• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

समुदायको हितमा समर्पित भिष्मकुमार श्रेष्ठ

  •  आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित

स्वास्थ्य सेवा र समाज सेवामा सक्रिय व्यक्तित्वका रूपमा चिनिने भिष्मकुमार श्रेष्ठ रत्ननगर पोलिक्लिनिक, चितवनसँग आबद्ध रहँदै लामो समयदेखि समुदायको हितमा समर्पित भई कार्यरत हुनुहुन्छ । उहाँले स्वास्थ्य सेवामार्फत मात्र होइन, सामाजिक चेतना अभिवृद्धि, जनस्वास्थ्य सुधार तथा सेवामुखी अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आफूलाई एक जिम्मेवार नागरिकको रूपमा स्थापित गर्नु भएको छ ।

स्वास्थ्य सेवा क्षेत्रमा श्रेष्ठको योगदान उल्लेखनीय छ । रत्ननगर पोलिक्लिनिकबाट उहाँले बिरामीको उपचारलाई प्राथमिकता दिँदै गुणस्तरीय सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहनु भएको छ । सीमित स्रोत र साधनका बाबजुद पनि उहाँले बिरामीलाई सहुलियतपूर्ण र विश्वासिलो सेवा दिनु आफ्‌नो कर्तव्य ठान्नु भएको छ ।

स्वास्थ्य सेवा भनेको केवल रोगको उपचार मात्र नभई जनचेतना फैलाउने कार्य पनि हो भन्नेमा श्रेष्ठको स्पष्ट धारणा छ । त्यसैले उहाँले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको छ । गाउँ र टोलमा स्वास्थ्य शिविर आयोजना गर्ने, सर्वसाधारणलाई रोगबाट बच्ने उपायबारे जानकारी दिने तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने कार्यमा श्रेष्ठको विशेष योगदान रहेको छ । उहाँले जनतालाई समयमै स्वास्थ्य जाँच गराउन र सानो समस्यालाई पनि बेवास्ता नगर्न सधैं सुझाव दिँदै आउनु भएको छ ।

समाज सेवामा पनि श्रेष्ठको भूमिका उत्तिकै महत्वपूर्ण छ । उहाँ लायन्स क्लबसहित विभिन्न सामाजिक संघ–संस्थासँग आबद्ध रहनुका साथै सहकार्य गर्दै विपन्न तथा असहाय व्यक्तिहरूलाई सहयोग पुर्‍याउने कार्य गर्दै आउनु भएको छ । प्राकृतिक विपत्ति, महामारी वा अन्य संकटका समयमा श्रेष्ठले राहत वितरण, औषधि सहयोग तथा आवश्यक सेवा उपलब्ध गराउन अग्रसरता देखाउनु भएको थियोे ।

भिष्मकुमार श्रेष्ठको कार्यशैलीमा सेवाभाव, इमानदारी र अनुशासन झल्किन्छ । उहाँले आफ्‌नो पेशागत दायित्वलाई उच्च प्राथमिकतामा राख्दै समयमै सेवा दिनु, बिरामीसँग आत्मीय व्यवहार गर्नु तथा सहकर्मीहरूसँग सहकार्य गर्दै काम गर्नु जस्ता गुणलाई अपनाउनु भएको छ । यसले गर्दा उहाँ युवा स्वास्थ्यकर्मी मात्र नभई एक असल समाजसेवीको रूपमा परिचित हुनुहुन्छ ।

पछिल्लो समय श्रेष्ठ स्वास्थ्य सेवा र समाज सेवाको क्षेत्रमा सक्रिय हुनुहुन्छ । रत्ननगर पोलिक्लिनिक, चितवनमार्फत उहाँले पुर्‍याउँदै आएको योगदानले समुदायमा सकारात्मक प्रभाव पारेको छ । आगामी दिनमा पनि श्रेष्ठले यस्तै सेवामूलक कार्यहरूलाई निरन्तरता दिँदै समाजलाई अझ सुदृढ र स्वस्थ बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.