• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘बर्दिवास मेडिकल कलेज निर्माण हुने आशा जाग्यो’

  •  सोमबार, चैत ३०, २०८२ मा प्रकाशित

महोत्तरी । लामो समयदेखि रोकिएको जग्गा प्राप्तिको विषयले गति लिएपछि बर्दिवास मेडिकल कलेज निर्माणले गति लिने आशा जागेको छ । कलेजका लागि प्रस्तावित बर्दिवास–४ को माइस्थानको वन क्षेत्रका रुख कटानको अनुमतिपूर्व सट्टा स्वरुप वृक्षरोपण गरिएको छ ।

हालै सङ्घीय सरकारको वन तथा भू–संरक्षण विभागका उच्च अधिकारीले वृक्षरोपण गरिएको त्यस क्षेत्रका बिरुवाको स्थलगत अवलोकन गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने आशा जागेको हो । “कलेज निर्माणका लागि जग्गा प्राप्तिको अल्झिदै आएको छ । नयाँ वृक्षरोपण गरिएकाबारे अनुगमन नहुँदा यो विषय अल्झिदै आएको स्थानीय सरोकार भएकाहरूको भनाइ छ”, कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका निर्देशक निर्मल घिमिरेले भन्नुभयो, “भर्खरै केन्द्रीय प्रतिनिधिबाट वृक्षरोपण क्षेत्रको स्थलगत अनुगमन सम्पन्न भएको छ ।

अब जग्गा प्राप्ति र प्रस्तावित स्थलको रुख कटान अनुमतिको प्रक्रिया अघि बढेको छ ।” यही चैतको १३ गते सरकारले कार्यभार सम्हालेसँगै ‘सुशासन मार्गचित्र–२०८२’ कार्यान्वयन प्रक्रिया अघि बढाएपछि बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय खारेज गरिने कुराले यहाँ निराशा छाएको थियो । लगत्तै महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले शिक्षा मन्त्रीसँग भेटेर पहलकदमी लिएपछि विभागको उच्चस्तरीय टोली वृक्षरोपण क्षेत्रको अनुगमनमा आएको जनाइएको छ ।

यसअघि विसं २०७४÷७५ को वार्षिक बजेटमा पहिलो पटक यस मेडिकल कलेजको पूर्वाधार निर्माणको विषयले प्रवेश पाएको थियो । त्यसपछि विसं २०७५ वैशाख १३ गते तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले यहाँ कलेजको पूर्वाधार निर्माण विकास आयोजना कार्यालय शुभारम्भ गर्नुभएको थियो । त्यसयता प्रस्तावित बर्दिवास–४ माइस्थानस्थित ५४ हेक्टर वनक्षेत्रको जग्गा उपयुक्त नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि आयोजनाका काम लामो समयसम्म रोकिएको थियो । पछि विसं २०८० जेठ २९ गते सर्वोच्च अदालतले कलेज निर्माणका लागि प्रस्तावित स्थलमा काटिने एक हजार ९६७ रुखको १० गुणा बढी अर्थात् १९ हजार ६७० नयाँ बिरुवा रोपेको प्रमाणित भएपछि आयोजनाको काम अघि बढ्न सक्ने आदेश गरेको थियो । आदेशलगत्तै विसं २०८० को असारमै बर्दिवास–५ को टुटेश्वरस्थित माण्डवीगङ्गा (मडहा) र सोनामती (सोनी) नदी किनारमा २३ हजार बिरुवा रोपिएको थियो । उक्त क्षेत्र चारैतिर काँडेतार घेराबेरा गरेर सुरक्षित गरिएको छ ।

विभागका उपमहानिर्देशक उद्धव घिमिरे र वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि खिलानाथ दाहाललगायतको टोलीले स्थलगत अनुगमन गरेको प्रतिवेदन दिएसँगै यहाँ रुख कटान र निर्माण कार्य थालनीको अनुमति प्राप्तिको प्रक्रिया अघि बढेको आयोजना कार्यालयका निर्देशक घिमिरेले बताउनुभयो । “स्थालगत अध्ययन गरिएको प्रतिवेदन विभागका महानिर्देशकसमक्ष पुगेको छ, अब त्यो सदर भएपछि कलेज निर्माणस्थलको मूल्याङ्कन प्र्रक्रिया अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “जग्गा मूल्याङ्कन हुने वित्तिक्कै कलेजले सो वापतको रकम सरकारी खातामा दाखिला गरेपछि प्रस्तावित स्थलको रुख कटान र निर्माण कार्य सँगसँगै बढाउन सकिन्छ ।”

यो खबरसँगै कलेज निर्माणको कामले गति लिने भन्दै स्थानीय उत्साहित भएका छन् । बर्दिवास–१ निवासी महोत्तरी क्षेत्र नं १ (क) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य शारदा थापा वर्षौंदेखिको सपना पूरा गर्न कलेज निर्माण प्रक्रिया चाँडै सुरू हुने विश्वास जागेको बताउनुहुन्छ । “रुख कटान नहुँदा थप काम अगाडि बढ्न सकेको थिएन । अब भने यससँग जोडिएका प्रारम्भिक काम सुरु भएका छन् । यसबाट सबै उत्साहित छौँ”, उहाँले भन्नुभयो । यस आयोजनाअन्र्तगत कलेजका छ सय र चार सय शय्याका दुई वटा भवन बन्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

दुवै भवनमा गरी एक हजार शय्याको अस्पतालबाहेक मेडिकल कलेज भवन, प्रशासनिक कक्ष, प्राध्यापक तथा कर्मचारी आवास, छात्रावास र कुरुवा घरलगायत भौतिक संरचना निर्माण गरिने छन् । बर्दिवास नगरपालिकाका उपप्रमुख तारादेवी महतो कलेज निर्माणले स्वास्थ्य क्षेत्रमा उल्लेख्य टेवा पुग्नुका साथै नगर क्षेत्रको सन्तुलित विकास र प्रगतिमा योगदान पुग्ने बताउनुहुन्छ । रासस

सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.