• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

देशको आर्थिक समृद्धिका लागि उद्योग क्षेत्र अपरिहार्य: महेश प्रधान

  •  शनिबार, फागुन २३, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुँदैछ। एक्स्पोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखेको छ। यसै सन्दर्भमा, देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको औषधि उद्योगले राज्यबाट सहयोग नपाउनुका कारण र आगामी सरकारले लिनुपर्ने नीतिका बारेमा निवर्तमान अध्यक्ष महेश प्रधानसँग गरिएको कुराकानी तल प्रस्तुत छ ।

• भारत सरकारले औषधि उद्योगलाई ३० भन्दा बढी शीर्षकमा सहुलियत दिँदै आएको छ, तर नेपाली औषधि कम्पनीहरूले राज्यबाट खासै सहयोग नपाउनुको मुख्य कारण के देख्नुहुन्छ?
औषधि व्यवसायीका रूपमा मेरो लामो अनुभवका आधारमा भन्नुपर्दा, नेपालका राजनीतिक दलका नेताहरू र कर्मचारीतन्त्रमा उद्योगका बारेमा हुनुपर्ने सामान्य ज्ञानको समेत अभाव देखिन्छ। अझ औषधि उद्योगको संवेदनशीलता र यसको प्राविधिक पक्षबारे त उनीहरूमा पटक्कै जानकारी छैन। पछिल्लो समय नेपालमा औषधि उद्योगहरू विस्तार भइरहेका छन्, तर सरकारले जसरी यसलाई सहुलियत दिएर प्रवद्र्धन गर्नुपर्थ्यो, त्यो हुन सकेको छैन।
हाम्रो छिमेकी मुलुक भारतले विभिन्न शीर्षकमा सहयोग गरेकै कारण त्यहाँका उद्योगहरू विश्वभर औषधि निर्यात गर्न सफल भएका छन्। जर्मनी जस्ता विकसित देशले पनि निर्यात बढाउन औषधि उद्योगलाई ठूलो सहयोग गरिरहेका हुन्छन्। तर, नेपाल सरकारको नीति भने स्वदेशी उत्पादनलाई बढावा दिनुको साटो कसरी विदेशी उत्पादनलाई यहाँ भित्र्याउने र बिक्री-वितरण गर्ने भन्नेतर्फ बढी केन्द्रित देखिन्छ, जुन विडम्बनापूर्ण छ।

• तपाईं नेपाल औषधि उत्पादक संघको  निवर्तमान -अध्यक्ष हुनुभएको नाताले, विगतमा उठाइएका कुन-कुन मुद्दाहरू अझैसम्म सम्बोधन हुन नसकी जस्ताको त्यस्तै छन्?
देशमा समय-समयमा धेरै ठूला राजनीतिक परिवर्तनहरू भए। व्यवस्था बदलिए पनि उद्योग र उद्योगीप्रति सरकारले हेर्ने संकुचित नजरमा भने कुनै परिवर्तन आएन। त्यसैले, औषधि क्षेत्रका जुन मुद्दाहरू हामीले धेरै वर्षअघि उठाएका थियौँ, ती आज पनि समाधान नभई जस्ताको त्यस्तै रहेका छन्। उद्योगको विकासका लागि न त नीतिगत स्पष्टता छ, न त कार्यान्वयनमा तत्परता नै। यद्यपि, म अझै पनि आशावादी छु। आगामी दिनमा बन्ने सरकारले देशको औद्योगिक नीति र उद्योगको महत्वलाई गहिराइमा बुझ्नेछ। स्वदेशमा मात्र नभई विदेशमा समेत हाम्रा उत्पादनहरूको प्रचार-प्रसार गरेर वैदेशिक आय बढाउने वातावरण सिर्जना गर्न सरकारले ठोस कदम चाल्नेछ भन्ने मेरो विश्वास छ।

• निर्वाचनपछि बन्ने नयाँ सरकारलाई औषधि उद्योगको सबलीकरणका लागि के-कस्ता ‘बटमलाइन’ दिन चाहनुहुन्छ?
मैले धेरै चिनजानका नेताहरूलाई भेट्दा प्रश्न गर्ने गरेको छु— “तपाईंहरूले यसअघि गरेका प्रतिबद्धताहरू किन पूरा भएनन्?” म उहाँहरूलाई पुनः के स्मरण गराउन चाहन्छु भने, संसारको इतिहासमा कुनै पनि देशको विकास उद्योगबिना सम्भव भएको छैन। त्यसैले, उद्योगलाई अगाडि बढाउने र आत्मनिर्भर बनाउने विषयलाई घोषणापत्रमा मात्र सीमित नराखी दह्रो आवाजका साथ उल्लेख गर्न मेरो अनुरोध छ। घोषणापत्रमा जे लेखिन्छ, त्यसै अनुसारको कार्यन्वयन गर्नु पनि उत्तिकै आवश्यक छ। यदि कुनै राजनीतिक दलले साँचो अर्थमा उद्योगलाई साथ दिन्छ र अगाडि बढाउने चाहना राख्छ भने त्यस्तो कार्यलाई म सलाम गर्न चाहन्छु।

शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.