• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

हातखुट्टा सुन्निने समस्यामा खानपानको भूमिका

  •  सोमबार, चैत ०२, २०८२ मा प्रकाशित

हातखुट्टा सुन्निनुका कारण धेरै हुन सक्छन् । धेरै बेर उभिनु वा एउटै अवस्थामा लामो समय बसिरहनु, गर्भावस्था, नुन धेरै खानु, चोटपटक वा मर्कनु सामान्य कारण हुन् । त्यसैगरी मुटु, मिर्गौला वा कलेजोसम्बन्धी रोग, उच्च रक्तचाप, मधुमेह, हर्मोनको गडबडी (थाइराइड), केही औषधिको साइड इफेक्ट तथा उमेर बढ्दै जानु पनि हातखुट्टा सुन्निने प्रमुख कारणहरूमा पर्छन् ।

हातखुट्टा सुन्निँदा देखिने लक्षणहरू

हात वा खुट्टा फुलेको देखिनु, छाला तन्किएको महसुस हुनु, औँलाले थिच्दा खाल्डो बस्नु, जुत्ता वा औँठी टाइट हुनु, दुखाइ वा भारीपन महसुस हुनु यसको सामान्य लक्षण हुन् । गम्भीर अवस्थामा सास फेर्न गाह्रो हुनु जस्ता लक्षण पनि देखिन सक्छन् । धेरै बेर उभिएपछि, लामो यात्रा गर्दा, धेरै नुन खाएपछि वा गर्भावस्थाको अन्तिम चरणमा हातखुट्टा सुन्निनु सामान्य मानिन्छ । यस्ता अवस्थामा पर्याप्त आराम गरेपछि सुन्निएको आफैँ घट्ने गर्दछ ।

कुन अवस्थामा यो खतरनाक संकेत हुन सक्छ ?

यदि बिहान उठ्दा पनि सुन्निएको नघटेमा, दुबै खुट्टा एकैचोटि अत्यधिक सुन्निएमा, सास फेर्न गाह्रो भएमा, छाती दुख्ने समस्या देखा परेमा वा अचानक धेरै सुन्निन थालेमा यसलाई गम्भीर संकेतका रुपमा लिनुपर्छ । यस्तो अवस्थामा ढिला नगरी चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । हातखुट्टा सुन्निने समस्याको उपचार पद्धति कारण अनुसार फरक–फरक हुन्छ । सबै बिरामीका लागि एउटै औषधि उपयुक्त हुँदैन । सामान्य सुन्निएको अवस्थामा पर्याप्त आराम गर्ने, खुट्टा अलि माथि उठाएर सुत्ने, लामो समय एउटै अवस्थामा नबस्ने, हलुका हिँडडुल र स्ट्रेचिङ गर्ने, नुन कम खाने र पर्याप्त पानी पिउने जस्ता उपाय प्रभावकारी हुन्छन् ।

खानपानको भूमिका

हातखुट्टा सुन्निने समस्यामा खानपानको ठूलो भूमिका हुन्छ । नुन कम प्रयोग गर्ने, प्रशोधित खाना कम खाने, फलफूल र हरियो सागसब्जी बढी खाने, प्रोटिनयुक्त खाना सेवन गर्ने र मदिरा सेवन नगर्ने हो भने शरीरमा पानी जम्न पाउँदैन र सुन्निएको कम हुँदै जान्छ । यदि हातखुट्टा सुन्निने अवस्था मुटु, मिर्गौला, कलेजो, उच्च रक्तचाप वा मधुमेह जस्ता रोगका कारण भएको हो भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ । यस्तो अवस्थामा मूत्र बढाउने औषधि वा रोगअनुसारका अन्य औषधि प्रयोग गरिन्छ ।

गर्भावस्थामा हातखुट्टा सुन्निएमा

गर्भावस्थामा हातखुट्टा हलुका सुन्निनु सामान्य हुन सक्छ । तर अचानक धेरै सुन्निनु, टाउको दुख्नु, आँखा धमिलो देखिनु वा रक्तचाप बढ्नु जस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । यी लक्षणहरू प्रि–एक्लेम्सिया नामक गम्भीर समस्याको संकेत हुन सक्छन् । नियमित हिँडडुल, हलुका योग तथा प्राणायाम, तौल नियन्त्रण, धूम्रपान त्याग र पर्याप्त निद्राले रक्तसञ्चार सुधार गर्छ र हातखुट्टा सुन्निएको कम गर्न सहयोग पुर्‍याउँछ ।

सुन्निएको बढ्दै गएमा, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा, एकातर्फ मात्र हात वा खुट्टा अचानक सुन्निएमा, ज्वरोसँगै सुन्निने समस्या भएमा वा औषधि खाँदा पनि सुधार नआएमा ढिला नगरी चिकित्सकलाई देखाउनु पर्छ ।

हातखुट्टा सुन्निनु कहिलेकाहीँ सामान्य कारणले हुन सक्छ तर यसले गम्भीर रोगको चेतावनी पनि दिन सक्छ । त्यसैले लक्षणलाई बेवास्ता नगरी कारण पहिचान गरी समयमै उपचार गर्नु अत्यन्त आवश्यक छ । स्वस्थ जीवनशैली, सन्तुलित खानपान र चिकित्सकको सल्लाह अपनाएमा यस समस्याबाट सजिलै बच्न र नियन्त्रण गर्न सकिन्छ ।

सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.