• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि छ्याप्छ्याप्ती

  •  मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

गण्डकी । पोखरामा सञ्चालित आयुर्वेद अस्पताल÷क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्रीवितरण भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्याप्छ्याप्ती भेटिएका हुन् ।

औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । “अधिकांश अस्पताल र क्लिनिकमा गैरकानुनी औषधि बिक्रीवितरण भइरहेको पाइएको छ”, उहाँले भन्नुभयो, “आयुर्वेद उपचारका नाममा विकृति मौलाउँदै गएपछि अनुगमनमा कडाइ गरिएको हो, गलत गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ ।”

अनुगमनका क्रममा तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दररेट नराखेका, चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्तिपत्र नदिई काममा लगाएका अस्पताल तथा क्लिनिकलाई आवश्यक कागजपत्रसहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रजिअ बरालले बताउनुभयो । सञ्चालन अनुमतिपत्र नदेखिएपछि फेमिली आयुर्वेदिक क्लिनिकलाई बन्द गराई आवश्यक प्रक्रिया पूरा गरी अनुमतिपत्र लिन सचेत गराइएको उहाँको भनाइ छ ।

अनुगमन टोलीमा रहनुभएका गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिनबन्धु आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नलिई उत्पादन गरिएका कुनै पनि औषधि बेच्न नपाइने बताउनुभयो । “कानुनी मान्यता नपाएका र गुणस्तरहीन आयुर्वेद औषधि बजारमा भित्रने गरेको छ, औषधि किन्ने बेलामा अस्पताल स्वयं सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो, “औषधि व्यवस्था विभागमा दर्ता छ/छैन निश्चित गरेरमात्र औषधि खरिद गर्नुपर्छ ।” क्लिनिक र फार्मेसीहरूमा आयुर्वेद विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बिक्री गर्ने गरेकोसमेत पाइएको चिकित्सक आचार्यले बताउनुभयो ।

पोखरामा हेल्दी होम्सका कविराज अस्मिना बञ्जराले अनुमति नलिई आयुर्वेद औषधि उत्पादन र बिक्रीवितरण गर्ने कम्पनीलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । “कतिपय कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता छ भनेर झक्याउन सक्छन्, अबदेखि अस्पताल र क्लिनिकहरू यसमा सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो । धेरैजसो आयुर्वेद अस्पताल र क्लिनिक पोखरा–१० बुद्धचोक, अमरसिंहचोकलगायत क्षेत्रमा सञ्चालित छन् ।

अस्पताल भनेर सञ्चालन गरे पनि कतिपयमा अस्पतालको न्यूनतम पूर्वाधार पनि नरहेको पाइएको अनुगमनमा सहभागी उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल ‘अथक’ले बताउनुभयो । अनुगमनलाई थप कडाइ गर्दै दोषी भेटिएका जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । यस्तै मापदण्डविपरीत अनावश्यक रूपमा होर्डिङ बोर्ड राखेका क्लिनिकलाई त्यस्ता बोर्ड तत्काल हटाउन भनिएको जिल्ला प्रशाससन कार्यालयले जनाएको छ ।

बुद्धचोकको नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद क्लिनिक, आरोग्य होमियो फार्मेसी, आरोग्य होमियोप्याथिक अस्पताल, पञ्चम आयुर्वेद, पोखरा हेल्दी होम्स, रश्मी आयुर्वेद क्लिनिक र फेमिली आयुर्वेदिक क्लिनिकको अनुगमन गरिएको थियो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, प्रोदशिक जनस्वास्थ्य केन्द्र, वडा प्रहरी कार्यालय बैदाम, उपभोक्ता मञ्चका प्रतिनिधिलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो।रासस

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.