• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दृष्टि दोष पहिचान गर्न ‘विद्यालय आँखा जाँच’ कार्यक्रम

  •  आइतबार, चैत ०१, २०८२ मा प्रकाशित

कञ्चनपुर । विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ।

बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो। नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत जिल्लाका १० सरकारी तथा सामुदायिक विद्यालयका करिब तीन हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममार्फत विद्यालयमै पुगेर विद्यार्थीको आँखा जाँच गर्ने, दृष्टि दोष पत्ता लगाउने र आवश्यक उपचारको व्यवस्था मिलाइने भएको छ। गेटा–महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीका अनुसार विद्यार्थीमा देखिने दृष्टि समस्यालाई प्रारम्भिक चरणमै पहिचान गर्न विद्यालयमै पुगेर आँखा परीक्षण गर्ने अभियान सञ्चालन गरिएको हो।

विद्यार्थीको आँखा जाँच गरी दृष्टि दोष देखिएमा तत्काल आवश्यक परामर्श दिने गरेका छौँ। चश्मा आवश्यक पर्ने विद्यार्थीलाई निःशुल्क चश्मा, औषधि उपलब्ध गराउने र उपचार आवश्यक परे गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएका छौँ। उहाँका अनुसार विद्यालय उमेरका बालबालिकामा दृष्टि दोष देखिने समस्या बढ्दो क्रममा छ।

एक अध्ययनले विद्यालयमा अध्ययनरत करिब ३.५ प्रतिशत विद्यार्थीमा दृष्टि दोष हुने देखाएको छ। यस्तो समस्या समयमै पत्ता नलागेमा बालबालिकाको अध्ययनमा ध्यान केन्द्रित गर्ने क्षमता र समग्र शैक्षिक उपलब्धिमा असर पर्ने सम्भावना रहने वरिष्ठ नेत्र अधिकृत धामीले बताउनुभयो।

विद्यालयमा पढ्ने बालबालिकाले आफ्ना समस्या सहज रूपमा अभिव्यक्त गर्न नसक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने उहाँको भनाइ छ। हालसम्म दोधरा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका तीनवटा विद्यालयमा आँखा जाँच कार्यक्रम सम्पन्न भइसकेको छ। ती विद्यालयका एक हजार १५५ विद्यार्थीको आँखा परीक्षण गरिएको छ।

परीक्षणका क्रममा ६५ विद्यार्थीमा दृष्टि समस्या देखिएपछि निःशुल्क चश्मा वितरण गरिएको छ भने २७ जना विद्यार्थीलाई थप उपचारका लागि गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा रेफर गरिएको वरिष्ठ नेत्र अधिकृत धामीले जानकारी दिनुभयो। कार्यक्रमअन्तर्गत एक सय ५० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गर्ने लक्ष्य राखिएको छ। यससँगै आवश्यक पर्ने विद्यार्थीलाई औषधि वितरण तथा उपचार सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ।

उहाँ भन्नुहुन्छ, “बालबालिकामा दृष्टि दोष हुने प्रमुख कारणमा आँखाको कमजोरी, लामो समयसम्म मोबाइल वा टेलिभिजन प्रयोग, अपर्याप्त प्रकाशमा पढाइ, पोषणको कमी तथा आनुवंशिक कारणसमेत रहने गर्छन्, यस्तो समस्या समयमै पत्ता नलागे बालबालिकाले बोर्डमा लेखिएको कुरा स्पष्ट देख्न नसक्ने, पढाइमा रुचि कम हुने, टाउको दुख्ने वा आँखा दुख्ने समस्या देखिन सक्छ।”

 

वरिष्ठ नेत्र अधिकृत धामीले अभिभावकलाई आफ्ना बालबालिकाको दृष्टि अवस्थाबारे समय–समयमा जानकारी लिन आग्रह गर्नुभयो। धेरैजसो अभिभावकले बालबालिकामा दृष्टि समस्या भए पनि समयमै थाहा पाउन सक्नु हुँदैन, त्यसैले नियमित रूपमा आँखा परीक्षण गराउनु अत्यन्त आवश्यक छ भन्नुभयो। उहाँका अनुसार विद्यालय प्रशासनले माग गरेमा चिकित्सकसहितको टोली विद्यालयमै पुगेर निःशुल्क आँखा परीक्षण सेवा प्रदान गर्न तयार रहेको छ।

यसले ग्रामीण तथा दूरदराजका विद्यार्थीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ । “बालबालिकाको आँखा राम्रो भएमात्र उनीहरूको सिकाइ प्रक्रिया प्रभावकारी हुन्छ”, अधिकृत धामीले भन्नुभयो, “दृष्टि स्पष्ट भएमा पढाइमा ध्यान केन्द्रित गर्न, पाठ्यपुस्तक पढ्न तथा कक्षाकोठामा शिक्षकले सिकाउने विषयवस्तु बुझ्न सजिलो हुन्छ, त्यसैले विद्यालयस्तरमै आँखा परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ।”रासस

आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.