• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मेटाबोलिक सिन्ड्रोमबारेका भ्रम र यथार्थ

  •  मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित

आजको आधुनिक युगमा मेटाबोलिक सिन्ड्रोम मेडिकल क्षेत्रमा एउटा निकै प्रचलित Hot Topic को रुपमा चिनिन्छ । हाम्रो नेपालमा भने अझै पनि यस विषयमा पर्याप्त चर्चा भइरहेको छैन । मेटाबोलिकलाई नेपालीमा “चयापचय” भनिन्छ । यसले शरीरभित्र हुने रासायनिक प्रक्रिया (जस्तै : खानाबाट ऊर्जा बनाउने, शरीरका विभिन्न कोषहरूको मर्मत गर्ने, शरीरलाई नचाहिने अपशिष्ट पदार्थ बाहिर निकाल्ने) जनाउँछ । सिन्ड्रोम भनेको कुनै एउटा रोगमात्र नभई विभिन्न स्वास्थ्य समस्याहरूको मिश्रित अवस्था संकेत गर्ने लक्षणहरूको समूह हो । तसर्थ मेटाबोलिक सिन्ड्रोम कुनै एउटा रोग होइन, बरु विभिन्न लक्षण र अवस्थाहरूको समूह हो ।

मेटाबोलिक सिन्ड्रोमका पाँच मुख्य स्वास्थ्य समस्या

– पेट वरिपरि अत्यधिक बोसो जम्नु : पुरुषमा कम्मरको घेराइ ४० इञ्चभन्दा बढी र महिलामा ३५ इञ्चभन्दा बढी हुनु ।

– उच्च रक्तचाप : सिस्टोलिक १३० mm Hg वा बढी र डायस्टोलिक ८५ mm Hg वा बढी अथवा उच्च रक्तचाप रोगको औषधि सेवन गर्ने बिरामीहरूमा ।

– उच्च ब्लड सुगर वा पूर्व–मधुमेह अवस्था वा Insulin Resistance (शरीरका कोषिकाहरूमा इन्सुलिनको प्रभाव कम भएको कारण ब्लड सुगर बढ्नु) :Fasting Blood Sugar (८ घण्टा खाली पेट अवस्थामा रगतमा सुगर १०० mg/dl वा बढी हुनु, यदि १०० देखि १२५ mg/dl छ भने Prediabetic मानिन्छ । यदि १२५ mg/dl भन्दा बढी छ भने प्रायः Type 2 Diabetes हुने सम्भावना हुन्छ ।)

– उच्च ट्राइग्लिसराइडस : रगतमा ट्राइग्लिसराइडको स्तर १५० mg/dl भन्दा बढी हुनु ।

– कम HDL कोलेस्ट्रोल : जसलाई हाम्रो शरीरलाई फाइदाजनक कोलेस्ट्रोल, “गुड कोलेस्ट्रोल” भनिन्छ । पुरुषमा ४० mg/dl भन्दा कम, महिलामा ५० mg/dl भन्दा कम हुनु ।

यी ५ मध्ये कम्तीमा तीन वा बढी समस्या एउटै व्यक्तिमा देखियो भने हामी त्यस व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको निदान गर्छौं । मेटाबोलिक सिन्ड्रोमलाई Syndrome X, Insulin resistance syndrome / Dysmetabolic syndrome पनि भनिन्छ ।

मेटाबोलिक सिन्ड्रोममा देखा पर्ने समस्या र यसका लक्षणहरू

– मेटाबोलिक सिन्ड्रोम आफैँमा रोग नभए पनि यसले खतरनाक रोग र स्वास्थ्य समस्याहरू निम्त्याउने ढोका खोलिदिन्छ । विषेशगरी हृदय र रक्तनलीका रोगहरू, जस्तै : हृदयाघात (मुटुमा रक्तसञ्चार बन्द हुने), Atherosclerosis-Arteries (धमनीमा बोसो जमेर नली साँघुरो हुने), स्ट्रोक (मस्तिष्कमा रगत आपूर्ति अवरुद्ध हुने)

– टाईप २ मधुमेह (दोस्रो प्रकारको मधुमेह, जसमा जीवनभर मधुमेहको औषधि वा इन्सुलिनमा निर्भर रहनुपर्ने अवस्था आउन सक्छ ।

