• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता

  •  बिहिबार, चैत १९, २०८२ मा प्रकाशित

टक्सार (भोजपुर) । दुर्गम पहाडी जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार गर्नका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ ।

जिल्लाका नागरिकले पनि स्थानीयस्तरमा सहज रूपमा स्वास्थ्य सेवा नपाउँदा आकस्मिक तथा गम्भीर प्रकृतिका बिरामीले थप उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । पूर्वका भोजपुर, खोटाङ, सङ्खुवासभालगायत जिल्लाका नागरिकले स्वास्थ्य सेवा लिनका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या छ ।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि भोजपुर नगरपालिका–६ घर भएका पञ्चकन्या माविका शिक्षक गणेश प्रधानलाई हेलिकप्टर चार्टर गरेर आज नर्भिक अस्पताल काठमाडौँ पठाइएको छ । जिल्लामा २०३५ सालदेखि हवाई उडान सुरु भए पनि नियमित उडान भएको छैन ।

यहाँ नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँका लागि सातामा तीन उडान मात्र भर्दै आएको जिल्लास्थित निगमका प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । “तालिकाका दिन मौसम खराब भएमा नियमित उडान हुँदैन । सदरमुकाममा हेलिकप्टरको आवाज सुन्नसाथ जिल्लामा बिरामी लिन आएछ भनेर थाहा हुन्छ । स्थानीय टुँडिखेलमा विगतमा नेपाली सेना र सरकारका मन्त्री आउँदा मात्र हेलिकप्टर आउनेमा पछिल्लो समय बिरामी लिनका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाका साथै पर्याप्त प्रविधिसमेत नभएकाले उपचारका लागि नागरिक अन्यत्र जानुपर्ने समस्या रहेको स्थानीय सञ्जीव कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर हुने र उपचारका लागि जतिसक्दो चाँडो लैजानुपर्नेलाई हेलिकप्टर चार्टर गरी लैजाने गरिएको छ, यो यहाँका नागरिकको बाध्यता हो ।”

हेलिकप्टर चार्टर गरी बिरामी लैजाँदा लाखौँ खर्च गर्नुपर्ने भएकाले न्यून आर्थिक अवस्था भएका सबैभन्दा बढी मार पर्ने गरेका कार्कीको भनाइ छ । “महँगो शुल्कमा हेलिकप्टर चार्टर गर्न बिरामीका आफन्त तयार हुने भए पनि कसरी हेलिकप्टर चार्टर गर्नेमा भन्नेमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय यदु सुवालका अनुसार ग्रामीण क्षेत्रका सहज रूपमा स्वास्थ्य पहुँच विस्तार हुनु आजको आवश्यकता हो । दुर्गम जिल्लाका नागरिकका यस्ता समस्यालाई सरकारले सम्बोधन गरी समाधानका विकल्प खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।रासस

बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.