• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

औषधि क्षेत्रमा आत्मनिर्भरता र निर्यात विस्तारमा सरकारको जोड : मन्त्री डा. शर्मा

  •  बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित

काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय गरेर काम गर्न सके नेपालको औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउन सकिने बताउनु भएको हो ।

नेपाल फार्मा एक्सपोको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालको औषधि उद्योगले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नु भयो । औषधि, आयुर्वेद, भेटेरिनरी, शृंगार–प्रसाधन तथा उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरू एउटै स्थानमा उपस्थित भएको देख्दा आफूलाई खुशी लागेको पनि उहाँको भनाइ थियो ।

स्वास्थ्य बीमा प्रणाली र औषधि बजारमा देखिएको विरोधाभासबारे उल्लेख गर्दै उहाँले एकातिर जनतालाई औषधि महँगो लागिरहेको अवस्था रहेको र अर्कोतिर उत्पादकहरूले भने उत्पादन लागतअनुसार उचित मूल्य नपाएको अवस्था देखिएको बाताउनु भयो । कच्चा पदार्थको मूल्य बढ्दै गएको भए पनि पुरानै मूल्यमा औषधि बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो।

यस्तो समस्या समाधानका लागि औषधि व्यवस्था विभागलाई अझ सशक्त बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि नेपालको औषधि नियमन प्रणालीलाई हालको अवस्थाबाट अझ उच्च स्तरमा पुर्‍याउन सुझाव दिएको उल्लेख गर्दै डा.शर्माले त्यसअनुसार सुधारका काम अघि बढाइएको जानकारी समेत दिनु भयो।

हाल नेपालमा करिब ५० वटा जीएमपी प्रमाणित औषधि कम्पनी रहेको बताउँदै मन्त्री शर्माले प्रमाणपत्र मात्र पर्याप्त नभई उत्पादनको गुणस्तरलाई अझ उच्च स्तरमा पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यसका लागि कच्चा पदार्थ, उत्पादन प्रक्रिया र परीक्षण प्रणाली सबैलाई सुदृढ बनाउनु पर्नेमा उहाँको जोड थियो। उहाँका अनुसार नेपालमा हाल बजारमा करिब २४ हजार प्रकारका औषधि उपलब्ध छन् तर परीक्षण गर्ने क्षमता भने वार्षिक करिब ६४० प्रकारमा मात्र सीमित छ। यसलाई सुधार गर्न औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता विस्तार गर्ने काम अघि बढाइएको मन्त्री शर्माको भनाइ थियो । मन्त्री शर्माले आयुर्वेद क्षेत्रको सम्भावनाबारे पनि चर्चा गर्दै कर्णाली र सुदूरपश्चिम क्षेत्रमा पाइने जडीबुटीका आधारमा आयुर्वेदिक अनुसन्धान तथा उत्पादन विस्तार गर्न सकिने बताउनु भयो।

बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.