• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु

  •  शनिबार, फागुन २३, २०८२ मा प्रकाशित

रुसले रातभर ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन् । आक्रमणपछि देशभरि हवाई चेतावनी जारी गरिएको अधिकारीहरूले शनिबार बताएका छन् । सबैभन्दा ठूलो क्षति पूर्वी खार्किव क्षेत्रमा भएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभका अनुसार खार्किवको किभस्की जिल्लामा रहेको बहुतले आवासीय भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार हुँदा भवन लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो । सो भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको छ भने नजिकैको अर्को घर पनि क्षतिग्रस्त भएको उहाँले टेलिग्राममार्फत जानकारी दिनुभयो । खार्किवका मेयर इगोर तेरेखोभका अनुसार उक्त आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेमध्ये छ वर्ष र ११ वर्षका दुई बालक तथा १७ वर्षीया किशोरी पनि रहेका छन् । घटनाले आवासीय क्षेत्रमा ठूलो त्रास सिर्जना गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसैबीच ड्निप्रोपेट्रोभस्क क्षेत्रमा पनि रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ । क्षेत्रीय प्रशासन प्रमुख ओलेक्सान्डर गान्झाका अनुसार निकोपोल जिल्लामा भएको आक्रमणमा एक जनाको ज्यान गएको र अर्का एक जना घाइते भएका छन् । उहाँका अनुसार रूसी सेनाले ड्रोन, तोपखाना र रकेट प्रयोग गरी उक्त क्षेत्रमा करिब २० पटक प्रहार गरेको थियो । दक्षिणी युक्रेनको जापोरिझिया क्षेत्रमा पनि रुसी ड्रोन आक्रमण भएको छ । क्षेत्रीय प्रशासन प्रमुख इभान फेडोरोभका अनुसार सो आक्रमणमा एक बालक घाइते भएका छन् । खार्किव क्षेत्रकै चुगुइभ सहरमा पनि ड्रोन आक्रमण भएको छ ।

सहरकी मेयर हलीना मिनायेभाले सहरको केन्द्रमा रहेको एक घरमा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको बताउनुभयो । लगातार भइरहेको रुसी आक्रमणका कारण रातभरि युक्रेनभरि हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । देशका धेरै भागमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको थियो । यसैबीच पोल्यान्डको वायु सेनाले पनि सतर्कता बढाएको जनाएको छ । पोल्यान्डले सामाजिक सञ्जाल एक्समार्फत युक्रेनसँग सीमा जोडिएका क्षेत्रको सुरक्षाका लागि आफ्ना सैन्य विमान परिचालन गरिएको जनाएको छ । ठूलो स्तरका रुसी आक्रमणका बेला सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको बताइएको छ ।

शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.