• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

जनचेतना वृद्धि भएसँगै रसुवामा स्वास्थ्य सेवा सुधार हुँदै

  •  आइतबार, चैत १५, २०८२ मा प्रकाशित

रसुवा । मातृ तथा शिशु मृत्युदर, सङ्क्रामक रोगको जोखिम घटाउने, खोपको पहुँच विस्तार, स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनलगायत कारणले रसुवाको स्वस्थ्य सेवामा सुधार हुँदै गएको छ ।

खोपमा पहुँचको कमी तथा स्वास्थ्यसम्बन्धी चेतनाको कमी मुख्य चुनौतीका रूपमा देखिएकामा जनचेतना अभिवृद्धि, छलफल तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएसँगै जिल्लाको स्वस्थ्य सेवामा सुधार हुँदै गएको हो । जिल्लामा स्वास्थ्यसेवा विस्तार र सुधारका प्रयाससँगै खोपको महत्त्व, स्वस्थ जीवनशैली, मातृ तथा शिशु स्याहारसम्बन्धी चेतनामूलक कार्यक्रम, प्रजनन स्वास्थ्यबारे जानकारीलगायत कार्यक्रम निरन्तर सञ्चालन भएसँगै जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधारका सङ्केत देखिएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आज यहाँ आयोजित ‘चालु आर्थिक वर्षमा गरेका स्वास्थ्य सेवाको समीक्षा’सम्बन्धी कार्यक्रममा कार्यालयले साउनदेखि पुस मसान्तसम्म सञ्चालित कार्यक्रम, उपलब्धि र चुनौतीका विषयमा सरोकार भएका निकाय, पत्रकारलगायतसँग छलफल भएको कार्यालयले जनाएको छ ।

हिमाली भूगोल, दुर्गम बस्ती सडक तथा यातायातको सीमित पहुँचका कारण पहिला यहाँका नागरिकलाई सामान्य उपचार सेवा लिन पनि लामो दूरी पैदल हिँड्नुपर्ने बाध्यताका कारण उपचारबाट वञ्चित हुने गरेका जनस्वास्थ्य कार्यालयका प्रमुख झमप्रसाद आचार्यजले बताउनुभयो । उहाँका अनुसार मातृ तथा शिशु मृत्युदर रोक्न जनचेतना विस्तार तथा मातृ तथा शिशु स्वास्थ्यका बारेमा आवश्यक जानकारी, सङ्क्रामक रोगको जोखिमबारे सचेतना अभिवृद्धि, खोपमा पहुँच विस्तार तथा स्वस्थ जीवनशैलीबारे जानकारीलगायत विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएसँगै पछिल्ला वर्षमा स्वस्थ्य सेवामा सुधार हुँदै गएको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य, स्वास्थ्य पूर्वाधार विस्तार तथा समुदायमा आधारित कार्यक्रमले स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य प्रमुख आचार्यका अनुसार चालु आवमा जिल्लाभर क्षयरोग नियन्त्रण, किटजन्य रोग नियन्त्रण, बालस्वास्थ्यअन्तर्गत खोप तथा पोषण कार्यक्रम सञ्चालन गरिएको छ ।

मातृ तथा नवजात शिशुसेवा, किशोरकिशोरी स्वास्थ्य, एचआईभी एड्स तथा यौनरोग नियन्त्रण, नर्सिङ तथा सामाजिक सुरक्षा, औषधि तथा उपकरण व्यवस्थापन, आकस्मिक महामारी नियन्त्रणलगायत कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका जनस्वास्थ्य प्रमुख आचार्यले जानकारी दिनुभयो । हाल जिल्लामा एउटा प्रदेशिक अस्पताल, दुई वटा आधारभूत अस्पताल, चार वटा आयुर्वेद स्वास्थ्यसंस्था, १६ वटा स्वास्थ्यचौकी, १६ वटा सामुदायिक स्वास्थ्य इकाई, तीन वटा आधारभूत स्वास्थ्यसेवा केन्द्र, १८ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँगाउँमा सेवा विस्तार गर्न २४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालित छन् भने सुरक्षित गर्भपतन गराउने तीन वटा क्षेत्रिय केन्द्र सञ्चालनमा राखिएका छन् ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा २३१ बालबालिकालाई पूर्णखोप लगाइएको जनस्वास्थ्य प्रमुख आचार्यले जानकारी दिनुभयो । जिल्लामा खोप लगाउने बालबालिकाको कूल सङ्ख्या ७१६ पुगेको जनाउँदै उहाँले बालस्वास्थ्य क्षेत्रमा पनि सकारात्मक उपलब्धि प्राप्त भइरहेको धारणा राख्नुभयो । चीनसँग जोडिएको रसुवागढी अन्तरराष्ट्रिय नाकाबाट आवतजावत गर्ने नागरिकमार्फत सर्नसक्ने सङ्क्रमक रोगको जोखिमलाई ध्यानमा राख्दै नाकामा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । सो क्षेत्रमा राखिएका हेल्थ डेक्सले सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका जनस्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै रसुवाका २० वटा माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरी प्राथमिक उपचार, स्वास्थ्य परामर्श र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकामार्फत धामीझाँक्रीप्रतिको निर्भरता घटाउँदै वैज्ञानिक उपचारप्रति नागरिकलाई आकर्षित गर्ने अभियान निरन्तर सञ्चालन गरिएको जनाउँदै जनस्वास्थ्य प्रमुख आचार्यले यसले स्वास्थ्य संस्थाप्रतिको विश्वास बढाएको धारणा राख्नुभयो । “रसुवामा रहेका ‘ख’ वर्गका १० वटा एम्बुलेन्समध्ये केही बिग्रिएका छन्”, उहाँले भन्नुभयो । ग्रामीण सडकको अवस्थाका कारण एम्बुलेन्स सेवा सञ्चालनमा चुनौती देखिएको सरोकार भएकाहरूको भनाइ छ ।

नियमित र प्रभावकारी उपरोक्त कार्यक्रम सञ्चालनका लागि फागुन मसान्तसम्म रु ७३ लाख ७१ हजार ७०३ खर्च भएको जनस्वास्थ्य अधिकृत श्रृजा रिजालले जानकारी दिनुभयो । कार्यक्रमले रसुवाको समग्र स्वास्थ्य अवस्था क्रमशः सुदृढ हुँदै गएको निष्कर्ष निकालेको छ । नियमित स्वास्थ्य परीक्षण गर्ने, पानी उमालेर पिउने, सन्तुलित आहार खाने, बासी खाना नखाने, रोगका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाने, सुर्ती, मदिरा तथा लागुपदार्थ सेवन नगर्न जनस्वास्थ्य अधिकृत आचार्यले सबैलाई आग्रह गर्नुभयो । योग, ध्यान र व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउन आचार्यले सुझाव दिनुभयो ।

रसुवाको स्वास्थ्य सेवामा सुधारको यात्रासँगै अब आधारभूत उपचारबाट गुणस्तरीय स्वास्थ्य सेवातर्फ अघि बढिरहेको नागरिक समाजले जनाएका छन्।रासस

आइतबार, चैत १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.