लन्डन । वैज्ञानिकहरूले पहिलोपटक मानव बिरामीलाई नयाँ क्यान्सर मार्ने भाइरसयुक्त खोप दिएका छन् । ‘भ्याक्सिनिया’नामक यो खोप अन्य जनावरहरूमा सफल परीक्षण भइसकेको छ । जे होस् यसको प्रभावकारिताको वास्तविक परीक्षण भने यस चिकित्सकीय परीक्षणबाट सुरु भएको छ ।
सामन्यतया भाइरस भन्ने सजिलै सुनिने शब्द सुन्नासाथ खराबजस्तो लाग्छ । किनभने जताततै प्राणघातक थुप्रै भाइरस छन् । तर वैज्ञानिकहरूले यसरी बिरामीको शरीरभित्र प्रवेश गराइएको क्यान्सर मार्ने नयाँ भाइरसले शरीरमा क्यान्सर प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आशा गरिएको छ ।
भ्याक्सिनियालाई क्यान्सरका कोषहरू मार्न विकास गरिएको हो । वैज्ञानिकहरूले यसअघि अन्य जनावरहरूमा गरिएको यसको परीक्षणको परिणाम निकै सकारात्मक पाएका थिए । यस भाइरसलाई क्यान्सर मार्ने मात्र नभई मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने किसिमले पनि बनाइएको छ ।
त्यसैले वैज्ञानिकहरूले यसले क्यान्सर रोगीलाई निको हुन निकै सघाउने विश्वास गरेका छन् । क्यान्सरका ट्युमर समाप्त गर्न यसलाई प्रयोगशालामा पनि धेरै परीक्षण गरिएको थियो ।
यसले फोक्सो, स्तन, पाठेघर, प्यान्क्रियाटिक र कोलन क्यान्सरको ट्युमरको आकार घटाउन सक्ने देखिएको छ ।
बीजीआरबाट ।