• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

  •  आइतबार, चैत ०१, २०८२ मा प्रकाशित

भक्तपुर । सूर्यविनायक नगरपालिका र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ।

सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो।

परियोजनाका लागि प्रत्येक वडामा स्वयंसेवकका रुपमा छनोट भएका जनशक्तिका लागि सूर्यविनायक नगरपालिका, साहारा परियाजना र नेपाल रेड्क्रस सोसाइटीले आयोजना गरेको पाँचदिने व्यवहार परिवर्तनसम्बन्धी तालिमको आज समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो। यसअघि पनि यस नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सन्तानले गाँसबाँसको व्यवस्था नगरेमा नगरपालिकाले दिने सेवाबाट बन्द गर्ने घोषणा गरेको बताउदै यस नगरपालिकाभित्र बस्ने कोही पनि ज्येष्ठ नागरिकले कुनै पनि अधिकारबाट वञ्चित हुन नदिने गरी व्यवस्था गर्दै आएको बताउनुभयो।

नगर प्रमुख थापाले भन्नुभयो, “नगरबासीले तिरेको करको दुरुपयोग हुन दिएका छैनौँ, यस नगरलाई बालमैत्री र ज्येष्ठ नागरिकमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएका छौँ, यस नगरपालिकाको नौ वर्षको कार्यकालमा भौतिक संरचनाको विकास गरिसक्यौँ, अब प्रत्येक नागरिकको हातमा सीप, क्षमता विकासको अभियान सुरु गरेका छौँ।” उहाँले ज्येष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन नगरपालिकाले थप बजेटको व्यवस्थापन गरेर जाने बताउनुभयो।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखाका संयोजक रवीन्द्र सापकोटाले नगरपालिकाले यहाँको विकासलाई तीव्रगतिमा अगाडि बढाएर नौ वर्षको अन्तरालमा सम्बृद्ध नगरपालिका बनाउँदा पनि केही गरने भन्ने भाष्य फैलाइएको बताउँदै स्वयंसेवकहरुले यसलाई चिर्नुपर्ने बताउनुभयो। उहाँले परियोजनाका लागि वडा–वडामा पुग्दा त्यहाँको विकासका सन्दर्भ, नगरपालिकाले प्रवाह गरेको सेवा, सुविधासँगै ज्येष्ठ नागरिकको सबै अधिकार सुनिश्चितताका लागि लाग्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकको स्वास्थ्य, अन्य अधिकारका साथै उनीहरुको आवश्यक सेवाहरुको पहुँचमा अभिवृद्धि गर्ने र ज्येष्ठ नागरिकप्रति समाजले गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सहारा परियोजना लागू गरेको बताउनुभयो। उहाँले स्वीस रेड्क्रसले परियोजना र नगरपालिकाको बराबर साझेदारीमा परियाजना लागू भएको र यसले ज्येष्ठ नागरिकको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने बताउनुभयो।रासस

आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.