काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारीणी सदस्यमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी निर्वाचित भएका छन् ।
पहिलो पटक महासंघ निर्वाचनमा सहभागी भएका अधिकारी औषधि उत्पादन तथा आपूर्ति क्षेत्रका अनुभवी व्यवसायीका रूपमा परिचित छन् । उनी औषधि उत्पादक संघमार्फत औषधि उत्पादन विस्तार, गुणस्तर सुधार र आत्मनिर्भरता प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन् ।
