• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मंकीपक्स प्रकोपले फेरि पनि विश्व समुदायलाई चिन्ता : डब्लुएचओ

  •  सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले विश्व यतिबेला शक्तिशाली चुनौतीहरूको सामना गरिरहेको बताएका छन् ।

काेराेना महामारीदेखि युक्रेनमा युद्ध र हालै उत्पन्न नयाँ मंकीपक्स प्रकोपले फेरि पनि विश्व समुदायलाई चिन्तामा पारिरहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन् । जेनेभास्थित आफ्नो बयानमा उनले अफ्रिका बाहिर १५ मुलुकमा फैलिएको मंकीपक्स प्रकोपबारे विज्ञहरूसँग गम्भीर छलफल भइरहेको बताए ।

हालसम्म अमेरिका, क्यानडा, अष्ट्रेलिया, इजरायल र युरोपभरबाट मंकीपक्सका ८० संक्रमित फेला पारिएको छ । तर, अझैपनि ठूलो स्तरमा यसको जोखिम कम नै भएको बताइएको छ ।

मंकीपक्स अफ्रिकाका विकट क्षेत्रमा पाइने भाइरस हो । यो सजिलै अर्को व्यक्तिमा सर्दैन र संक्रमित व्यक्तिलाई यसले मध्यम प्रभाव मात्र पार्दछ । तर, अप्रत्याशित रूपमा फैलिए अवश्य पनि जटिल समस्या गराउने चेतावनी दिइएको छ ।

प्रायः यसबाट संक्रमित हुनेहरू केही हप्तामै ठीक हुन सक्ने बताइएको छ । तापनि फैलावट नियन्त्रण गर्न संक्रमित तीन हप्तासम्म आइसोलेट भएर बस्न स्वास्थ्यविद्हरूले सुझाव दिएका छन् ।

शुक्रबार बेल्जियम, यस सम्बन्धी तीन दिने क्वारेन्टिनको घोषणा गर्ने पहिलो देश बनेको हो ।

विश्व स्वास्थ्यको सभामा बोल्दै डा. टेड्रोसले भने, “अवश्य पनि कोरोना महामारी हाम्रो समयको एक मात्र संकट हुनेछैन । हामीले अहिले बोल्दैगर्दा मेरा सहकर्मीहरूले कंगोमा इबोला, मंकीपक्स, अज्ञात हेपटाइटिस र अफगानिस्तान, इथियोपिया, सोमालिया, दक्षिण सुडान, सिरियन अरब रिपब्लिक, युक्रेन र यमनमा मानवीय संकट विरुद्ध लडिरहेका छन् ।”

“हामी अहिले रोग, खडेरी, भोकमरी, युद्धका कठोर चुनौतीहरूको सामना गरिरहेका छौँ । जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिस्पर्धाकै कारण यस्ता समस्या निम्तिरहेका छन् ।”

यसअघि डब्लूएचओले मंकीपक्सका सम्भावित बिरामीहरूबारे गहिरो अनुसन्धान भइरहेको बताएको थियो भने संक्रमण अझै बढ्ने चेतावनी समेत दिएको छ ।

पहिलोपटक बेलायतमा देखा परेको यो भाइरस अहिले युरोपमा स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडेनमा समेत फैलिसकेको छ । आइतबार स्वीट्जरल्यान्ड र अष्ट्रियाले समेत यसबारे खबर गरेका हुन् ।

तर, यी सबका बावजुद साधारण रूपमा यसको जोखिम अझै एकदम कम रहेको बताइएको छ ।

मंकीपक्सको कुनै निश्चित खोप नभएपनि केही मुलुकहरू अहिले ‘स्मलपक्स’ को खोप भण्डारण गरेर राखिरहेका छन् । यो खोप भाइरस विरुद्ध ८५ प्रतिशत प्रभावकारी छ ।

मंकीपक्सका लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी सुन्निने, दुख्ने, थकान अनि चिलाउने फोकाहरू विशेषगरी हात, अनुहार र खुट्टामा देखा पर्ने गर्छन् । संक्रमित बिरामीसँग शारीरिक सम्पर्कमा आउँदा यो सर्ने गर्दछ । त्यस्तै संक्रमितले लगाएको कपडा, ओछ्यानमा प्रयोग गरिएको तन्ना, सिरकबाट पनि यो सर्न सक्छ ।

यो संक्रमण किन कहाँबाट कसरी अहिले फैलिरहेको छ भन्ने अझै पक्का भएको छैन । यसमा भाइरस कुनै रूपले बदलिएको हुन सक्ने अनुमान गरिएको छ तर यो नयाँ भेरियेन्ट नै हो भन्ने प्रमाण फेला परिसकेको छैन ।

सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.