• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मुटु स्वास्थ्य सेवामा नयाँ आशा : रोटरी कार्डियो केयर सेन्टर

  •  शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित

मुटुरोगको बढ्दो चुनौतीबीच चितवनको भरतपुरमा सामुदायिक पहलका रूपमा अघि बढाइएको रोटरी पुननारायण उजेलीदेवी कार्डियो केयर सेन्टरले नयाँ आशा जगाएको छ । रोटरी क्लब चितवनको नेतृत्वमा स्थापना भई अहिले आंशिक सेवा सुरु गरेको यस सेन्टरले विशेषगरी सर्वसाधारणलाई सहज र पहुँचयोग्य मुटु स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

रोटरी कार्डियो केयर सेन्टरमा हरेक सोमबार दिउँसो चार बजेदेखि साँझ सात बजेसम्म मुटुरोगी र सम्भावित मुटुरोगीहरूको इसिजी तथा इको सेवा सहुलियत दरमा गरिँदै आएको छ । यसका साथै निःशुल्क स्वास्थ्य परामर्श पनि दिइन्छ । सेन्टरमा स्वयंसेवकका रूपमा कार्यरत मुटुरोग विशेषज्ञ डा. मनोज श्रेष्ठले सेवाग्राहीलाई सय रूपैयाँमै इसिजी र तीन सय रूपैयाँमै इको परीक्षण गरिँदै आएको जानकारी दिनुभयो । ‘एक वर्षमा पाँच सय जना बिरामीलाई सेवा दिइसकेका छौँ’ डा. श्रेष्ठले भन्नुभयो ।

भरतपुर हाइटमा रहेको रोटरी दण्डपाणी भट्टराई भवनमा सञ्चालित रोटरी कार्डियो केयर सेन्टरमा सहुलियत दरमा इको र इसिजी सेवा लिनको लागि सेवाग्राहीले फोन नम्बर ०५६५९८०२० मा फोन गरी सोमबार दिउँसो एक बजेभित्र नाम टिपाउनु पर्छ । सस्तोमा विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउँदा सेवाग्राहीहरूले खुसी व्यक्त गरेको सेन्टरले जनाएको छ ।

“आफूभन्दा माथि सेवा भन्ने मूलमन्त्र लिएर काम गरिरहेका छौँ” सेन्टरमा स्वयंसेवा गरिरहनु भएका डा. श्रेष्ठ भन्नुहुन्छ, “रोटरी क्लब चितवनको सदस्यको नाताले स्वयंसेवीरूपमा काम गरिरहेको छु । बिरामीहरूको सेवामा जुट्न पाउँदा खुसी छु ।”

यस सेन्टर अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थी, वृद्धवृद्धा तथा जोखिम समूहलाई लक्षित गरी मुटु परीक्षण (स्क्रिनिङ) कार्यक्रम सञ्चालन हुँदै आएको छ । विशेषगरी र्‍युम्याटिक हार्ट डिजिज जस्ता समस्या पहिचान गर्न प्रारम्भिक जाँचलाई प्राथमिकता दिइएको रोटरी कार्डियो केयर सेन्टर संचालक समितिका अध्यक्ष डा. मनोहर प्रधानले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले धेरै बिरामीलाई समयमै उपचारको दायरामा ल्याउन सहयोग पुगेको उहाँको भनाइ छ । सहुलियत दरको इको र इसिजी सेवाका साथै निःशुल्करूपमा दिइने परामर्शबाट धेरै सेवाग्राहीहरू लाभान्वित भएको उहाँले बताउनुभयो ।

यसरी जन्मियो कार्डियो केयर सेन्टर

भरतपुर हाइटमा हाल कार्डियो केयर सेन्टर रहेको भवन रोटरी क्लब चितवनको आफ्‌नै भवन हो । यो भवन नबनेको भए सायद कार्डियो केयर सेन्टर पनि सञ्चालनमा आउने थिएन होला । भवन बनाउनको लागि पहिला जग्गा चाहिन्छ । रोटरी भवनका लागि रोटरी क्लब चितवनका सदस्य चन्द्रेश्वर भट्टराईका बुवा डण्डपाणी भट्टराईले करिब १६ धुर जग्गा दिनुभएपछि भवन निर्माणको प्रयास सुरु गरिएको रोटरी क्लब चितवनका निवर्तमान अध्यक्ष भानु शर्मा बताउनुहुन्छ ।

