• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  •  शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा नमूना अस्पतालको भवन निर्माण निर्माणाधीन अवस्थामा छ । पटक–पटक म्याद थपे पनि गण्डकी प्रदेशको गौरवको योजनाको रूपमा निर्माणाधीन नमूना पशु अस्पतालको भवन निर्माण पूरा हुन सकेको छैन ।

प्रदेश सरकारको प्राथमिकताको योजनाका रूपमा रहेको नमूना पशु अस्पताल भवन निर्माण पूरा गर्ने उद्देश्यले चौँथो पटक निर्माणावधि थपिएको छ । अस्पतालको केही निर्माण भइरहेकोले निर्माण अवधि चौँथो पटक थप गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चौँथो पटक विसं २०८३ जेठ १० गतेसम्मका लागि अवधि थप गरिएको छ । हालसम्म ७७ प्रतिशत भौतिक प्रगती भएको छ भने ५४ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति भएको विज्ञ केन्द्रले जनाएको छ । विसं २०७८ साउन १२ गते निर्माण कम्पनीले विसं २०७९ पुस १२ मा नमूना अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि तेस्रो पटक विसं २०८२ जेठ २१ को निर्णयअनुसार विसं २०८२ कात्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि पशु अस्पतालको भवन निर्माण पुरा हुन नसकेपछि विसं २०८३ जेठ १० गतेसम्मका लागि म्याद थप गरिएको हो । तीन पटक समयावधि थपिँदा पनि पूरा हुन नसक्दा पशुपालक किसानले पाउनुपर्ने सेवा प्रवाहमा सकस भएको अधिकारीले बताउनुभयो । पटकपटक म्याद थपिँदा पनि उल्लेख्य प्रगति हुन नसक्दा आयोजना नै अलपत्र अवस्थामा पुगेको हो । म्याद थप गरिएपछि चालु आर्थिक वर्षमा रु २० लाख निर्माण कम्पनीलाई भुक्तान गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन अभावले गर्दा अस्पताललाई आवश्यक पर्ने उपकरण जडान र सेवा विस्तारको प्रक्रिया अगाडि बढिरहेको छ । तनहुँ र कास्की जिल्लामा एकैसाथ नमूना पशु अस्पताल निर्माण सुरू गरिएको थियो । कास्कीमा भने भवन निर्माण सम्पन्न भई सेवा प्रवाह भइरहेको केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले भ्याट बाहेक रु चार करोड ९० लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको भएपनि आवश्यक संरचनासमेत निर्माण हुन सकेको छैन । पूर्वाधारसहित पूर्ण सञ्चालनका लागि करिब रु १० करोड लाग्ने अनुमान गरिएको छ । साढे दुईतले भवनमा आकस्मिक, शल्यक्रिया, रेडियोलोजी र प्याथोलोजीसहित २३ वटा कोठा रहनेछ । गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशको मध्यभागमा पशु अस्पतालको भवन निर्माण थालिएको हो ।

पछिल्लो पटक थपिएको निर्माणावधिमा अस्पताल भवन निर्माण भएमा तनहुँलगायत लमजुङ, गोर्खा, मनाङ, कास्की, नवलपुर, स्याङ्जा जिल्लाका सेवाग्राहीले पशु सेवा सहज रूपमा पाउनेछन् ।रासस

शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.