चितवन । भरतपुर महानगरपालिकाको अमृतनगरमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी शिविर सम्पन्न भएको छ । भरतपुर २५ अमृतचोक टोल विकास संस्थाले आयोजना गरेको शिविरको प्राविधिक सहयोग दया हेल्थ केयर सेन्टर, भरतपुरले गरेको हो ।
वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा शुभकान्त गौतमको चिकित्सकीय टिमले अमृत आमा समूहको भवनमा भएको शिविरमा छाला, यौन तथा कुष्ठरोगसँग सम्बन्धी चेकजाँच गर्नभएको थियो । भरतपुर महानगरपालिका २५ का वडाध्यक्ष छविलाल सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
शिविरमा स्वास्थ्यकर्मी मोहन तिवारी, टीकाप्रसाद पङ्गेनी, शिव नेपाली लगायतले सेवा प्रदान गर्नुभएको हो ।
