काठमाडौँ । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट टिजिग फर्मा प्रा.लि., काठमाडौँका कार्यकारी निर्देशक शैलेश वैद्य सम्मानित हुनुभएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रमकी प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्माले टिजिग फर्मा प्रा.लि., काठमाडौँका कार्यकारी निर्देशक शैलेश वैद्यलाई हेल्थ अवार्ड प्रदान गर्नुभएको हो ।
औषधि उत्पादनको क्षेत्रबाट समाजमा पुुर्याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै टिजिग फर्मा प्रा.लि., काठमाडौँका कार्यकारी निर्देशक शैलेश वैद्यलाई राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट सम्मानित गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताउनुभयो ।
नेपालका सात वटै प्रदेशबाट छनौट गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई गरी २० वटा अवार्ड वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
