• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा पन्तलाई

  •  शनिबार, चैत ०७, २०८२ मा प्रकाशित

वीरगञ्ज । विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ । नेपालको आँखा उपचार सेवाको विकास र अन्धोपन निवारणमा अतुलनीय योगदान पु¥याए वापत प्रदान गरिएको सो पुरस्कारको राशि रु दुईलाख ५१ हजार १११ सहित सम्मानपत्र रहेको छ ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित केडिया आँखा अस्पतालको ५१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेत्र विशेषज्ञ डा पन्तलाई सो पुरस्कार अर्पण गरिएको हो । नेपालको दोस्रो तथा उपत्यकाबाहिरको पहिलो केडिया आँखा अस्पतालको स्थापना विसं २०३१ साल फागुन १२ गते भएको थियो । अस्पतालले हालसम्म २८ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण तथा ४ लाखभन्दा बढी शल्यक्रिया सम्पन्न गरिसकेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै पछिल्लो एक वर्षमा मात्र अस्पतालले १ लाख ३७ हजारभन्दा बढी बिरामीको परीक्षण तथा करिब १७ हजार शल्यक्रिया गर्न सफल भएको छ ।

सो समारोहमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिलका अध्यक्ष मिलन थापाले आगामी दिनमा अस्पतालद्वारा प्रदान गरिदै आएको गुणस्तरीय र सर्वसुलभ आँखा उपचार सेवालाई अझ बिस्तार गरिने जानकरी दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार केडियाले आगामी दिनमा आधुनिक प्रविधियुक्त नयाँ अस्पताल भवन निर्माण तथा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले ISO ९००१ः२०१५ र ISO ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरिसकेकोे छ । ” अस्पतालले सोही अवसरमा बारा तथा पर्सा जिल्लाका सशस्त्र प्रहरी बलको ‘बोर्डर आउटपोस्टहरू’का लागि २८ ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको थियो भने दृष्टिविहीन विद्यालयलाई थप ३ ‘स्ट्रेचर’ प्रदान गरिएको थियो । साथै, केडिया छात्रवृत्ति कार्यक्रमअन्तर्गत दृष्टिविहीन तथा श्रवण क्षमता कम भएका छ विद्यार्थीलाई जनही रु. ११ हजार का दरले छात्रवृत्ति वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ ।

शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.