चितवन । भरतपुरमा रहेको चितवन मुटु अस्पताल र चितवन उद्योग वाणिज्य संघबीच गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य सचेतना तथा सामुदायिक कल्याण प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौता भएको छ ।
चितवन मुटु अस्पतालमा भएको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा अस्पताल र संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सम्झौतापत्रमा चितवन मुटु अस्पतालका अध्यक्ष वरिष्ठ मुटरोग विशेषज्ञ डा. शंकर लौडारी र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मुटुरोग अस्पतालका अध्यक्ष डा. लौडारी र संघका अध्यक्ष सुवेदीले सम्झौतापत्र आदानप्रदान गर्नुभएको थियो ।
