काठमाडौँ । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट वरिष्ठ चिकित्सक डा. चुमनलाल दास सम्मानित हुनुभएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रमकी प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्माले वरिष्ठ चिकित्सक डा. चुमनलाल दासलाई हेल्थ अवार्ड प्रदान गर्नुभएको हो ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा वरिष्ठ चिकित्सकको रुपमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयमा रही वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारीले पुर्याउनु भएको योगदानको कदर गर्दै उहांँलाई राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट सम्मानित गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताउनुभयो ।
नेपालका सात वटै प्रदेशबाट छनौट गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई गरी २० वटा अवार्ड वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