“भवन निर्माणका लागि दाताहरू खोज्ने क्रममा रोटरी क्लब पाटनका सदस्य सन्तकुमार श्रेष्ठले आफ्‌ना बुवा पुननारायण र आमा उजेलीदेवीको नाममा भवन बनाउने शर्तमा एक करोड रूपैयाँ श्रेष्ठ परिवारबाट उपलब्ध गराउने र थप एक करोड रूपैयाँ रोटरी क्लब चितवनले लगानी गर्ने तय भएपछि भवन निर्माण कार्य अगाडि बढाएका थियौँ” निवर्तमान अध्यक्ष शर्माले भन्नुभयो, “दुई करोड रूपैयाँ अनुमान गरेको भवन निर्माण सम्पन्न गर्न चार करोड रूपैयाँभन्दा बढी खर्च लाग्यो ।”

यसरी निर्माण भएको रोटरी भवनमा द रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्टबाट दुई करोड रूपैयाँ बराबरका स्वास्थ्य उपकरण प्राप्त भएपछि कार्डियो केयर सेन्टर स्थापना गरिएको शर्मा बताउनुहुन्छ । “प्रारम्भिक चरणमा बच्चाहरूमा हुने मुटुको बाथरोग (र्‍युम्याटिक हार्ट डिजिज) का बिरामीलाई सहयोग पुग्ने हिसाबले जनचेतना अभिवृद्धिको काम गर्‍यौँ” उहाँले भन्नुभयो, “अहिले मुटुरोग निदानको लागि विपन्न बिरामीहरूलाई सहयोग गर्ने उद्देश्यले कार्डियो केयर सेन्टर सञ्चालन गरिरहेका छौँ ।”

सेवा बिस्तार गर्ने योजना

रोटरी भवनभित्रै कार्डियो सेवा बिस्तार गर्ने योजनाअनुसार संरचना विकास भइरहेको छ । द रोटरी फाउन्डेसनबाट ग्लोबल ग्रान्ट अन्तर्गत प्राप्त टिएमटी, होल्टर, एबिपीलगायत उपकरणसमेत सञ्चालनमा ल्याउने लक्ष्य लिइएको कार्डियो केयर सेन्टर सञ्चालक समितिका सचिव रूपक श्रेष्ठले बताउनुभयो । “सेन्टर स्थापना र संचालनका लागि रोटरी क्लब चितवनले सहयोग गरे पनि कार्डियो केयर सेन्टर एक स्वायत्त संस्था हो” सचिव श्रेष्ठ भन्नुहुन्छ, “बिरामीको चाप बढ्दै गएमा हप्ताको दुई पटक इको र इसिजी एवं परामर्श सेवा दिने सोच बनाएका छौँ ।”

यो परियोजना सरकारी बजेटभन्दा बाहिर रहेर मुख्यतः रोटरी सदस्य, सामाजिक अभियन्ता तथा दाताहरूको सहयोगमा अघि बढाइएको छ । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका वर्गलाई लक्षित गर्दै सहुलियत सेवामा जोड दिइएको छ । यो केन्द्र अझै पूर्ण विकसित मुटु अस्पतालको रूपमा सञ्चालनमा आएको छैन । उन्नत शल्यक्रिया र आइसियू सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति, उपकरण र लगानी चुनौतीका रूपमा रहेका छन् ।

मुटुरोग आज विश्वव्यापीरूपमा मृत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको सन्दर्भमा, चितवन र आसपासका जिल्लामा पनि यसको जोखिम बढ्दै गएको कार्डियो केयर सेन्टर सञ्चालक समितिका अध्यक्ष डा. मनोहर प्रधान बताउनुहुन्छ । यस्तो अवस्थामा नाफामूलकभन्दा पनि सेवामुखी सोचका साथ अघि बढाइएको रोटरी कार्डियो केयर सेन्टरले समुदायमै मुटु रोगको पहिचान र रोकथाममा जोड दिइरहेको उहाँको भनाइ छ ।

रोटरी कार्डियो केयर सेन्टर स्वास्थ्य सेवामा एउटा सकारात्मक सङ्केतका रूपमा देखिएको छ । पूर्ण संरचना र सेवा विस्तारसँगै यसले मुटुरोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । सामाजिक सहकार्य र स्थानीय पहलबाट अघि बढेको यो प्रयासले भविष्यमा “सबैका लागि मुटु स्वास्थ्य” भन्ने लक्ष्यलाई नजिक ल्याउने विश्वास गरिएको छ ।

शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.