• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मंकीपक्स प्रकोपले फेरि पनि विश्व समुदायलाई चिन्ता : डब्लुएचओ

  •  सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले विश्व यतिबेला शक्तिशाली चुनौतीहरूको सामना गरिरहेको बताएका छन् ।

काेराेना महामारीदेखि युक्रेनमा युद्ध र हालै उत्पन्न नयाँ मंकीपक्स प्रकोपले फेरि पनि विश्व समुदायलाई चिन्तामा पारिरहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन् । जेनेभास्थित आफ्नो बयानमा उनले अफ्रिका बाहिर १५ मुलुकमा फैलिएको मंकीपक्स प्रकोपबारे विज्ञहरूसँग गम्भीर छलफल भइरहेको बताए ।

हालसम्म अमेरिका, क्यानडा, अष्ट्रेलिया, इजरायल र युरोपभरबाट मंकीपक्सका ८० संक्रमित फेला पारिएको छ । तर, अझैपनि ठूलो स्तरमा यसको जोखिम कम नै भएको बताइएको छ ।

मंकीपक्स अफ्रिकाका विकट क्षेत्रमा पाइने भाइरस हो । यो सजिलै अर्को व्यक्तिमा सर्दैन र संक्रमित व्यक्तिलाई यसले मध्यम प्रभाव मात्र पार्दछ । तर, अप्रत्याशित रूपमा फैलिए अवश्य पनि जटिल समस्या गराउने चेतावनी दिइएको छ ।

प्रायः यसबाट संक्रमित हुनेहरू केही हप्तामै ठीक हुन सक्ने बताइएको छ । तापनि फैलावट नियन्त्रण गर्न संक्रमित तीन हप्तासम्म आइसोलेट भएर बस्न स्वास्थ्यविद्हरूले सुझाव दिएका छन् ।

शुक्रबार बेल्जियम, यस सम्बन्धी तीन दिने क्वारेन्टिनको घोषणा गर्ने पहिलो देश बनेको हो ।

विश्व स्वास्थ्यको सभामा बोल्दै डा. टेड्रोसले भने, “अवश्य पनि कोरोना महामारी हाम्रो समयको एक मात्र संकट हुनेछैन । हामीले अहिले बोल्दैगर्दा मेरा सहकर्मीहरूले कंगोमा इबोला, मंकीपक्स, अज्ञात हेपटाइटिस र अफगानिस्तान, इथियोपिया, सोमालिया, दक्षिण सुडान, सिरियन अरब रिपब्लिक, युक्रेन र यमनमा मानवीय संकट विरुद्ध लडिरहेका छन् ।”

“हामी अहिले रोग, खडेरी, भोकमरी, युद्धका कठोर चुनौतीहरूको सामना गरिरहेका छौँ । जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिस्पर्धाकै कारण यस्ता समस्या निम्तिरहेका छन् ।”

यसअघि डब्लूएचओले मंकीपक्सका सम्भावित बिरामीहरूबारे गहिरो अनुसन्धान भइरहेको बताएको थियो भने संक्रमण अझै बढ्ने चेतावनी समेत दिएको छ ।

पहिलोपटक बेलायतमा देखा परेको यो भाइरस अहिले युरोपमा स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडेनमा समेत फैलिसकेको छ । आइतबार स्वीट्जरल्यान्ड र अष्ट्रियाले समेत यसबारे खबर गरेका हुन् ।

तर, यी सबका बावजुद साधारण रूपमा यसको जोखिम अझै एकदम कम रहेको बताइएको छ ।

मंकीपक्सको कुनै निश्चित खोप नभएपनि केही मुलुकहरू अहिले ‘स्मलपक्स’ को खोप भण्डारण गरेर राखिरहेका छन् । यो खोप भाइरस विरुद्ध ८५ प्रतिशत प्रभावकारी छ ।

मंकीपक्सका लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी सुन्निने, दुख्ने, थकान अनि चिलाउने फोकाहरू विशेषगरी हात, अनुहार र खुट्टामा देखा पर्ने गर्छन् । संक्रमित बिरामीसँग शारीरिक सम्पर्कमा आउँदा यो सर्ने गर्दछ । त्यस्तै संक्रमितले लगाएको कपडा, ओछ्यानमा प्रयोग गरिएको तन्ना, सिरकबाट पनि यो सर्न सक्छ ।

यो संक्रमण किन कहाँबाट कसरी अहिले फैलिरहेको छ भन्ने अझै पक्का भएको छैन । यसमा भाइरस कुनै रूपले बदलिएको हुन सक्ने अनुमान गरिएको छ तर यो नयाँ भेरियेन्ट नै हो भन्ने प्रमाण फेला परिसकेको छैन ।

सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.