछ भने हामीले पनि सही जानकारी दिनु पर्छ ।

सामान्यतया उपचार सुरु गर्नुअघि सबैभन्दा पहिले निःसन्तानपनको कारण के हो ? भन्ने स्पष्ट रूपमा पत्ता लगाउनुपर्छ । त्यसपछि मात्र योग्य विशेषज्ञसँग परामर्श लिएर उचित उपचार विधि रोज्नुपर्छ । सबैलाई एउटै उपचार विधि आवश्यक नपर्ने पनि हुन्छ । समस्या महिलामा छ वा पुरुषमा भन्ने आधारमा उपचारको बाटो फरक हुन्छ । सबैलाई उच्च प्रविधियुक्त उपचार आवश्यक नै पर्छ भन्ने पनि होइन । तसर्थ यो उपचार प्रक्रियाले अलि लामो समय लिन्छ, किनभने महिनैपिच्छे अण्डा उत्पादन प्रणाली नियमन गरेर मात्र काम गर्न सकिन्छ ।

कहिलेकाहीँ अण्डा नबन्ने वा पर्याप्त गुणस्तरको अण्डा नहुने कारणले प्रक्रिया लामो हुन सक्छ । उमेर ३५–४० वर्षभन्दा कम भएकाहरूका लागि २–३ वर्षसम्म धैर्यपूर्वक प्रयास गर्दा धेरैजसोमा सफल परिणाम देखापरेको धेरै दम्पती हामीले देखिरहेका छौं । त्यसैले, बाँझोपनको उपचारमा धैर्य हुनु, सही परामर्श र निरन्तरता अत्यन्त आवश्यक हुन्छ । समस्या बुझेर, चिकित्सकसँग सल्लाह गरी सोही अनुसार उपचारको उचित प्रक्रियामा अघि बढ्दा निःसन्तानपनको समस्याको सफल समाधान गरी सुखी दाम्पत्य जीवनयापन गर्न सकिन्छ ।

बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.