• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मेरुदण्ड प्रभावित बिरामीको संख्या बढ्दै

  •  बुधबार, फागुन २७, २०८२ मा प्रकाशित

मानव शरीरको ढाडको बीच भागमा रहेको हड्डीको संरचनालाई मेरुदण्ड (स्पाइन) भनिन्छ । यो टाउकोदेखि कम्मरसम्म फैलिएको हुन्छ र साना–साना हड्डी भर्टिब्राहरू मिलेर बनेको हुन्छ । मेरुदण्डले शरीरलाई सीधा राख्न, हिँडडुल गर्न, झुक्न, बस्न र स्नायुलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

मेरुदण्डका मुख्य भागहरू

मेरुदण्डलाई मुख्यतया पाँच भागमा विभाजन गरिएको छ ।
# सर्भाइकल (Cervical) – घाँटीको भाग
# थोरासिक (Thoracic) – छातीको भाग
# लम्बर (Lumbar) – कम्मरको भाग
# साक्रल (Sacral) – ढाडको तल्लो भाग
# कक्सिक्स (Coccyx) – पुच्छर हड्डी

मेरुदण्डमा देखिने सामान्य समस्याहरू के–के हुन् ?

आधुनिक जीवनशैलीका कारण मेरुदण्डसम्बन्धी समस्या बढ्दो क्रममा छन् । सामान्यतया मेरुदण्डमा देखिने समस्याहरू यस प्रकार छन् :
– कम्मर दुख्ने (Back Pain)
– घाँटी दुख्ने (Neck Pain)
– डिस्क चिप्लिने (Slip Disc)
– मेरुदण्ड बाङ्गिने (Scoliosis)
– स्नायु थिचिने समस्या
– उमेर बढ्दै जाँदा हड्डी खिइने (Degenerative Spine Disease)

मेरुदण्डको समस्या किन हुन्छ ?

मेरुदण्ड बिग्रिनुका कारण धेरै छन् । मुख्य कारणहरूमा – लामो समयसम्म गलत ढङ्गले बस्नु, मोबाइल वा कम्प्युटर धेरै प्रयोग गर्नु, भारी सामान गलत तरिकाले उठाउनु, शारीरिक व्यायामको कमी, मोटोपना, उमेर बढ्दै जानु, चोटपटक वा दुर्घटना, क्याल्सियम र भिटामिन ‘डी’ को कमी हुनु हो ।

मेरुदण्डको समस्या हुँदा देखिने लक्षण

# ढाड, कम्मर वा घाँटी दुख्नु, लामो समय उभिँदा वा बस्दा दुखाइ बढ्नु, हातखुट्टा झम्झमाउन सुन्निनु वा कमजोरी महसुस हुनु, सिधा उभिन वा झुक्न गाह्रो हुनु, गम्भीर अवस्थामा दिसा–पिसाब नियन्त्रणमा समस्या आउनु लगायत भएमा मेरुदण्डको समस्याले गर्दा भएका लक्षण हुन सक्दछन् ।
मेरुदण्डको समस्याबाट बच्ने उपाय
# सही बसाइ र उभिने तरिका : सिधा ढाड राखेर बस्ने, कुर्सीमा बस्दा कम्मरलाई सपोर्ट दिने, लामो समय एउटै अवस्थामा नबस्ने, मोबाइल वा ल्यापटप आँखाको लेभलमा राख्ने, उभिँदा तौल दुवै खुट्टामा बराबर राख्ने गर्नुपर्छ ।
# व्यायाम : नियमित व्यायामले मेरुदण्ड वरिपरिका मांसपेशी बलियो बनाउँछ । हल्का स्ट्रेचिङ, योग, पौडी खेल्नु यी व्यायामले मेरुदण्ड स्वस्थ राख्न मद्दत गर्छन् ।
# खानपानको भूमिका : क्याल्सियमयुक्त खाना, दूध, दही, सागसब्जी, भिटामिन ‘डी’, प्रोटिनयुक्त खाना, पर्याप्त पानी पिउने गर्नाले हड्डी बलियो बनाउँछ र मेरुदण्डको समस्या कम गर्छ ।

भारी सामान उठाउँदा के ध्यान दिनुपर्छ ?

ढाड नबङ्ग्याई घुँडा मोडेर उठाउने, एक्कासी तौल नउठाउने, शरीर नजिकै सामान राखेर उठाउने, आवश्यक परे सहयोग लिने ।
कुन अवस्थामा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ?

लामो समयसम्म दुखाइ कम नभएमा, हातखुट्टा चलाउन गाह्रो भएमा, झम्झमाहट बढ्दै गएमा, दिसा–पिसाब नियन्त्रण गुमेमा, दुर्घटनापछि ढाड दुख्न थालेमा चिकित्सकलाई देखाउनु पर्छ ।

मेरुदण्डको समस्या सर्जरीबिना पनि निको हुन सक्छ

धेरैजसो अवस्थामा औषधि, फिजियोथेरापी, व्यायाम र जीवनशैली सुधारबाट समस्या नियन्त्रणमा आउँछ । सर्जरी अन्तिम विकल्प मात्र हो । त्यसैले गर्दा मानव मेरुदण्ड शरीरको आधार हो । यसलाई स्वस्थ राख्न सही बसाइ, नियमित व्यायाम, सन्तुलित खानपान र सचेत जीवनशैली अत्यावश्यक छ । साना लक्षणलाई बेवास्ता नगरी समयमै उपचार गरेमा मेरुदण्डसम्बन्धी गम्भीर समस्याबाट सजिलै बच्न सकिन्छ ।

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.