• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

औषधि क्षेत्र जोगाउन नीतिगत सुधार आवश्यक : शंकर घिमिरे

  •  बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुँदैछ। यस पटकको एक्स्पोमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्, जहाँ औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ र मेसिनरीहरूको प्रदर्शन गरिनेछ। यसै सन्दर्भमा नेपाली औषधि उद्योगको अवस्था, अर्थतन्त्रमा यसको योगदान र आगामी सरकारले लिनुपर्ने नीतिका बारेमा पूर्व-अध्यक्ष शंकर घिमिरेसँगको कुराकानी तल प्रस्तुत गरिएको छ ।

• नेपाली औषधि उद्योगलाई देशको स्वास्थ्य र अर्थतन्त्रकै बलियो खम्बाका रूपमा कसरी विकास गर्न सकिन्छ?

वास्तवमा नेपालका सबै उद्योगहरू अर्थतन्त्रका लागि ‘औषधि’ हुन्। औषधि उद्योग झनै संवेदनशील र शिक्षित जनशक्ति संलग्न हुने क्षेत्र हो। यस क्षेत्रमा काम गर्ने फर्मासिष्टहरूलाई वैज्ञानिक पनि भनिन्छ, जसले विदेशमा नयाँ आविष्कार र विकासमा ठूलो योगदान दिएका छन्। औषधि क्षेत्रका जनशक्ति अर्थतन्त्रका जग हुन्। उदाहरणका लागि, मेरो उद्योग एशियन फर्मास्यूटिकलमा मात्रै ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। यदि राज्यको नीतिका कारण उद्योगहरू असफल भए भने यसमा आश्रित हजारौँ परिवार र अन्ततः देशकै अर्थतन्त्र ‘रोगी’ बन्ने अवस्था आउँछ।

• कोरोना महामारीपछि धेरै औषधि उद्योगहरू संकटमा परेका छन्। यस्तो स्थितिमा उद्योगलाई उकास्न के गर्नुपर्ला?

कोरोना महामारीले औषधि उद्योगलाई ठूलो क्षति पुर्‍यायो। बैंकको ब्याजदर एक्कासि बढ्दा कच्चा पदार्थमा गरिएको ठूलो लगानी जोखिममा पर्‍यो। औषधि उद्योग अन्य उद्योगजस्तो होइन, यहाँ हरेक वर्ष अत्याधुनिक वैज्ञानिक उपकरण र प्रविधिमा लगानी थप्नुपर्ने हुन्छ। महामारीका बेला सरकारबाट सामान्य सहुलियत पनि नपाउँदा आधाभन्दा बढी उद्योगलाई बैंकको ब्याज तिर्न समेत कठिन भयो। यस्ता गम्भीर मोडमा राज्यको अभिभावकीय भूमिका नहुँदा उद्योगहरू धराशयी हुने अवस्था आएको हो।

• आगामी सरकारले औषधि उद्योगका कुन विषयलाई प्राथमिकतामा राख्नुपर्छ?

अहिले युवा पुस्ता र आम मानिसले परिवर्तनको ठूलो अपेक्षा गरेका छन्। हाम्रा छिमेकी मुलुक चीन र भारतले औद्योगिक क्षेत्रमा ठूलो फड्को मारिसकेका छन्, तर हामीकहाँ पर्याप्त स्रोतसाधन भएर पनि भौगोलिक अवस्थिति अनुसारको विकास हुन सकेको छैन। मुख्य कुरा, औषधि उद्योगीप्रति हेर्ने दृष्टिकोण नै बदल्न सक्ने नेतृत्व सरकारमा आउनुपर्छ। अझै पनि उद्योग भनेको ‘लुटेर खाने क्षेत्र’ हो भन्ने संकुचित बुझाइ छ। औषधि उद्योगले अर्थतन्त्रमा दिएको योगदान बुझ्न सक्ने र उद्योगका समस्या पहिचान गर्ने मान्छे नीति निर्माणमा आए मात्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्छ।

• वि.सं. २०३५ सालको औषधि ऐनले हालको आधुनिक प्रविधि र आवश्यकतालाई समेट्न सक्छ?

त्यो ऐन आउँदा नेपालमा औषधि उद्योग नै थिएनन्। त्यतिबेला आयातित औषधिलाई व्यवस्थित गर्न मात्र त्यो ऐन ल्याइएको थियो, त्यसैले यो हालको सन्दर्भमा अपुरो छ। लामो समयदेखि औषधिको मूल्य समायोजन हुन सकेको छैन। उद्योगीका दुःख बुझ्दाबुझ्दै पनि ‘हेप्ने’ प्रवृत्ति सरकारमा हुनुहुँदैन। अबको आवश्यकता भनेको देशलाई औषधिमा आत्मनिर्भर बनाउने गरी नयाँ र वैज्ञानिक नीति ल्याउनु हो।

• सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्छ। अन्य जटिल रोगका औषधि उत्पादनमा सरकारले कसरी सघाउन सक्छ?

सरकारले निःशुल्क औषधि वितरण गर्नु राम्रो हो, तर त्यसको नियमन र प्रणाली पारदर्शी हुनुपर्छ। सबैभन्दा ठूलो समस्या मूल्य समायोजनको हो। समयमै मूल्य समायोजन नहुँदा उद्योगीले औषधि उत्पादन नै गर्न नसक्ने अवस्था आउन सक्छ। नीति निर्माण तहमा बस्नेहरूले उद्योगको मर्म र प्राविधिक पक्ष नबुझिदिँदा हामी उद्योगीहरू मारमा परेका छौँ। सरकारले प्रोत्साहन गरेमा हामी जटिल रोगका औषधि पनि स्वदेशमै उत्पादन गर्न सक्षम छौँ।

बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.