• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

देशभित्रकै उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्न नीति आवश्यक : महेश गोर्खाली

  •  मङ्गलबार, फागुन १९, २०८२ मा प्रकाशित

नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुँदैछ। यसै सन्दर्भमा नेपाली औषधि उद्योगको अवस्था, सरकारी नीति र आगामी चुनौतीका विषयमा संघका पूर्व-अध्यक्ष महेश गोर्खालीसँगको कुराकानी तल प्रस्तुत गरिएको छ ।

• आगामी फागुनमा हुन लागेको ‘नेपाल फर्मा एक्स्पो २०२६’ को मुख्य उद्देश्य र आकर्षणहरू के-के हुन्?

यस पटकको एक्स्पो हाम्रो दशौँ संस्करण हो। यसको मुख्य लक्ष्य भनेकै नेपाली औषधि क्षेत्रमा भइरहेको आधुनिक रूपान्तरणलाई उजागर गर्नु हो। यसमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्। प्रदर्शनीमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनरीहरू प्रदर्शन गरिनेछ। यसले नेपाली उद्योगीहरूलाई विश्वव्यापी नवीन प्रविधिसँग साक्षात्कार गराउनेछ।

• भारत सरकारले त्यहाँको औषधि उद्योगलाई ठूलो सहुलियत दिँदै आएको छ, तर अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाली औषधि कम्पनीहरूले राज्यबाट सामान्य सहयोग पनि नपाउनुका कारणहरू के-के होलान्?

देशका उद्योगलाई बढावा दिन हरेक देशले कुनै न कुनै रूपमा सहुलियत दिने गर्छन्। भारतीय औषधि उद्योगको इतिहास पुरानो हुनुका साथै त्यहाँको बजार र निर्यात हिस्सा निकै ठूलो छ। भारतले औषधि उत्पादनलाई प्रोत्साहन गर्न छुट्टै संस्थाहरू नै खडा गरेको छ। हाम्रो सन्दर्भमा, सरकारले उद्योगीहरूलाई २० प्रतिशत मात्रै कर लिएर र भन्सारमा औषधिजन्य पदार्थमा केही छुट दिएर सहयोग त गरेको छ, तर त्यो पर्याप्त छैन। उद्योगले रोजगारी बढाउने र आर्थिक विकासमा टेवा दिने कुरा सरकारलाई थाहा छ, तर सीमित आर्थिक अवस्थाका कारण विकसित मुलुकले जस्तै सहुलियत दिन नसकिएको जस्तो मलाई लाग्छ। हामी उद्योगीहरू सरकारले दिएकै सीमित सहुलियतमा चल्नुपर्ने बाध्यता छ। साथै, औषधि तथा कच्चा पदार्थ आयातका लागि सरकारको नीति अझै अस्पष्ट छ, जहाँ सहुलियत दिनुपर्ने हो त्यहाँ दिइएको छैन।

• औषधि व्यवस्था विभाग तथा स्वास्थ्य मन्त्रालयका नीतिहरू स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालका छन् कि विदेशी उत्पादनलाई बढावा दिने खालका?

मलाई लाग्दैन कि कुनै पनि देशका नीतिहरू जानाजानी विदेशी उत्पादनलाई बढावा दिने र स्वदेशीलाई निरुत्साहन गर्ने खालका हुन्छन्। यद्यपि, सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न जति यथेष्ट मात्रामा नीतिहरू ल्याउनुपर्ने हो, त्यो भने सकेको छैन। उद्योगीहरूले अपेक्षा गरेअनुसारको सहयोग पाउन सकेका छैनन्। कतिपय अवस्थामा नियमनकारी निकायहरूले चाहेर पनि उद्योगीहरूलाई आवश्यक सहुलियत र संरक्षण दिन नसकेको अवस्था छ।

• अब बन्ने नयाँ सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न कस्तो ठोस नीति ल्याउनुपर्छ भन्ने लाग्छ?

देशमा उद्योगको विकासका लागि सबैभन्दा प्राथमिक कुरा भनेको ‘शान्त वातावरण’ हो। उद्योग र व्यवसाय फस्टाउनुको अर्थ लगानीकर्ता बढ्नु हो। तर, नेपालमा पछिल्लो समय जेनजी आन्दोलन पश्चात् उद्योगमा लगानी गर्न डराउने र सशंकित हुने वातावरण बनेको छ। अहिले औषधि मात्र नभई हरेक वस्तुमा हाम्रो परनिर्भरता बढ्दै गइरहेको छ। त्यसैले, सरकारले उद्योग क्षेत्रलाई वास्तविक प्रोत्साहन दिने र स्वदेशी उत्पादनलाई अनिवार्य बढावा दिने नीति ल्याउन आवश्यक छ। सबैभन्दा महत्वपूर्ण कुरा, उद्योगलाई दीर्घकालीन रूपमा अगाडि बढाउन कम्तीमा ५ वर्ष टिक्ने ‘स्थायी सरकार’ बन्नु आबश्यक छ।

मङ्गलबार, फागुन १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.