• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशील विनोद अर्याल

  •  बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित

बाबु शिवबहादुर अर्यालले गाउँमा मेडिकल सञ्चालन गरी हालको सहिद लखन गाउँपालिकाअन्तर्गतका जनतालाई प्रदान गर्नुभएको स्वास्थ्य सेवाबाट प्रभावित विनोद अर्यालले आफ्‌नो भविष्य स्वास्थ्य क्षेत्रमै देख्नुभयो र सिएमए अध्ययन सुरु गर्नुभयो । सिएमएको अध्ययन सम्पन्न गरेपछि उहाँले गाउँमा सञ्चालित मेडिकललाई सदरमुकाममा स्थानान्तरण गरी व्यवस्थित गर्दै थप सेवा विस्तार गर्नुभयो । २०५६ सालदेखि गोर्खा नगरपालिका वडा नम्बर ७, नयाँ बजारमा ‘अर्याल मेडिकल हल’ खोलेर व्यावसायिक जीवन सुरु गर्नुभएका उहाँले हालसम्म लाखौँ बिरामीको उपचारमा सहजीकरण गरिसक्नुभएको छ ।

सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्ने उहाँ व्यावसायिक जीवनसँगै विभिन्न सामाजिक संघ–संस्थामा संलग्न भई समाजमा पछाडि परेका तथा पारिएका नागरिकहरूको सेवामा तल्लीन रहँदै आउनुभएको छ । उहाँले गोर्खामा नेपाल सिएमए संघको नेतृत्व गरिसक्नुभएको छ भने हाल नेपाल औषधि व्यवसायी संघ गोर्खा, श्री जेनियस गोर्खा इङ्लिस बोर्डिङ स्कुल, पश्चिमकाली तथा खड्गदेवी मन्दिरको अध्यक्ष पदमा रही कार्यरत हुनुहुन्छ । हेड्स नेपाल, मानवअधिकार तथा शान्ति समाज, धारापानी खानेपानी तथा उपभोक्ता समिति, प्याब्सन गोर्खालगायत सामाजिक संघ–संस्थामा सदस्यका रुपमा रही उहाँले समाजमा व्यक्तिगत तथा सामूहिक सेवामा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ ।

अर्यालले हालसम्म सिङ्गापुर, भारत, इन्डोनेसिया, रसिया, चीन, दुबई, जापान, थाइल्याण्डलगायत देशहरूको भ्रमण गरिसक्नुभएको छ । गोरखामा सफल व्यवसायीका रुपमा आफ्‌नो पहिचान स्थापित गराउनु भएका अर्यालले मानवीय सेवालाई आफ्‌नो जीवनको मूलमन्त्रका रुपमा अघि बढाउँदै आउनुभएको छ । सफल युवा उद्यमीका रुपमा २०७५ सालमा नेपाल युवा परिषदबाट उहाँ पुरस्कृत समेत हुनुभएको थियो ।

मानवीय सेवाको यात्राकै क्रममा सन् २०१६ मा उहाँ रोटरीको सदस्य बन्नुभयो । रोटरी क्लब बज्र मनास्लु गोर्खाको संस्थापक सदस्य हुँदै विभिन्न निर्देशक तथा पदाधिकारी जस्ता महत्वपूर्ण पदमा सक्रिय रहँदै आउनुभएका उहाँ सन् २०२५–२६ का लागि अध्यक्षमा चयन हुनुभएको छ । रोटरी अभियानमा संलग्न भएपछि सामाजिक तथा मानवीय सेवामा थप प्रेरित बनेको अनुभूति गर्दै उहाँले आगामी दिनहरू रोटरी अभियानमै समर्पित गर्ने संकल्प गर्नुभएको छ । रोटरी क्लब बज्र मनास्लुको दशौँ अध्यक्षका रुपमा निर्वाचित भएपछि उहाँले आफ्‌नो कार्यकाल सफल बनाउने तथा रोटरी अभियानलाई अझ सशक्त बनाउने उद्देश्यले विभिन्न योजनाहरू समेत तयार गर्नुभएको छ ।

‘आफूभन्दा माथि सेवा’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै रोटरियन अर्यालले आगामी जीवन यही सेवायात्रामा सहयात्रीका रुपमा अघि बढाउने चाहना व्यक्त गर्नुभएको छ । यसै अभियानमा थप योगदानस्वरुप रोटरी क्लब बज्र मनास्लुको भवन निर्माणका लागि गोरखा नगरपालिका वडा नम्बर ६, बसपार्क नजिकै तीन आना जग्गा समेत उहाँले दान गर्नुभएको छ । उहाँको यो निःस्वार्थ सामाजिक तथा मानवीय सहयोगको भावनालाई अगाडि बढाउन हामी सबैले होस्टेमा हैँसे गर्न जरुरी देखिन्छ ।

बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.