• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सघन उपचार कक्ष (आइसियू) मा नर्सको भूमिका

  •  बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित

सघन उपचार कक्ष (आइसियू) अस्पतालको अत्यन्त संवेदनशील र महत्वपूर्ण भाग हो, जहाँ जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित सिकिस्त तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचार गरिन्छ । यहाँ प्रत्येक सेकेन्ड महत्वपूर्ण हुन्छ र सानो निर्णयले पनि बिरामीको जीवनमा ठूलो प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा नर्सहरूको भूमिका केवल सहायक नभई जीवनरक्षकका रूपमा अत्यन्त महत्वपूर्ण हुन्छ ।

आइसियूमा कार्यरत नर्सहरूले २४ घण्टा बिरामीको निरन्तर निगरानी गर्दै उनीहरूको जीवनरक्षा, उपचार, व्यवस्थापन र हेरचाह सुनिश्चित गर्छन् । रक्तचाप, मुटुको धड्कन, सासप्रश्वासको अवस्था, अक्सिजन स्याचुरेसन, शरीरको तापक्रम, मस्तिष्कको प्रतिक्रिया लगायतका सूचकहरूको निरन्तर अवलोकन गरिन्छ । यी सूचकहरूमा सानो परिवर्तन देखिए पनि त्यसले गम्भीर अवस्था निम्त्याउन सक्छ । त्यसैले नर्सहरू सधैं सतर्क, सजग र छिटो निर्णय लिन सक्षम हुनुपर्छ । कुनै असामान्य अवस्था देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी गराई आवश्यक उपचार प्रक्रिया अघि बढाउनु उनीहरूको मुख्य जिम्मेवारी हो ।

आइसियूमा प्रयोग हुने आधुनिक उपकरणहरू कार्डियाक मोनिटर, भेन्टिलेटर, इन्फ्युजन पम्प, सिरिन्ज पम्प, डिफिब्रिलेटर आदिको सही सञ्चालन, निगरानी र व्यवस्थापन नर्सहरूको दक्षतामा निर्भर हुन्छ । यी उपकरणहरूले बिरामीको जीवनरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले नर्सहरूले प्राविधिक ज्ञानमा दक्ष हुन नियमित तालिममार्फत सीपलाई अद्यावधिक गरिरहनुपर्छ । औषधि व्यवस्थापन आइसियू नर्सिङको अर्को महत्वपूर्ण पाटो हो । सही समयमा सही मात्रामा औषधि दिनु, औषधिको प्रभाव तथा सम्भावित साइड इफेक्टको निगरानी गर्नु र कुनै समस्या देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी गराउनु अत्यन्त आवश्यक हुन्छ ।

आइसियूमा बिरामीको शारीरिक उपचार मात्र पर्याप्त हुँदैन, बिरामीलाई मानसिक र भावनात्मक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ । गम्भीर अवस्थाका बिरामीहरू डर, चिन्ता, तनाव र अनिश्चिततामा हुन्छन् । यस्तो अवस्थामा नर्सहरूले सहानुभूति, माया र सकारात्मक व्यवहारमार्फत बिरामीलाई आत्मबल प्रदान गर्नुपर्छ । कहिलेकाहीँ बिरामी बोल्न वा प्रतिक्रिया दिन नसक्ने अवस्थामा हुन्छन् तर नर्सको उपस्थितिले उनीहरूलाई सुरक्षा र आश्वासनको अनुभूति दिलाउँछ ।

बिरामीका आफन्तहरूसँग प्रभावकारी संवाद राख्नु पनि नर्सहरूको महत्वपूर्ण जिम्मेवारी हो । बिरामीको अवस्था, उपचार प्रक्रिया, प्रगति तथा सम्भावित जोखिमबारे स्पष्ट र सहज भाषामा जानकारी दिनु आवश्यक हुन्छ । यसले आफन्तहरूमा विश्वास कायम गर्छ र मानसिक सान्त्वना प्रदान गर्दछ । साथै, उपचारप्रति सकारात्मक धारणा विकास गर्न पनि मद्दत गर्छ ।

आइसियूमा संक्रमण नियन्त्रण अत्यन्त संवेदनशील विषय हो । नर्सहरूले हात धुने विधि, व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्० को सही प्रयोग, उपकरणहरूको नियमित सफाइ र वातावरणीय सरसफाइ जस्ता मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्छ । संक्रमणको सानो जोखिमले पनि बिरामीको अवस्था झन् जटिल बनाउन सक्छ । त्यसैले यस क्षेत्रमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य हुँदैन ।

आइसियूमा नर्सिङ सेवा पूर्णरूपमा समूहगत कार्यमा आधारित हुन्छ । चिकित्सक, नर्स, ल्याब प्राविधिक, फिजियोथेरापिस्टलगायत अन्य स्वास्थ्यकर्मीबीच राम्रो समन्वय आवश्यक हुन्छ । सही समयमा सही निर्णय लिनका लागि प्रभावकारी सञ्चार र सहकार्य अपरिहार्य हुन्छ । समूहगत कार्यले उपचारलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउँछ ।

आइसियूमा काम गर्ने नर्सहरू मानसिकरूपमा पनि अत्यन्त बलियो हुनुपर्छ । गम्भीर अवस्थाका बिरामी, आकस्मिक घटना, कहिलेकाहीँ हुने दुःखद परिस्थिति जस्ता चुनौतीहरू सामना गर्नुपर्ने भएकाले उनीहरूमा धैर्य, संयम र पेशागत निष्ठा आवश्यक हुन्छ । लामो समयसम्म तनावपूर्ण वातावरणमा काम गर्दा पनि आफ्‌नो कर्तव्यप्रति समर्पित रहनु नर्सहरूको विशेषता हो ।

बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.