• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

युरोलोजी क्यान्सर र उपचार पद्धति

  •  शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित

युरोलोजी क्यान्सर भनेको पिसाब प्रणाली तथा प्रजनन्‌सँग सम्बन्धित अङ्गहरूमा हुने क्यान्सर हो । यसअन्तर्गत मिर्गौला, पिसाबथैली, प्रोस्टेट, अण्डकोष र युरेथ्रामा देखिने क्यान्सर पर्दछन् । जीवनशैलीमा आएको परिवर्तन, बढ्दो उमेर, धूम्रपान र वंशानुगत कारणले पछिल्ला वर्षहरूमा युरोलोजी क्यान्सरका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । समयमै पहिचान र उचित उपचार गर्न सकेमा यस्ता क्यान्सरको सफल उपचार सम्भव हुन्छ ।

युरोलोजी क्यान्सरका प्रमुख प्रकार

युरोलोजी क्यान्सर विभिन्न प्रकारका हुन्छन् । जसमा मुख्यतया निम्न बमोजिम रहेका छन् :

प्रोस्टेट क्यान्सर : पुरुषमा धेरै देखिने क्यान्सरमध्ये यो एक हो । विशेषगरी यसको प्रभाव बुढेसालतिर हुने गर्छ । ५० वर्ष कटेपछि यसको जोखिम बढ्ने गरेको पाइन्छ ।

मिर्गौला क्यान्सर : यो मिर्गौलाको कोषिकामा अनियन्त्रित वृद्धि हुँदा हुने क्यान्सर हो ।

पिसाबथैली क्यान्सर : यस प्रकारको क्यान्सर रोगमा प्रायः गरी पिसाबमा रगत देखा पर्ने गर्दछ ।

अण्डकोष क्यान्सर : युवावस्थामा देखिने यसखाले क्यान्सर रोग समयमै उपचार गर्दा निको हुने सम्भावना उच्च रहन्छ ।

युरेथ्रा क्यान्सर : यो क्यान्सर रोग कम देखिने तर गम्भीर प्रकृतिको हुन्छ ।

रोगका लक्षण र सुरुवाती संकेत

युरोलोजी क्यान्सरका लक्षण क्यान्सरको प्रकारअनुसार फरक–फरक हुन सक्छन् । सामान्यतया देखिने लक्षणहरू यस प्रकारका रहेका छन् :

0 पिसाबमा रगत देखिनु

0 पिसाब गर्दा दुखाइ वा पोल्ने

0 बारम्बार पिसाब लाग्नु

0 कम्मर वा तल्लो पेट दुखाइ

0 अण्डकोषमा गाँठो देखिनु वा सुन्निनु

0 तौल अचानक घट्नु र थकान महसुस हुनु

यी लक्षण देखिएमा लापरवाही नगरी तुरुन्त युरोलोजी विशेषज्ञसँग परामर्श लिनु अत्यन्त आवश्यक हुन्छ ।

उपचार पद्धति

युरोलोजी क्यान्सरको उपचार क्यान्सरको अवस्था, फैलावट, बिरामीको उमेर र स्वास्थ्य अवस्थाअनुसार तय गर्ने गरिन्छ । यस सम्बन्धीका प्रमुख उपचार

पद्धतिहरू निम्न रहेका छन् :

शल्यक्रिया : क्यान्सर भएको अङ्ग वा भाग हटाउने प्रभावकारी उपाय भनेकै सर्जरी उपचार पद्धति हो ।

किमोथेरापी : औषधिको प्रयोगबाट क्यान्सर कोष नष्ट गर्ने उपचार पद्धतिलाई किमोथेरापी भनिन्छ ।

रेडियोथेरापी : विकिरणको प्रयोग गरी क्यान्सर कोष नष्ट गर्ने उपचार विधि हो ।

हर्मोनथेरापी : विशेषगरी प्रोस्टेट क्यान्सरमा यो उपचार पद्धति निकै नै प्रभावकारी हुने गर्दछ ।

इम्युनोथेरापी : टार्गेटेड थेरापी आधुनिक उपचार पद्धति हो जसले क्यान्सर कोषलाई लक्षित गर्छ ।

समयमै उपचार सुरु गरेमा बिरामीको जीवनस्तर सुधार हुनुका साथै दीर्घकालीन जीवनको सम्भावना बढ्नुका साथै आम नागरिक जस्तै जीवन विताउन सकिन्छ ।

सावधानी तथा रोकथामका उपाय

युरोलोजी क्यान्सरबाट बच्न वा जोखिम कम गर्न निम्न सावधानी अपनाउनु आवश्यक छ :

0 धूम्रपान र मदिरा सेवन त्याग्ने ।

0 प्रशस्त पानी पिउने ।

0 सन्तुलित र पौष्टिक आहार सेवन गर्ने ।

0 नियमित स्वास्थ्य जाँच गराउने ।

0 मोटोपना नियन्त्रणमा राख्ने ।

0 पारिवारिक इतिहास भएमा नियमित स्क्रिनिङ गर्ने ।

0 स्वस्थ जीवनशैली अपनाउनु नै क्यान्सर रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो ।

सबैखाले क्यान्सरको जस्तै युरोलोजी क्यान्सरको अवस्था गम्भीर भए पनि समयमै पहिचान, आधुनिक उपचार पद्धति र उचित सावधानीबाट सफल उपचार सम्भव छ । जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको सल्लाहले यस्ता क्यान्सरबाट हुने जटिलता र मृत्यु दर घटाउन सकिन्छ । त्यसैले लक्षण देखिनासाथ ढिला नगरी उपचारतर्फ अग्रसर हुनु नै बुद्धिमानी कदम हो ।

शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.