– मृगौलाको रोग : लगातार उच्च रक्तचाप र मधुमेहले मृगौला बिगार्छ ।

– Fatty Liver Disease (कलेजोमा जमेको अत्यधिक बोसोले कलेजोको काम गर्ने क्षमतामा पनि असर पुर्‍याउँछ)

यी सबै गम्भीर र प्राणघातक रोगहरूको जोखिम मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिहरूमा धेरै गुणा बढी हुन्छ । त्यसैले यसलाई बेवास्ता गर्नु हुँदैन र मेटाबोलिक सिन्ड्रोमलाई सामान्य समस्या ठान्नु ठुलो गल्ती हुन्छ । मेटाबोलिक सिन्ड्रोमलाई “Silent Killer” अर्थात् गम्भीर लक्षण नदेखिने तर खतरनाक समस्या सृजना गर्ने प्राणघातक अवस्था पनि भनिन्छ । बिरामीलाई पाँच मुख्य स्वास्थ्य समस्यामध्ये कुन–कुन भएको छ भन्ने आधारमा फरक–फरक लक्षणहरू देखिन सक्छ ।

उदाहरणका लागि, उच्च रक्तचाप, उच्च ट्राइग्लिसराइडस् र कम HDL कोलेस्ट्रोलले प्रायः कुनै लक्षणहरू देखाउँदैनन् । तर High Blood Sugar (रगतमा ग्लुकोजको मात्रा बढी हुनु) ले केही व्यक्तिहरूमा निम्न लक्षणहरू देखाउन सक्छ :

– Acanthosis nigricans (काखीमा वा घाँटीको पछाडि र छेउतिर छालामा कालो दाग पर्नु)

– Blurred vision (दृष्टि धमिलो हुनु)

– Polydipsia (अत्यधिक तिर्खा लाग्नु)

– Polyuria, Nocturia (बारम्बार पिसाब लाग्नु, विशेषगरी राति)

– अत्यधिक थकान महसुस हुनु

यदि तपाईंमा यी लक्षणहरू देखिएका छन् भने तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर डाक्टरसँग जाँच गराई परामर्श लिनुहोस् ।

मेटाबोलिक सिन्ड्रोमको कारण

– अस्वस्थ जीवनशैली यसको प्रमुख कारण : नियमित व्यायाम नगर्ने, दिनभरि कुर्सी, सोफामा बस्ने, खाटमा पल्टिराख्ने, अत्यधिक फास्ट–फुड, चिल्लो र चिनी बढी भएको खाना खाने, धूम्रपान र मद्यपान गर्ने, यी सबै कारणले शरीरमा बोसो जम्ने, रगतमा सुगर बढ्ने, र ब्लड–प्रेसर असामान्य हुने समस्या देखा पर्छ ।

– तनाव तथा निद्रामा कमी पनि महत्वपूर्ण कारण : आजको निष्क्रिय, बिलासी र द्रुत जीवनशैलीले मानसिक स्वास्थ्यमा असर गर्ने मात्र होइन, हार्मोनहरू असन्तुलित भई Metabolism (चयापचय) बिगार्छ । केही Research हरूको तथ्यांकअनुसार दैनिक ४ घण्टा वा बढी Screen time मोबाइल वा कम्प्युटर चलाउने व्यक्तिहरूमा मेटाबोलिक सिन्ड्रोमको जोखिम ३ गुणा बढी हुन्छ ।

– Genetic (आनुवंशिक) कारण : यदि परिवारमा हजुरबुवा, हजुरआमा वा आमाबुवामा मधुमेह वा उच्च रक्तचाप थियो भने त्यसको सम्भावना सन्तानमा र भावी पुस्तामा पनि बढी हुन्छ ।

– उमेर र लिङ्ग : उमेर बढ्दै जाँदा, विशेषगरी महिलामा मेनोपजपछि मेटाबोलिक सिन्ड्रोम देखिने सम्भावना बढी हुन्छ । आजभोलि Gen–Z भनेर प्रचलित युवा पिँढीमा पनि निष्क्रिय र विलासी जीवनशैलीले गर्दा धेरै मात्रामा मेटाबोलिक सिन्ड्रोमको खतरा बढिरहेको देखिन्छ ।

