• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

  •  बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या जिल्लाको अन्य पालिकाको तुलनामा अत्याधिक पाइएको छ ।

मिर्गौलाका बिरामीको डायलासिस उपचारका लागि सबैभन्दा धेरै श्यया उपलब्ध गराउँदै आएको भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हाल मेचीनगरका ८५ जना बिरामीले नियमित डायलासिस सेवा लिइरहेका छन् । उक्त अस्पतालमा उपचाररत डायलासिस गराइरहेका बिरामी २२१ जना रहेका छन् । यसमध्ये डायलासिस गराउने मेचीनगरका बिरामीको सङ्ख्या अधिक छ । मिर्गौला प्रत्यारोपण गराएका ६९ जनालाई मेचीनगर नगरपालिकाले मासिक रु पाँच हजारका दरले निर्वाह भत्तासमेत दिइरहेको छ ।

अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार हाल अस्पतालमा भद्रपुर नगरपालिकाका २७ जना, विर्तामोड नगरपालिकाका १८ जना, बुद्धशान्ति गाउँपालिकाका १५ जना, अर्जुनधारा नगरपालिकाका १० जना, बाह्रदशी गाउँपालिकाका नौ जना, कनकाई नगरपालिकाका आठ जना, कचनकबल गाउँपालिकाका आठ जना, हल्दिबारी गाउँपालिकाका छ जना र कमल गाउँपालिकाका तीन जनाले नियमित डायलासिस सेवा लिइरहेका छन् । छिमेकी जिल्ला इलामका २२ जना, ताप्लेजुङका चार जना, पाँचथरका तीन जना, तेह्रथुमका दुई जना र सुनसरीका एक जनाले समेत अस्पतालबाट डायलासिस सेवा लिइरहेका छन् ।

अस्पतालमा डायलासिस सेवा निःशुल्क रहेको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल साइरामले बताउनुभयो । उहाँका अनुसार हाल २४ श्ययामा २४ वटा मेसिन राखेर बिरामीको डायलासिस सेवा प्रदान गरिरहेको र निकट भविष्यमा श्यया र मेसिन थपेर ५० पु¥याउने अस्पतालको लक्ष्य रहेको छ । मिर्गौलाले रगत प्रशोधन कार्य गर्न असक्षम भएपछि मेसिनको सहायताले रक्तको शुद्धीकरण गरिन्छ, जसलाई डायलासिस भन्ने गरिन्छ । झापामा छवटा अस्पतालमा मिर्गौलाको डायलासिस सेवा उपलब्ध छ ।

सबैभन्दा धेरै श्यया र मेसिन भने ओमसाई पाथीभरा अस्पतालमा रहेको छ । निःशुल्क डायलासिस सेवा लिनका लागि चिकित्सक र स्थानीय पालिकाबाट सिफारिस ल्याउनुपर्ने प्रावधान रहेको प्रबन्ध निर्देशक पोखरेलले बताउनुभयो । उहाँले निःशुल्क सेवा लिन नेपाली नागरिकता र स्वास्थ्य बिमा बोर्डको कार्डसमेत पेस गर्नुपर्ने जानकारी दिनुभयो । अस्पतालमा नियमित डायलासिस गराइरहेका बिरामीहरुमा पुरुष १३९ र महिला ८२ जना रहेका छन्।रासस

बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.