• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

देशभित्रकै उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्न नीति आवश्यक : महेश गोर्खाली

  •  मङ्गलबार, फागुन १९, २०८२ मा प्रकाशित

नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुँदैछ। यसै सन्दर्भमा नेपाली औषधि उद्योगको अवस्था, सरकारी नीति र आगामी चुनौतीका विषयमा संघका पूर्व-अध्यक्ष महेश गोर्खालीसँगको कुराकानी तल प्रस्तुत गरिएको छ ।

• आगामी फागुनमा हुन लागेको ‘नेपाल फर्मा एक्स्पो २०२६’ को मुख्य उद्देश्य र आकर्षणहरू के-के हुन्?

यस पटकको एक्स्पो हाम्रो दशौँ संस्करण हो। यसको मुख्य लक्ष्य भनेकै नेपाली औषधि क्षेत्रमा भइरहेको आधुनिक रूपान्तरणलाई उजागर गर्नु हो। यसमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्। प्रदर्शनीमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनरीहरू प्रदर्शन गरिनेछ। यसले नेपाली उद्योगीहरूलाई विश्वव्यापी नवीन प्रविधिसँग साक्षात्कार गराउनेछ।

• भारत सरकारले त्यहाँको औषधि उद्योगलाई ठूलो सहुलियत दिँदै आएको छ, तर अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाली औषधि कम्पनीहरूले राज्यबाट सामान्य सहयोग पनि नपाउनुका कारणहरू के-के होलान्?

देशका उद्योगलाई बढावा दिन हरेक देशले कुनै न कुनै रूपमा सहुलियत दिने गर्छन्। भारतीय औषधि उद्योगको इतिहास पुरानो हुनुका साथै त्यहाँको बजार र निर्यात हिस्सा निकै ठूलो छ। भारतले औषधि उत्पादनलाई प्रोत्साहन गर्न छुट्टै संस्थाहरू नै खडा गरेको छ। हाम्रो सन्दर्भमा, सरकारले उद्योगीहरूलाई २० प्रतिशत मात्रै कर लिएर र भन्सारमा औषधिजन्य पदार्थमा केही छुट दिएर सहयोग त गरेको छ, तर त्यो पर्याप्त छैन। उद्योगले रोजगारी बढाउने र आर्थिक विकासमा टेवा दिने कुरा सरकारलाई थाहा छ, तर सीमित आर्थिक अवस्थाका कारण विकसित मुलुकले जस्तै सहुलियत दिन नसकिएको जस्तो मलाई लाग्छ। हामी उद्योगीहरू सरकारले दिएकै सीमित सहुलियतमा चल्नुपर्ने बाध्यता छ। साथै, औषधि तथा कच्चा पदार्थ आयातका लागि सरकारको नीति अझै अस्पष्ट छ, जहाँ सहुलियत दिनुपर्ने हो त्यहाँ दिइएको छैन।

• औषधि व्यवस्था विभाग तथा स्वास्थ्य मन्त्रालयका नीतिहरू स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालका छन् कि विदेशी उत्पादनलाई बढावा दिने खालका?

मलाई लाग्दैन कि कुनै पनि देशका नीतिहरू जानाजानी विदेशी उत्पादनलाई बढावा दिने र स्वदेशीलाई निरुत्साहन गर्ने खालका हुन्छन्। यद्यपि, सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न जति यथेष्ट मात्रामा नीतिहरू ल्याउनुपर्ने हो, त्यो भने सकेको छैन। उद्योगीहरूले अपेक्षा गरेअनुसारको सहयोग पाउन सकेका छैनन्। कतिपय अवस्थामा नियमनकारी निकायहरूले चाहेर पनि उद्योगीहरूलाई आवश्यक सहुलियत र संरक्षण दिन नसकेको अवस्था छ।

• अब बन्ने नयाँ सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न कस्तो ठोस नीति ल्याउनुपर्छ भन्ने लाग्छ?

देशमा उद्योगको विकासका लागि सबैभन्दा प्राथमिक कुरा भनेको ‘शान्त वातावरण’ हो। उद्योग र व्यवसाय फस्टाउनुको अर्थ लगानीकर्ता बढ्नु हो। तर, नेपालमा पछिल्लो समय जेनजी आन्दोलन पश्चात् उद्योगमा लगानी गर्न डराउने र सशंकित हुने वातावरण बनेको छ। अहिले औषधि मात्र नभई हरेक वस्तुमा हाम्रो परनिर्भरता बढ्दै गइरहेको छ। त्यसैले, सरकारले उद्योग क्षेत्रलाई वास्तविक प्रोत्साहन दिने र स्वदेशी उत्पादनलाई अनिवार्य बढावा दिने नीति ल्याउन आवश्यक छ। सबैभन्दा महत्वपूर्ण कुरा, उद्योगलाई दीर्घकालीन रूपमा अगाडि बढाउन कम्तीमा ५ वर्ष टिक्ने ‘स्थायी सरकार’ बन्नु आबश्यक छ।

मङ्गलबार, फागुन १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.