पवन प्रसाद शाह
वीरगंज । पर्साको ठोरी गाउँपालिकामा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको “डाक्टरसहित सांसदको घरदैलो” निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्यको संयोजन तथा प्रभु अस्पतालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्थानीय नागरिकलाई घरआँगनमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको हो । कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । चिकित्सक डा.प्रयास तिमिल्सिना र डा.सुरुची श्रेष्ठ लगायतको मेडिकल टिमले सेवा प्रदान गर्नुभएको थियो । कार्यक्रममा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
विशेषगरी स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको आयोजकको भनाइ छ ।


