• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

टीकापुरमा सहरी स्वास्थ्य प्रवर्द्धन तथा सिकलसेल केन्द्र सञ्चालन

  •  शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुरमा आजदेखि सहरी स्वास्थ्य प्रवद्र्धन तथा सिकलसेल केन्द्र सञ्चालन भएको छ । केन्द्रमा मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा आठ जना स्वास्थ्यकर्मीले सेवा दिनुहुनेछ ।

केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याब, फार्मेसीलगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन् । यहाँबाट सिकलसेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइनेछ । सेवा सुरु भएपछि कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले यहाँबाट सेवा लिन बिरामीलाई सहज हुने बताउँदै कर्मचारीलाई मुस्कानसहितको सेवा दिन अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले एक वर्षको तयारीपछि सेवा सुरु भएको बताउँदै सिकलसेल उपचारलाई प्राथमिकता दिन र निम्न वर्गका मानिसलाई आधारभूत सेवामा सहज पहुँच पु¥याइने बताउनुभयो । “लोककल्याणकारी राज्यको अवधारणाअनुसार सेवा सुरु गरिएको हो”, उहाँ भन्नुहुन्छ, “यहाँबाट ल्याब, सहुलियत दरमा औषधि उपलब्धलगायत सेवा थालिएको छ । यसले टीकापुर अस्पतालमा बिरामीको चाप घटाउन पनि सहयोग हुनेछ ।”

वडा नं १ का वडाध्यक्ष मोहन लुहार विकले थारु जातिमा सिकलसेलको समस्या बढ्दै गएकाले उपचारात्मक र प्रवद्र्धनात्मक हिसाबले उपचार र परामर्श दिन, रोग लाग्नबाट बच्न सचेतना जगाउन सहयोग हुने बताउनुभयो । “सिकलसेलको समस्या विशेष गरी थारु जातिमा देखिएको छ”, उहाँ भन्नुहुन्छ, “यहाँ कैलालीका अन्य पालिका र लुम्बिनी प्रदेशका नागरिकले पनि सेवा लिन सक्नेछन् ।” टीकापुर अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीले स्वास्थ्य क्षेत्रमा अर्को उपलब्धि हासिल भएको बताउँदै सिकलसेलका बिरामीलाई उपचारमा विभिन्न समस्या भइरहेका बेला सिकलसेललाई प्राथमिकता दिएर स्वास्थ्य संस्था स्थापना भएकाले सहज हुने बताउनुभयो ।

पालिकाले कार्यविधि बनाएर नगरस्तरीय सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको हो । केन्द्रमार्फत विशेषज्ञ सेवा, सिकलसेलका बिरामीको निदान, उपचार गर्नुका साथै स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्ने जनस्वास्थ्य निरीक्षण केवलसिँह सार्की बताउनुहुन्छ । “कोभिड महामारीका बेला बनेको बहुउद्देश्यीय भवनलाई सदुपयोग गरी सेवा थालिएको छ”, उहाँ भन्नुहुन्छ, “हामीले उपचारसँगै सचेतना र रोकथामका क्षेत्रलाई प्राथमिकता दिएर सेवा दिनेछौँ ।” यसअघि पालिकाका १० स्थानमा स्वास्थ्य संस्थामार्फत सेवा दिइँदै आइएको थियो ।

टीकापुर नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाको सङ्ख्या अब ११ पुगेको छ भने यहाँ प्रादेशिक टीकापुर अस्पातल छ । विशेषगरी सिकलसेल बिरामीलाई सेवा दिने उद्देश्यले यो प्रवद्र्धन केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखाका सह–संयोजक सिनियर अहेब अधिकृत कमलबहादुर रावलले बताउनुभयो।रासस

शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.