मेटाबोलिक सिन्ड्रोमबाट बच्ने उपाय

मेडिकल साइन्सको सबैभन्दा प्रचलित वाक्य “Prevention is better than cure” अर्थात् “रोकथाम नै उपचारभन्दा प्रभावकारी हुन्छ” भन्ने सिद्धान्त मेटाबोलिक सिन्ड्रोममा पनि लागू हुन्छ । मेटाबोलिक सिन्ड्रोमबाट बच्न हामीले जीवनशैलीमा केही सरल तर दृढ परिवर्तन गर्नुपर्छ ।

– नियमित व्यायाम : कम्तीमा दैनिक ३० मिनेट तीब्ररुपमा हिँड्ने वा दौडने, योगा वा अन्य शारीरिक गतिविधिहरू अनिवार्य गर्नुपर्छ ।

– स्वस्थ खाना : बढी चिल्लो, नुनिलो र चिनी भएको खाना कम गर्ने, फलफूल, तरकारी, दाल, अन्न, उपयुक्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, फाइबरका श्रोत भएको सन्तुलित आहार खाने बानी गर्नुपर्छ ।

– तौल नियन्त्रण : शरीरको BMI (Body Mass Index) २५ भन्दा कम राख्ने, पेट वरिपरि बोसो घटाउने ।

– धूम्रपान र मद्यपान जस्ता अम्मलबाट टाढा रहने : यी अम्मलहरू मेटाबोलिक सिन्ड्रोमलाई झन् तीव्र पार्ने कारण हुन् ।

– तनाव व्यवस्थापन र राम्रो निद्रा : ध्यान, योग वा आफ्नै रुचिका स्वस्थ क्रियाकलापद्वारा तनाव कम गर्ने । यी उपायहरू सरल देखिए पनि निरन्तर अभ्यास गर्न सकियो भने जीवनभर अधिकांश रोगहरूबाट मुक्त रहन सकिन्छ ।

मेटाबोलिक सिन्ड्रोमको उपचार

सर्वप्रथम हामीले नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नु पर्छ र स्वास्थ्य परीक्षण गर्दा आफ्नो रक्तचाप, ब्लड सुगर, कोलेस्ट्रोल, शरीरको तौल, कम्मरको घेराइ आदि नियमित रूपमा जाँच गरेर मेटाबोलिक सिन्ड्रोमबारे सजग हुनुपर्छ । यदि कसैलाई मेटाबोलिक सिन्ड्रोम भएको निदान भएमा चिकित्सकले निम्न उपचार र परामर्श दिन सक्छन् :

तौल घटाउन र जीवनशैली परिवर्तन गर्न मार्गदर्शन : BMI ३० देखि ३५ वा बढी भएका व्यक्तिहरू, जो मेटाबोलिक सिन्ड्रोमबाट प्रभावित छन् र नन–सर्जिकल उपायहरू अपनाउँदा पनि पर्याप्त तौल घटाउन असफल भएका छन्, त्यस्ता व्यक्तिहरूका लागि मोटोपना नियन्त्रण गर्ने शल्यक्रियाबारे विचार गर्नुपर्छ ।

औषधिबारे परामर्श : उच्च रक्तचाप नियन्त्रण गर्न औषधि, ब्लड सुगर नियन्त्रण गर्न औषधि वा इन्सुलिन, कोलेस्ट्रोल घटाउने औषधि आदि आवश्यकताअनुसार डाक्टरले परामर्श दिन सक्नुहुन्छ । तर याद राख्नुहोला, डाक्टरको परामर्शबिना कुनै पनि औषधि सेवन गर्नु हुँदैन ।

औषधि अन्तिम विकल्प हो, जीवनशैली सुधार नै मेटाबोलिक सिन्ड्रोमको मुख्य उपचार हो भन्ने तथ्यलाई हामी सबैले आत्मसात गर्नुपर्छ । मेटाबोलिक सिन्ड्रोम आधुनिक जीवनशैलीले ल्याएको एउटा गम्भीर स्वास्थ्य चुनौती हो । हामी सबैले सचेत भएर नियमित व्यायाम, स्वस्थ खाना, तौल नियन्त्रण, तनाव व्यवस्थापन, Quality sleep र नियमित स्वास्थ्य परीक्षणलाई जीवनको अभिन्न अंग बनाएर सजिलै यसलाई नियन्त्रण गर्न सक्छौँ ।

मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.