• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पाकिस्तान–अफगानिस्तान द्वन्द्वः अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित

  •  मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित

काबुल, अफगानिस्तान । अफगान सरकारले सोमबार राति काबुल अस्पतालमा पाकिस्तानको हवाई आक्रमणमा कम्तीमा ४०० मानिस मारिएको दाबी गरेको छ। उक्त घटना पछिल्लो महिनाको अन्त्यमा सुरु भएको सीमा विवादलाई तीव्र बनाउने किसिमको छ, जसमा बारम्बार सीमा पारको भिडन्त र हवाई आक्रमण भएका छन्।

अन्तर्राष्ट्रिय समुदायले शान्ति वार्ता र युद्धविरामको आह्वान गरे पनि त्यसको कुनै असर नभएको देखिएको छ। अफगान उपप्रवक्ता हम्दुल्लाह फिटरतका अनुसार, आक्रमण राति ९ बजे अस्पतालमा भएको थियो र दुई हजार बेड क्षमता भएको अस्पतालको ठूलो भाग ध्वस्त भएको छ। अहिलेसम्म कम्तीमा ४०० मानिस मारिएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।

स्थानीय सञ्चार माध्यमले सुरक्षा अधिकारीहरूले शव व्यवस्थापन गर्दै र दमकलले आगो निभाउँदै गरेको दृश्य देखाएका छन्। पाकिस्तानको प्रतिक्रिया पाकिस्तानले अस्पतालमा कुनै आक्रमण नभएको दाबी गर्दै अफगानिस्तानको आरोपलाई अस्वीकार गरेको छ। प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोषर्रफ जैदीले यसलाई आधारहीन भनेका बताउनुभयो। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले हवाई आक्रमण केवल काबुल र नंगरहर प्रान्तका सैन्य संरचना र गोला बारूद भण्डारमा लक्षित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “सबै आक्रमण त्यस्ता संरचनामा मात्र केन्द्रित गरिएको थियो जुन अफगान तालिवानले आफ्नो आतंककारी समूहलाई समर्थन गर्न प्रयोग गर्दै आएको थियो।”

संयुक्त राष्ट्रको आह्वान सुरक्षा परिषदले अफगानिस्तानका तालिवान नेतृत्वलाई आतङ्कवाद नियन्त्रणका लागि तुरुन्त कदम चाल्न आह्वान गरेको छ। पाकिस्तानले अफगानिस्तानमाथि आफ्ना देशमा पाकिस्तानी तालिवान र अन्य समूहलाई शरण दिएको आरोप लगाएको छ, जुन अफगान सरकारले अस्वीकार गरेको छ। हालको द्वन्द्व सबैभन्दा तीव्र भिडन्त फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो, जब अफगानिस्तानले पाकिस्तानमा हवाई आक्रमणको जवाफमा सीमा पार आक्रमण गरेको थियो। यसले अक्टोबरमा कतरले मध्यस्थता गरेको युद्धविरामलाई भङ्ग गरेको थियो।

पाकिस्तानले अफगानिस्तानसँग ‘खुल्ला युद्ध’ घोषणा गरेको छ। अफगान उपप्रधानमन्त्री अब्दुल सलाम हानफीले भन्नुभयो, “राष्ट्रिय स्वाभिमानको रक्षा सबै नागरिकको कर्तव्य हो।” उहाँले नागरिक क्षति प्रति दुःख व्यक्त गर्दै युद्ध आफैंमा अफगानिस्तानमाथि थोपिएको बताउनुभयो।रासस

मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.