पत्थरी भनेको शरीरका विभिन्न अङ्गहरू विशेषगरी मिर्गौला, पित्तथैली, मूत्रनली वा पित्तनलीभित्र खनिज तथा लवण पदार्थ जमेर बनेको कडा ढुङ्गाजस्तो संरचना हो । नेपालमा सबैभन्दा बढी मिर्गौलाको पत्थरी देखिने गर्छ । पत्थरीका कारण निम्न स्वास्थ्य समस्या देखिन सक्छन् :
0 तल्लो ढाड वा पेटको एकातिर तीब्र पीडा हुने
0 पिसाब गर्दा जलन वा दुखाइ हुने
0 पिसाबमा रगत देखिनु
0 बारम्बार पिसाब लाग्ने तर थोरै मात्र निस्कनु
0 वाकवाकी, बान्ता हुने
0 ज्वरो आउनु (संक्रमण) भएमा
0 पेट फुल्ने वा अपच जस्तो महसुस हुने
समयमै उपचार नगर्दा हुने असर
पत्थरीको चाँडो उपचार नगरेमा स्वास्थ्यमा निम्नानुसारका गम्भीर नकारात्मक असर पर्न सक्छन् :
0 मिर्गौलामा गम्भीर क्षति पुग्नु
0 मिर्गौलाको काम गर्ने क्षमता घट्नु वा फेल हुनु
0 मूत्रनली बन्द भई पिसाब रोकिनु
0 बारम्बार संक्रमण ९युरिन इन्फेक्सन० हुनु
0 पिसाबमा धेरै रगत जानु
0 लामो समय पीडा सहनु पर्दा मानसिक तनाव बढ्नु
समयमै ध्यान नदिएमा डायलाइसिस वा मिर्गौला प्रत्यारोपणसम्मको अवस्था आउन पनि सक्दछ ।
पत्थरीको समस्याले पार्ने दीर्घकालीन असर
पत्थरीको उपचार नगरी लामो समयसम्म बसेमा खासगरी पत्थरीले मिर्गौलाको संरचना नै बिगार्न पनि सक्छ । यसले शरीरबाट विषाक्त पदार्थ निस्कन नदिई उच्च रक्तचाप, शरीर सुन्निने, थकान र जीवन जोखिममा पर्ने अवस्था सिर्जना गर्न सक्ने हुँदा समय नबित्दै उपचार गराउनु धेरै राम्रो हुन्छ ।
पत्थरीको उपचार
स्वास्थ्य जीवनका लागि पत्थरीको चाँडो उपचार गर्न किन आवश्यक छ भन्ने विषयहरु तल प्रस्तुत गरिएका छन् :
0 चाँडो उपचार गर्दा पीडा छिटो नियन्त्रण हुन्छ
0 मिर्गौलाको क्षति रोक्न मदत गर्दछ
0 सर्जरीको आवश्यकता नपर्न पनि सक्छ
0 कम खर्च र सरल उपचार सम्भव हुन्छ
0 बिरामीको जीवनस्तर सुधार हुन्छ
पत्थरीबाट बच्न आवश्यक कुराहरू
0 दिनमा २–३ लिटर पानी पिउने
0 धेरै नुन, जङ्क फुड र अत्यधिक मासु नखाने
0 नियमित व्यायाम गर्ने
0 पिसाब रोकेर नराख्ने
0 ढाड दुख्ने वा पिसाबमा समस्या देखिएमा तुरुन्त चिकित्सकलाई देखाउने
सधैं बिरामी र उनीहरूका आफन्तजनका लागि पत्थरी सामान्य देखिए पनि समयमै उपचार नगरेमा यसले गम्भीर र जीवनघातक समस्या निम्त्याउन सक्छ । त्यसैले प्रारम्भिक लक्षण देखिनासाथ स्वास्थ्य जाँच गरी चाँडो उपचार गर्नु नै सुरक्षित उपाय होे ।
