• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

  •  शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित

बागमती । स्वास्थ सेवामा सबै नागरिकको सहज पहुँच पुर्‍याउन बागमती प्रदेश सरकारले स्वास्थ्य सेवाको स्तरोन्नतिसँगै विस्तारलाई जोड दिएको छ ।

प्रदेशका हरेक नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन १३ वटै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर स्तरोन्नतिसँगै विशेषज्ञ सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिइएको जनाएको छ । जिल्ला जिल्लामा डाईलोसिस तथा प्रसूति तथा स्त्रीरोग सेवा विस्तार गरिरहेको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभरका प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा डिजिटल हेल्थमार्फत सेवा प्रवाहको काम अघि बढाइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले बताउनुभयो ।

स्वास्थ्य सेवामा सुधार गरी सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले ‘एक जिल्ला एक हेल्थ सिटी’, ‘एक विद्यालय एक नर्स’ र ‘एक पालिका एक नमुना अस्पताल’लगायत कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा प्राप्त गर्न लाइनमा बस्नुनपर्ने भएको छ । मन्त्रालयले स्वास्थ्य संस्थामा अनलाइन टिकटको व्यवस्था गरेको छ । निःशुल्क रक्तसञ्चार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरी निःशुल्क रक्तसञ्चार सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको प्रदेश सरकारले नेपाल रेडक्रस सोसाइटीमा गरिब तथा विपन्न नागरिकहरुका लागि निःशुल्क रक्तसञ्चार सेवा प्रादेशिक अस्पतालबाट उपलब्ध हुने व्यवस्था मिलाएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन कार्यविधि २०७९ लाई संशोधन गरी प्रदेशका सबै वडाहरुमा नसर्ने रोगको परीक्षण र बिरामीलाई उपचारको व्यवस्था मिलाइएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसँग सामञ्जस्यता हुने गरी ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी एक घण्टा, मेरो लागि’ कार्यक्रम समुदायस्तरमा सञ्चालन गरिरहेको प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई प्रदेशका १३ वटै अस्पतालमा निःशुल्क मानसिक चिकित्सकीय उपचार सेवा प्रदान गरेको छ ।

प्रदेशका हेटौँडा उपमहानगरपालिका, चन्द्रागिरि नगरपालिका, मेलम्ची नगरपालिकालाई स्वास्थ्य सहरको अवधारणा कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले प्रदेशका हरेक जिल्लाका कम्तीमा एउटा स्वास्थ्य संस्थालाई नमुना स्वास्थ्य संस्थाका रुपमा विकास र विस्तार गर्ने प्रक्रिया सुरुआत गरेको छ । भक्तपुर, सिन्धुली, बकुलहर र धादिङ अस्पतालमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने प्रक्रियाका लागि प्रारम्भिक क्रियाकलाप सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालमा डाइलाइसिस सेवाको सुरुआत गरेको छ ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा विस्तार गर्न लागेको प्रदेश सरकारले सिन्धुली जिल्लामा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा सञ्चालन भइसकेको र मकवानपुर तथा रामेछाप जिल्लामा चाँडै आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री थापामगरले बताउनुभयो । आयुर्वेद औषधि उत्पादन केन्द्रबाट अन्धगन्धा, सितोपलादी, आमलकि, अविवत्तिकर, त्रिफला, निम्वादी, विल्वादी, हिङ्गवाष्टक, महासुदर्शन, पुष्यानुग गरी १० प्रकारका चुर्ण आयुर्वेद औषधि उत्पादन र निःशुल्क वितरण गरेको मन्त्रालयले चालु आर्थिक वर्षदेखि थप ११ प्रकारका औषधि उत्पादनको प्रक्रिया अगाडि बढाएको छ ।

एमडी एवं एमएसका सात वटा कार्यक्रम सञ्चालन गर्दै आएको बागमती प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबिबिएस कार्यक्रमअन्तर्गत ५० जना विद्यार्थीलाई अध्यापन सुरु गरिएको मन्त्री थापामगरले बताउनुभयो । सीमान्तकृत, लोपोन्मुख आश्रममा आश्रित आपाङ्गता ‘ख’ वर्गका व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका र श्रमजीवी पत्रकारहरुका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुहुँदै प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले प्रदेश सरकारले सबै नीतिमा स्वास्थ्य निर्देशिक जारी गरिएको जानकारी दिनुभयो।रासस

शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.