• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मस्तिष्कसम्बन्धी जटिल समस्या भएकी महिलाको सफल उपचार

  •  शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी), सिनामंगलले मस्तिष्कसम्बन्धी जटिल समस्या भएकी ५२ वर्षीया एक महिलाको सफल उपचार गरेको छ ।

केएमसीका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलका अनुसार ती महिलालाई तीव्र टाउको दुखाइपछि बेहोस अवस्थामा राति अस्पताल ल्याइएको थियो । प्रारम्भिक परीक्षणका क्रममा गरिएको सिटी स्क्यानमा मस्तिष्कमा रगत जमेको देखिएको थियो । थप जाँचका लागि गरिएको सिटी एन्जियोग्राफीमा मस्तिष्कका विभिन्न भागमा तीनवटा एन्युरिज्म अर्थात् रक्तनली फुलेको अवस्था देखिएको थियो, जसमा एउटा फुटिसकेको थियो ।

“बिरामीको अवस्था गम्भीर भएकाले तत्काल क्याथल्याबमा लगेर फुटेको एन्युरिज्मलाई ‘कोइलिङ’ प्रविधिबाट उपचार गरियो,” डा. पौडेलले भने । बिरामीको अवस्था स्थिर भएको केही समयपछि फेरि बाँकी दुईवटा बेलुन अर्थात् एन्युरिज्मको विशेष प्रकारको फ्लो डाइभर्टर हालेर उपचार सुरु गरियो । दुईवटा बेलुनमध्ये एउटा आँखामा रगत आपूर्ति गर्ने नशाबाट आएको थियो । त्यसैले त्यसको खुल्ला शल्यक्रिय गर्न मिल्दैनथ्यो किनकि त्यसो गर्दा आँखाको ज्योति गुम्नसक्थ्यो । त्यसपछि डाक्टरहरूले फ्लो डाइभर्टर नामक विशेष प्रकारको स्टेन्ट प्रयोग गरेर नयाँ नशा निर्माण गरे । यो उपचारपछि रगत आपुर्ति सहज हुँदै गयो र महिलाले नयाँ जीवन पाइन् । उपचारपछि अहिले बिरामीको स्वास्थ्य अवस्था एकदमै राम्रो भएको छ । चेतनाको स्तर पनि निकै राम्रो हुँदै गएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

यो प्रविधि नेपालमा नभित्रिँदासम्म मष्तिष्कमा रगत जमेको अवस्थामा खुल्ला शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । तर यस्ता धेरै अवस्थामा खुल्ला शल्यक्रिया गर्न धेरै गाह्रो हुन्थ्यो । त्यसका लागि कि त देशबाहिर सिंगापुर, नयाँदिल्ली वा अमेरिका लैजानुपर्ने अवस्था थियो कि ज्यान जोखिममा पारेर खुल्ला शल्यक्रिया गर्नु पर्दथ्यो । तर अहिले केएमसीले भित्र्याएको न्युरोइन्टरभेन्सनजस्तो आधुनिक प्रविधिपछि यस्ता रोगको उपचार एकदमै सहज भएको छ । यो प्रविधि अनुसार कुनै ठूलो चिरफारबिना नै कोइलिङ वा स्टेन्टबाट उपचार गरिन्छ ।

नेपाली कांग्रेसका लोकप्रिय युवानेता डा. सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेजमा अहिले विशेष सुविधायुक्त न्युरो केन्द्रित क्याथल्याब छ । र, उपचार गर्ने डाक्टरहरू पनि विदेशबाट यही विषयमा विशेषज्ञता हासिल गरेर आएका छन् । त्यसैले मष्तिष्क, मष्तिष्कका रक्तनली र मष्तिष्कघात सम्बन्धी सम्पूर्ण उपचार सेवा केएमसीमा उपलब्ध छ ।

सुनसरीको गढी गाउँपालिका–१ निवासी अशोककुमार चौधरीकी ५२ वर्षीया पत्नीमा देखिएको उक्त समस्या समयमै पहिचान गरी ‘कोइलिङ’ तथा ‘फ्लो डाइभर्टर’ प्रविधिबाट सफल उपचार गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुँदै गर्दा बिरामी तथा उनका आफन्तले उपचारमा संलग्न चिकित्सक, केएमसी अस्पताल तथा स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.