• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

महामारी सन्धिमा सहमति खोज्न अन्तिम कसरत

  •  सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित

जेनेभा । भविष्यका महामारीहरू सामना गर्न बनाइएको विश्वव्यापी सन्धिको सबैभन्दा विवादित र अधुरो अंश टुङ्ग्याउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सोमबारदेखि निर्णायक वार्ता सुरु भएको छ । धनी र विकासोन्मुख राष्ट्रबीच गहिरो मतभेद कायमै रहेकाले सम्झौताको कार्यान्वयन पक्ष अझै अन्योलमा छ, जसलाई मिलाउन थप एक साताको समय छुट्याइएको हो । गत वर्ष अनुमोदित महामारी सन्धिले व्यवहारमा कसरी काम गर्ने भन्ने मूल प्रश्नमै अहिले विवाद केन्द्रित छ ।

विशेषगरी ‘रोगजनक पहुँच र लाभ–साझेदारी प्रणाली’ (पिएबिएस) ले महामारी निम्त्याउन सक्ने भाइरस तथा रोगजनकहरूको पहुँच कसरी साझा गर्ने र त्यसबाट प्राप्त लाभ—जस्तै खोप, परीक्षण र उपचार—कसरी न्यायोचित रूपमा बाँड्ने भन्ने विषयमा स्पष्ट सहमति हुन सकेको छैन । डब्लुएचओकी प्रमुख वैज्ञानिक सिल्वी ब्रिन्डले विकासशील राष्ट्रहरूमा अझै गहिरो अविश्वास रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार ती देशहरूले सङ्कटको बेला खोपमा समान पहुँच सुनिश्चित नहुने डरका कारण आफ्ना भाइरस नमुना साझा गर्न हिच्किचाइरहेका छन् ।

अर्कोतर्फ केही विकसित देशहरूले भने औषधि उद्योगलाई लगानीको प्रतिफलको स्पष्ट सुनिश्चितता नदिई यस्ता वैश्विक सम्झौतामा संलग्न गराउन कत्तिको सम्भव छ भन्ने प्रश्न उठाइरहेका छन् । अहिले खोप, उपचार र परीक्षण विकासमा भौतिक नमूनाभन्दा डिजिटल जेनेटिक सूचना अझ महत्त्वपूर्ण बनिसकेकाले आनुवंशिक डाटाको साझेदारी पनि अर्को जटिल पक्ष बनेको उहाँले बताउनुभयो । मे २०२५ मा, कोभिड–१९ महामारीबाट सिकेका पाठका आधारमा तीन वर्षभन्दा लामो वार्तापछि सदस्य राष्ट्रहरूले ऐतिहासिक महामारी सन्धि स्वीकृत गरेका थिए ।

यसको उद्देश्य भविष्यका स्वास्थ्य सङ्कटमा अन्तर्राष्ट्रिय समन्वय सुदृढ गर्ने, निगरानी प्रणाली सुधार गर्ने र खोप तथा उपचारमा समान पहुँच सुनिश्चित गर्नु हो । तर सन्धिको मुख्य आधार मानिएको पिएबिएसलाई अन्तिम रूप दिन नसकिएकाले यो अझै अधुरै रहेको छ । आगामी मे १८ मा सुरु हुने विश्व स्वास्थ्य सभामा यसलाई औपचारिक रूपमा पारित गराउने लक्ष्य राखिएको छ । त्यसअघि पिएबिएसमा सहमति जुटाउन यही सातालाई अन्तिम अवसरका रूपमा हेरिएको छ ।

जेनेभास्थित ब्राजिलका कूटनीतिज्ञ जिन कारिडाकिसले मतभेद गम्भीर भए पनि सहमति सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रगति सुस्त भए पनि विशेषगरी युरोपेली सङ्घ (इयु) बाट केही लचकता देखिन थालेको बताउनुभयो । विकासोन्मुख देशहरू, विशेषतः अफ्रिकी राष्ट्रहरूका लागि पिएबिएस अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ, किनकि कोभिड–१९ का बेला खोप पहुँचमा उनीहरूले ठूलो असमानता भोगेका थिए । यद्यपि, ती देशहरूबीच पनि प्राथमिकतामा फरक देखिन्छ । दक्षिण अफ्रिका जस्ता उदीयमान अर्थतन्त्रहरूले प्रविधि हस्तान्तरणमा जोड दिइरहेका छन् भने गरिब राष्ट्रहरू स्वास्थ्य सामग्रीमा प्रत्यक्ष पहुँच सुनिश्चित गर्न चाहन्छन् । पाकिस्तानका प्रतिनिधि आदिल मुमताज खोखरले वार्ता चुनौतीपूर्ण भए पनि सकारात्मक निष्कर्ष निस्कने आशा व्यक्त गर्नुभयो । उहाँका अनुसार इजाजतपत्र, प्रविधि हस्तान्तरण र स्वास्थ्य प्रणालीको क्षमता विकासजस्ता विषयहरू मुख्य विवादका बिन्दु बनेका छन् ।

प्रस्तावित व्यवस्थाअनुसार सहभागी औषधि कम्पनीहरूले आफ्नो उत्पादनको २० प्रतिशत हिस्सा डब्लुएचओमार्फत पुनः वितरणका लागि उपलब्ध गराउनुपर्नेछ, जसको आधा दान र बाँकी किफायती मूल्यमा हुने व्यवस्था छ । तर स्वास्थ्य डेटा पहुँच र महामारीबाहेकका स्रोतहरूको उपयोगजस्ता विषयहरू अझै स्पष्ट पार्न बाँकी छन् । गरिब देशहरूले खोप र उपचारमा सुनिश्चित पहुँच पाउन सकून् भन्ने उद्देश्यले गैरसरकारी संस्था र विकासोन्मुख राष्ट्रहरूले प्रयोगशालाहरूलाई अनिवार्य दायित्वमा बाँध्नुपर्ने माग गरेका छन् ।

डाक्टरस विदाउट बोर्डर्सकी ओलेना जारित्सकाले इबोला प्रकोपको उदाहरण दिँदै अफ्रिकी नमूनाबाट विकसित उपचारहरूमा स्थानीय पहुँच सीमित भएको स्मरण गराउनुभयो । यस्तै, पिएबिएस डाटाबेसमा प्रयोगकर्ताको दर्ता र निगरानी प्रणालीको विषयमा पनि विवाद छ । जर्मनी, नर्वे र स्विट्जरल्यान्डजस्ता विकसित देशहरूले बेनामी पहुँच कायम राख्न चाहेका छन् भने अन्य पक्षले त्यसले पारदर्शिता घटाउने तर्क गरेका छन् ।

थर्ड वल्र्ड नेटवर्कका के. एम. गोपकुमारका अनुसार यस्तो व्यवस्था रहिरहेमा कसले कुन उद्देश्यका लागि डाटा प्रयोग गरिरहेको छ भन्ने ट्र्याक गर्न असम्भव हुने खतरा रहन्छ । अक्सफामसहित १०० भन्दा बढी संस्थाहरूले डब्लुएचओलाई लेखेको संयुक्त पत्रमा बेनामी पहुँचले विकासोन्मुख देशका आनुवंशिक स्रोतहरू दण्डहीन रूपमा प्रयोग र व्यवसायीकरण हुन सक्ने चेतावनी दिएका छन् ।रासस

सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.