चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका तीन जना चिकित्सकमध्ये दुई जनाले अग्रता लिएका छन् भने एक जना पछाडि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा उम्मेदवार बनेका डा. लेखजंग थापा र रास्वपाबाटै ललितपुर–३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले फराकिलो अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट मोरङ–३ मा उम्मेदवार बनेका डा. सुनिल शर्मा भने अग्रता लिन असफल भएका छन् ।
निर्वाचन आयोगका अनुसार, रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापा ८,८४१ मतका साथ अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङ १०८१ मत ल्याएका छन् । मतगणना जारी छ ।
पछिल्लो मतगणनाअनुसार, ललितपुर–३ मा रास्वपाकी डा. तोसिमा कार्की ८,८७१ मतका साथ अग्रस्थानमा छिन् । नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ १,४९९ सहित दोस्रो स्थानमा छन् । मतगणना जारी छ ।
मोरङ–३ मा भने नेपाली कांग्रेसका डा. सुनिल शर्मा १,४८२ मतका साथ दोस्रो स्थानमा छन् । त्यहाँ रास्वपाका गणेश कार्की १,६५२ मतका साथ अग्रस्थानमा छन् । मतगणना जारी छ ।
