• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

औषधि क्षेत्र जोगाउन नीतिगत सुधार आवश्यक : शंकर घिमिरे

  •  बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुँदैछ। यस पटकको एक्स्पोमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्, जहाँ औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ र मेसिनरीहरूको प्रदर्शन गरिनेछ। यसै सन्दर्भमा नेपाली औषधि उद्योगको अवस्था, अर्थतन्त्रमा यसको योगदान र आगामी सरकारले लिनुपर्ने नीतिका बारेमा पूर्व-अध्यक्ष शंकर घिमिरेसँगको कुराकानी तल प्रस्तुत गरिएको छ ।

• नेपाली औषधि उद्योगलाई देशको स्वास्थ्य र अर्थतन्त्रकै बलियो खम्बाका रूपमा कसरी विकास गर्न सकिन्छ?

वास्तवमा नेपालका सबै उद्योगहरू अर्थतन्त्रका लागि ‘औषधि’ हुन्। औषधि उद्योग झनै संवेदनशील र शिक्षित जनशक्ति संलग्न हुने क्षेत्र हो। यस क्षेत्रमा काम गर्ने फर्मासिष्टहरूलाई वैज्ञानिक पनि भनिन्छ, जसले विदेशमा नयाँ आविष्कार र विकासमा ठूलो योगदान दिएका छन्। औषधि क्षेत्रका जनशक्ति अर्थतन्त्रका जग हुन्। उदाहरणका लागि, मेरो उद्योग एशियन फर्मास्यूटिकलमा मात्रै ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। यदि राज्यको नीतिका कारण उद्योगहरू असफल भए भने यसमा आश्रित हजारौँ परिवार र अन्ततः देशकै अर्थतन्त्र ‘रोगी’ बन्ने अवस्था आउँछ।

• कोरोना महामारीपछि धेरै औषधि उद्योगहरू संकटमा परेका छन्। यस्तो स्थितिमा उद्योगलाई उकास्न के गर्नुपर्ला?

कोरोना महामारीले औषधि उद्योगलाई ठूलो क्षति पुर्‍यायो। बैंकको ब्याजदर एक्कासि बढ्दा कच्चा पदार्थमा गरिएको ठूलो लगानी जोखिममा पर्‍यो। औषधि उद्योग अन्य उद्योगजस्तो होइन, यहाँ हरेक वर्ष अत्याधुनिक वैज्ञानिक उपकरण र प्रविधिमा लगानी थप्नुपर्ने हुन्छ। महामारीका बेला सरकारबाट सामान्य सहुलियत पनि नपाउँदा आधाभन्दा बढी उद्योगलाई बैंकको ब्याज तिर्न समेत कठिन भयो। यस्ता गम्भीर मोडमा राज्यको अभिभावकीय भूमिका नहुँदा उद्योगहरू धराशयी हुने अवस्था आएको हो।

• आगामी सरकारले औषधि उद्योगका कुन विषयलाई प्राथमिकतामा राख्नुपर्छ?

अहिले युवा पुस्ता र आम मानिसले परिवर्तनको ठूलो अपेक्षा गरेका छन्। हाम्रा छिमेकी मुलुक चीन र भारतले औद्योगिक क्षेत्रमा ठूलो फड्को मारिसकेका छन्, तर हामीकहाँ पर्याप्त स्रोतसाधन भएर पनि भौगोलिक अवस्थिति अनुसारको विकास हुन सकेको छैन। मुख्य कुरा, औषधि उद्योगीप्रति हेर्ने दृष्टिकोण नै बदल्न सक्ने नेतृत्व सरकारमा आउनुपर्छ। अझै पनि उद्योग भनेको ‘लुटेर खाने क्षेत्र’ हो भन्ने संकुचित बुझाइ छ। औषधि उद्योगले अर्थतन्त्रमा दिएको योगदान बुझ्न सक्ने र उद्योगका समस्या पहिचान गर्ने मान्छे नीति निर्माणमा आए मात्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्छ।

• वि.सं. २०३५ सालको औषधि ऐनले हालको आधुनिक प्रविधि र आवश्यकतालाई समेट्न सक्छ?

त्यो ऐन आउँदा नेपालमा औषधि उद्योग नै थिएनन्। त्यतिबेला आयातित औषधिलाई व्यवस्थित गर्न मात्र त्यो ऐन ल्याइएको थियो, त्यसैले यो हालको सन्दर्भमा अपुरो छ। लामो समयदेखि औषधिको मूल्य समायोजन हुन सकेको छैन। उद्योगीका दुःख बुझ्दाबुझ्दै पनि ‘हेप्ने’ प्रवृत्ति सरकारमा हुनुहुँदैन। अबको आवश्यकता भनेको देशलाई औषधिमा आत्मनिर्भर बनाउने गरी नयाँ र वैज्ञानिक नीति ल्याउनु हो।

• सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्छ। अन्य जटिल रोगका औषधि उत्पादनमा सरकारले कसरी सघाउन सक्छ?

सरकारले निःशुल्क औषधि वितरण गर्नु राम्रो हो, तर त्यसको नियमन र प्रणाली पारदर्शी हुनुपर्छ। सबैभन्दा ठूलो समस्या मूल्य समायोजनको हो। समयमै मूल्य समायोजन नहुँदा उद्योगीले औषधि उत्पादन नै गर्न नसक्ने अवस्था आउन सक्छ। नीति निर्माण तहमा बस्नेहरूले उद्योगको मर्म र प्राविधिक पक्ष नबुझिदिँदा हामी उद्योगीहरू मारमा परेका छौँ। सरकारले प्रोत्साहन गरेमा हामी जटिल रोगका औषधि पनि स्वदेशमै उत्पादन गर्न सक्षम छौँ।

बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.