• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

  •  बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित

सिरहा । लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो ।

“आँखा नदेख्दा आफ्नै आँगनमा हिँड्डुल गर्न पनि मुस्किल थियो”, सुकुमरियाले भन्नुभयो, “डाक्टरलाई देखाउन र अप्रेसन गर्न पैसा कहाँबाट ल्याउने ? त्यही पीरले बसिरह्यौँ ।” यस्तै समस्या थियो सोही वडाका ७० वर्षीय हिरा चौधरी र उहाँकी श्रीमती ७० वर्षीया निमानी चौधरीको पनि । बुढ्यौलीले छोपेको शरीर, त्यसमाथि गुम्दै गरेको दृष्टिले यो दम्पतिलाई अरूकै सहारामा बाँच्नुपर्ने बनाएको थियो । यही वैशाख १२ गतेपछि भने उहाँहरूको जीवनमा खुसी फर्किएको छ ।

लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा वडा नं १७ मा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेपछि त्यो खुसी फर्किएको हो । शिविरमा पुगेका दुई सय ५० जनामध्ये हरि सदा र हिला चौधरीको दम्पतीसहित ४७ जनामा मोतियाविन्दु भएको पुष्टि भयो । नगरपालिकाले केवल रोग मात्र पहिचान गरेन, बिरामीहरूलाई गाउँदेखि अस्पतालसम्म पु¥याउन नगर बसको समेत व्यवस्था गरिदियो । सामान्यतया एउटा आँखाको मोतियाविन्दु शल्यक्रिया गर्न करिब रु नौ हजार खर्च लाग्ने गर्दछ । नगरपालिकाले दुवै आँखाको सबै खर्च व्यहोररे उपचार गरेपछि खुसी फर्किएको हो ।

बुधबार अस्पतालको शय्यामा उपचाररत ती ४७ जना बिरामीलाई भेट्न नगरप्रमुख महेशप्रसाद चौधरी आफैँ पुग्नुभयो । उहाँले बिरामीहरूलाई जुस वितरण गर्दै स्वास्थ्य लाभको कामना गर्दा बिरामीका आँखा कृतज्ञताले भरिएका थिए । “मैले सोचेको पनि थिइनँ कि सरकारले यसरी घरमै आएर आँखा जचाइदिन्छ र अस्पताल ल्याएर निःशुल्क अप्रेसन गरिदिन्छ”, हिरा चौधरीले हर्षित हुँदै भन्नुभयो, “अब संसार फेरि सफा देख्न पाउने भएँ । विस्तारै सबै दुःख बिर्सिंदै जानेछु ।” मोतियाविन्दुमुक्त नगरको सपना नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी यो अभियानलाई निरन्तरता दिँदै आएको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार लहानलाई ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाइएको हो । “हाम्रो नगरमै एसियाकै उत्कृष्ट र आधुनिक प्रविधिसहितको सगरमाथा चौधरी आँखा अस्पताल छ । यति नजिकै सुविधा हुँदाहुँदै पनि हाम्रा नागरिक पैसाको अभावमा अन्धोपनमा बस्नुपर्नु निकै दुःखद कुरा हो,” नगरप्रमुख चौधरीले भन्नुभयो, “त्यसैले ‘कोही पनि नगरवासीले आर्थिक अभावका कारण ज्योति गुमाउनु नपरोस्’ भन्ने उद्देश्यले हामीले शिविरका सबै खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेका हौँ ।” उहाँका अनुसार चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाका २४ वडामध्ये १५ वटामा शिविर सम्पन्न भइसकेको छ ।

तथ्याङ्कमा अभियानको प्रभाव लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीचको साझेदारी केवल एउटा औपचारिक कार्यक्रममा मात्र सीमित नभई दृष्टिविहीनता विरुद्धको एक सशक्त महाअभियानका रूपमा अगाडि बढेको नगरप्रमुख चौधरीले बताउनुभयो । नगरपालिकाले चालेको ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने अठोटका कारण पछिल्ला वर्षहरूमा हजारौँ विपन्न नागरिकको जीवनमा उज्यालो फर्किएको उहाँको भनाइ छ ।

सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा यस सहकार्यले उत्साहजनक सफलता हासिल गरेको छ । यहाँ सञ्चालन गरिएका विभिन्न शिविरमार्फत हालसम्म १७ हजारभन्दा बढी नगरवासीको निःशुल्क आँखा जाँच गरिएको छ । ती शिविरहरूमा मोतियाविन्दु पहिचान भएका करिब दुई हजार ५०० विपन्न बिरामीहरूको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको संयोजक राउतले जानकारी दिनुभयो । यस्तै, दृष्टिमा समस्या भएका आठ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क चस्मा तथा औषधि उपलब्ध गराइएको छ । लहानमा अवस्थित यस अस्पतालले स्थानीय स्तरमा मात्र नभई अन्तरराष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाएको छ ।

अस्पताल प्रशासनका अनुसार यहाँ नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत गरी वार्षिक रूपमा करिब २५ लाख आँखाका बिरामीहरूले विशेषज्ञ सेवा प्राप्त गर्दै आएका छन् । शिविर संयोजक राउत भन्नुहुन्छ, “हामीसँग दक्ष जनशक्ति र विश्वस्तरीय आधुनिक प्रविधि छ । विभिन्न स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुने यस्ता शिविरहरूले अस्पतालसम्म आउन नसक्ने दुर्गम र विपन्न बस्तीका नागरिकहरूलाई प्रत्यक्ष फाइदा पु¥याइरहेको छ ।”

नगरप्रमुख चौधरीको नेतृत्वमा अघि बढाइएको यो अभियानले आर्थिक रूपमा अति विपन्न र पछाडि पारिएका हरि सदा र हिरा चौधरी जस्ता सयौँ ज्येष्ठ नागरिकलाई नयाँ जीवन दिएको छ।रासस

बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.