• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

खोक्सिकमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पक्की भवन निर्माण

  •  शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित

भोजपुर  ।   दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यहाँको खोक्सिकमा पक्की आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । यसअघि भवन अभावका कारण सहकारीको घरबाट सेवा प्रवाह हुँदै आएकोमा अब चारकोठे पक्की भवन निर्माण भएसँगै सेवा नयाँ भवनबाट सञ्चालन गरिएको हो ।

वडाको पहलमा प्रदेश सरकारबाट प्राप्त रु २५ लाख बजेटमा पक्की भवन निर्माण गरिएको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा स्वास्थ्य चौकी नै नहुँदा स्थानीयले आधारभूत स्वास्थ्य सेवा लिनसमेत सास्ती भोग्नुपरेको थियो । “भौगोलिक विकटताका कारण हाम्रो क्षेत्रमा स्वास्थ्य सेवा लिन निकै कठिन थियो,” वडाध्यक्ष राईले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनसँगै स्वास्थ्य चौकी स्थापना गर्यौँ ।

भवन नहुँदा सेवा प्रवाहमा समस्या थियो, तर अहिले पक्की भवन निर्माण गरेर सेवा थालेका छौँ ।” नवनिर्मित भवनको कोशी प्रदेश सांसद सिर्जना राईले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले नयाँ भवन पक्की निर्माणसँगै सेवा प्रवाह प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

स्थानीयवासी सूर्य राईले आफ्नै गाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएपछि उत्साह बढेको बताउनुभयो । उहाँका अनुसार विगतमा सामान्य उपचारका लागि दुइदेखि तीन घण्टा हिँडेर अन्य ठाउँ जानुपर्ने बाध्यता थियो । “हाम्रो ठाउँमा पहिले स्वास्थ्य चौकी नै थिएन,” उहाँले भन्नुभयो, “स्थानीय तह आएपछि स्थापना भयो तर भवन अभावले समस्या थियो । अहिले पक्की भवन बनेपछि सेवा लिन निकै सहज भएको छ ।” दक्षिणी क्षेत्रमा पर्ने खोक्सिक जिल्ला सदरमुकामबाट करिब ५० किलोमिटर टाढा पर्छ । कच्ची सडकका कारण यहाँका नागरिकलाई सदरमुकामसम्म पुगेर स्वास्थ्य सेवा लिन अझै पनि कठिनाइ हुने गरेको छ । लुङ्गिनमा टोल विकास भवन निर्माण शोजपुरको लुङ्गिन क्षेत्रमा स्थानीयस्तरमा सामुदायिक विकासलाई थप सुदृढ बनाउने उद्देश्यले चार वटा टोल विकास संस्थाका भवन निर्माण सम्पन्न गरिएको छ ।

स्थानीय तहको पहल, बजेट विनियोजन तथा टोलबासीको सक्रिय सहभागितामा भवन निर्माण गरिएका हो । यी भवनले गाउँस्तरमा हुने विभिन्न सामाजिक, आर्थिक तथा विकाससम्बन्धी गतिविधि सञ्चालनमा महत्वपूर्ण टेवा पु¥याएका छन् । निर्माण गरिएका भवन अहिले टोलबासीका लागि साझा केन्द्रका रूपमा प्रयोगमा आएका छन् । विगतमा बैठक, भेला तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव हुँदा समस्या झेल्दै आएकोमा अहिले सहजता भएको स्थानीयबासी विश्वहाङ राईले बताउनुभयो । भवन निर्माण पश्चात सहज रूपमा एउटै स्थानमा भेला भएर छलफल, योजना निर्माण तथा निर्णय प्रक्रियाअघि बढाउन सहजता भएको उहाँको भनाइ छ । यसले स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र सहभागितामूलक बनाउन भूमिका खेलेको राईले बताउनुभयो ।

भवन अभावका कारण विगतमा वर्षा, घाम वा अन्य प्रतिकूल अवस्थाका बेला बैठक सञ्चालन गर्न कठिनाइ हुने गरेको थियो । कतिपय अवस्थामा खुला स्थान वा निजी घरमा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको थियो । तर अहिले भवन निर्माण भएसँगै नियमित रूपमा बैठक, सचेतनामूलक कार्यक्रम, सरसफाइ अभियान, महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुन थालेका छन् । टोलबासीबीच छलफल र सहकार्यको वातावरण बढ्दै जाँदा साना–ठूला समस्या समाधानमा पनि सहजता आएको स्थानीयवासीको हेमराज कार्कीले बताउनुभयो ।

स्थानीय तथा टोलस्तरमा हुने सामाजिकलाई कार्यलाई सहज रूपमा सञ्चालन गर्ने लक्ष्यले चार वटा टोल विकास संस्थाको भवन निर्माण गरिएको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताउनुभयो । भवन निर्माणसँगै टोलस्तरका भेला, वैठक तथा समाजिककार्य सञ्चालनको लागि सहजता थपेको उहाँले बताउनुभयो । “नागरिकलाई सहज रूपमा बैठक भेला सञ्चालन गर्ने वातावरण बनाउनको लागि टोल भवन निर्माण गरेका छौँ” वडाध्यक्ष थापाले भन्नुभयो, “भवन निर्माणले नागरिक उत्साहित भएका छन् ।” आगामी दिनमा यी भवनलाई बहुउपयोगी बनाउँदै सीपमूलक तालिम, आयआर्जन कार्यक्रम, बालबालिका तथा युवाका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने योजनासमेत रहेको जनाइएको छ ।

यस किसिमका सामुदायिक भवन निर्माणले ग्रामीण क्षेत्रमा स्थानीय विकासलाई गतिशील बनाउँदै आत्मनिर्भरता र सशक्तीकरणतर्फ अग्रसर गराउने स्थानीबासीले बताएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार यो वडामा ५८४ परिवारको बसोबास रहेको छ भने कुल जनसङ्ख्या २,४९३ रहेको छ । जसमध्ये १,२२२ पुरुष र १,२७२ महिला रहेका छन् ।

शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.