• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशील विनोद अर्याल

  •  बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित

बाबु शिवबहादुर अर्यालले गाउँमा मेडिकल सञ्चालन गरी हालको सहिद लखन गाउँपालिकाअन्तर्गतका जनतालाई प्रदान गर्नुभएको स्वास्थ्य सेवाबाट प्रभावित विनोद अर्यालले आफ्‌नो भविष्य स्वास्थ्य क्षेत्रमै देख्नुभयो र सिएमए अध्ययन सुरु गर्नुभयो । सिएमएको अध्ययन सम्पन्न गरेपछि उहाँले गाउँमा सञ्चालित मेडिकललाई सदरमुकाममा स्थानान्तरण गरी व्यवस्थित गर्दै थप सेवा विस्तार गर्नुभयो । २०५६ सालदेखि गोर्खा नगरपालिका वडा नम्बर ७, नयाँ बजारमा ‘अर्याल मेडिकल हल’ खोलेर व्यावसायिक जीवन सुरु गर्नुभएका उहाँले हालसम्म लाखौँ बिरामीको उपचारमा सहजीकरण गरिसक्नुभएको छ ।

सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्ने उहाँ व्यावसायिक जीवनसँगै विभिन्न सामाजिक संघ–संस्थामा संलग्न भई समाजमा पछाडि परेका तथा पारिएका नागरिकहरूको सेवामा तल्लीन रहँदै आउनुभएको छ । उहाँले गोर्खामा नेपाल सिएमए संघको नेतृत्व गरिसक्नुभएको छ भने हाल नेपाल औषधि व्यवसायी संघ गोर्खा, श्री जेनियस गोर्खा इङ्लिस बोर्डिङ स्कुल, पश्चिमकाली तथा खड्गदेवी मन्दिरको अध्यक्ष पदमा रही कार्यरत हुनुहुन्छ । हेड्स नेपाल, मानवअधिकार तथा शान्ति समाज, धारापानी खानेपानी तथा उपभोक्ता समिति, प्याब्सन गोर्खालगायत सामाजिक संघ–संस्थामा सदस्यका रुपमा रही उहाँले समाजमा व्यक्तिगत तथा सामूहिक सेवामा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ ।

अर्यालले हालसम्म सिङ्गापुर, भारत, इन्डोनेसिया, रसिया, चीन, दुबई, जापान, थाइल्याण्डलगायत देशहरूको भ्रमण गरिसक्नुभएको छ । गोरखामा सफल व्यवसायीका रुपमा आफ्‌नो पहिचान स्थापित गराउनु भएका अर्यालले मानवीय सेवालाई आफ्‌नो जीवनको मूलमन्त्रका रुपमा अघि बढाउँदै आउनुभएको छ । सफल युवा उद्यमीका रुपमा २०७५ सालमा नेपाल युवा परिषदबाट उहाँ पुरस्कृत समेत हुनुभएको थियो ।

मानवीय सेवाको यात्राकै क्रममा सन् २०१६ मा उहाँ रोटरीको सदस्य बन्नुभयो । रोटरी क्लब बज्र मनास्लु गोर्खाको संस्थापक सदस्य हुँदै विभिन्न निर्देशक तथा पदाधिकारी जस्ता महत्वपूर्ण पदमा सक्रिय रहँदै आउनुभएका उहाँ सन् २०२५–२६ का लागि अध्यक्षमा चयन हुनुभएको छ । रोटरी अभियानमा संलग्न भएपछि सामाजिक तथा मानवीय सेवामा थप प्रेरित बनेको अनुभूति गर्दै उहाँले आगामी दिनहरू रोटरी अभियानमै समर्पित गर्ने संकल्प गर्नुभएको छ । रोटरी क्लब बज्र मनास्लुको दशौँ अध्यक्षका रुपमा निर्वाचित भएपछि उहाँले आफ्‌नो कार्यकाल सफल बनाउने तथा रोटरी अभियानलाई अझ सशक्त बनाउने उद्देश्यले विभिन्न योजनाहरू समेत तयार गर्नुभएको छ ।

‘आफूभन्दा माथि सेवा’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै रोटरियन अर्यालले आगामी जीवन यही सेवायात्रामा सहयात्रीका रुपमा अघि बढाउने चाहना व्यक्त गर्नुभएको छ । यसै अभियानमा थप योगदानस्वरुप रोटरी क्लब बज्र मनास्लुको भवन निर्माणका लागि गोरखा नगरपालिका वडा नम्बर ६, बसपार्क नजिकै तीन आना जग्गा समेत उहाँले दान गर्नुभएको छ । उहाँको यो निःस्वार्थ सामाजिक तथा मानवीय सहयोगको भावनालाई अगाडि बढाउन हामी सबैले होस्टेमा हैँसे गर्न जरुरी देखिन्छ ।

बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.