• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन

  •  शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका प्रादेशिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयदेखि जिल्ला आयुर्वेदिक अस्पतालको छड्के अनुगमन एवं निरीक्षण सुरु गरेको छ ।

स्वास्थ्यमन्त्री किरण थापामगरको नेतृत्वमा स्वास्थ्य सचिव डा सुमित्रा गौतम, पूर्वस्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झालगायतको टोलीले बिहीबारबाट छड्के अनुगमन एवं निरीक्षण सुरु गरेको हो । यसै क्रममा ललितपुरमा प्रादेशिक अस्पतालको रूपमा सञ्चालित बज्रबाराही चापागाउँ अस्पतालको सेवा सञ्चालन र प्रदेश मन्त्रालयको करिब रु १४ करोडको बजेटमा निर्माण भइरहेको अस्पताल भवनको निरीक्षण गरियो ।

मन्त्री थापामगरले नवनिर्मित भवनमा केही संरचना अपुग र अव्यवस्थित भएको भन्दै निर्माण सम्पन्न हुनु अगावै त्यस्ता संरचनालाई सच्याउन निर्देशन दिनुभयो । उहाँले ललितपुरको दुर्गम क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा लक्ष्मण खड्कासहितको टोलीलाई निर्देशन दिनुभयो ।

मन्त्री थापामगरले भन्नुभयो,“बज्रबाराही अस्पताल २५ शय्याको स्वीकृत भए पनि सबै शय्या सञ्चालन हुन सकेका छैनन् । यस अस्पताललाई छिट्टै ५० शय्यामा विस्तार गर्दैछौँ, यही अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन गर्न एनेस्थिेसिया डाक्टरसमेत पठाउँदा पनि सेवा सुरु हुनसकेको छैन, त्यसैले तत्काल सेवा सुधार्नुस् ।” निरीक्षणमा सहभागी मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले अस्पतालमा शल्यक्रिया, प्रयोगशालालगायत विभिन्न सेवाबारे मन्त्रालयमा गुनासा आएकाले त्यसमा सुधार गर्न निर्देशन दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटण्डन्ट डा खड्काले अस्पतालमा एक सय कर्मचारी रहेका र दैनिक दुई सय बिरामीले सेवा लिने गरेको जानकारी गराउनुभयो । टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको अनुगमन गर्दै मन्त्री थापामगरले जनस्वास्थ्य प्रमुख डा खगेश्वर गेलाललाई जिल्लाका दुर्गम गाउँपालिका र दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

मन्त्री थापामगरले प्रदेशअन्तर्गत रहेका १३ वटै जिल्लाका प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको अवलोकन, निरीक्षण अभियान सुरु गरिएको जानकारी दिनुभयो । प्रत्येक जिल्लाको गाउँ गाउँमा स्वास्थ्यको सहज पहुँच पुर्याउन सरकार लागिरहेको र आफ्नो जिम्मेवारी बहन गर्न सबैलाई आवश्यक आग्रह र निर्देशन दिन अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो।रासस

शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.