• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुदूरपश्चिमका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

  •  सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । सोही योजनाअनुरूप डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमले बताउनुभयो ।

“सेवा विस्तार गरिने सर्पदंश उपचार केन्द्रमा उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएको छ”, उहाँले भन्नुभयो, “ग्रामीण भेगका नागरिकलाई समयमै उपचार सुनिश्चित गर्न चिकित्सक तथा आकस्मिक विभागमा कार्यरत स्वास्थ्यकर्मीका लागि दुईदिने विशेष तालिम सञ्चालन गरी सर्पदंश उपचारमा दक्ष बनाइएको छ ।” उहाँका अनुसार जिल्ला सदरमुकाममा रहेका अस्पतालमा भने सर्पदंशको उपचार सेवा पहिलेदेखि निरन्तर रूपमा सञ्चालनमा छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहँदै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार विगतमा डडेल्धुराको परशुराम नगरपालिका, बैतडीको तल्लो स्वराड, पाटन, गोकुलेश्वर तथा डोटीमा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ । सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका प्रशंसनीय छ । नेपाली सेनाले विभिन्न स्थानमा आफ्नै उपचार केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ ।

सुदूरपश्चिमकै कैलालीको बडैपुर र कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा रहेका उपचार केन्द्रबाट नागरिकले प्रभावकारी सेवा पाइरहेका छन् । सेना र सरकारी अस्पतालबीचको समन्वयले सर्पदंश व्यवस्थापन थप सुदृढ भएको छ । महाकाली प्रादेशिक अस्पतालमा विगत पाँच वर्षदेखि सर्पदंशका कारण हुने मृत्युदर शून्य रहेको अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताउनुभयो । उहाँका अनुसार पछिल्लो छ महिनामा मात्रै ३२ जना विषालु सर्पले टोकेका बिरामी उपचारका लागि आएकामा सबैको सफलतापूर्वक उपचार गरिएको छ ।

विशेषज्ञ चिकित्सक तथा तालिमप्राप्त स्वास्थ्यकर्मीको सक्रियताका कारण जटिल अवस्थाका बिरामीको पनि ज्यान जोगाउन सम्भव भएको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार सर्पदंशका बिरामीलाई भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्नु, जनचेतनाको कमी, झारफुक गर्ने, वैद्यकहाँ जाने वा घरेलु उपचारमा अल्झिने प्रवृत्तिका कारण बिरामीको मृत्यु हुने गर्दछ ।

“यसले गर्दा विष शरीरमा फैलिन पाउँछ र अस्पताल पुग्दा निकै ढिलो भइसकेको हुन्छ”, उहाँले भन्नुभयो, “ढिला गरी अस्पताल ल्याइने बिरामीको ज्यान जोगाउन चिकित्सकलाई पनि निकै कठिन हुने गर्दछ ।” सर्पदंशका बिरामीलाई एम्बुलेन्समा ल्याउँदा कहिलेकाहीँ बाटोको अवस्था र ढिलाइका कारण जोखिम बढ्न सक्ने उहाँले उल्लेख गर्नुभयो । ग्रामीण भेगमा मोटरसाइकलमार्फत तत्काल अस्पताल ल्याउँदा जोखिम कम हुने र यो विधि बढी प्रभावकारी हुने उहाँको सुझाव छ ।

मोटरसाइकलले छिटो र सहज रूपमा बिरामीलाई उपचार केन्द्रसम्म पुर्याउन मद्दत गर्ने भएकाले यसलाई वैकल्पिक उपायका रूपमा लिनुपर्ने उहाँको भनाइ छ । उहाँले जथाभावी सर्प मार्दा पारिस्थितिक प्रणाली (इकोसिस्टम)मा नकारात्मक असर पर्ने बताउनुभयो । सर्पले प्राकृतिक चक्र सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले शत्रुका रूपमा हेर्नुभन्दा पनि टोकाइबाट बच्ने उपाय अपनाउनु र सुरक्षित दूरी कायम गर्नु बुद्धिमानी हुने उहाँको भनाइ छ ।

सरकारले लिएको सन् २०३० को लक्ष्य हासिल गर्न स्थानीय तहमा स्वास्थ्य पूर्वाधारको विकास, ‘एन्टिस्नेक भेनम’को सहज उपलब्धता तथा स्वास्थ्यकर्मीको निरन्तर तालिम अपरिहार्य रहेको स्वास्थ्यकर्मी बताउँछन्।रासस

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.