• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

क्यान्सरको उपचारमा प्रयोग हुने औषधिको अभाव

  •  बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

काठमाडौँ । क्यान्सरको उपचारमा आवश्यक पर्ने अत्यावश्यक औषधिको चरम अभाव भएको छ। विभिन्न प्रकारका क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने औषधिको चरम अभाव हुँदा धेरै विरामीको जीवन तलमाथि हुन लागेको भन्दै चिकित्सकहरूले तत्काल औषधि उपलब्ध गराउन माग गरेका छन्।

क्यान्सर रोग विशेषज्ञहरूका अनुसार हाल विभिन्न प्रकारका उपचारमा क्यान्सर रोग किमोथेरापीमा प्रयोग हुने औषधिको ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ नामक औषधिको अभाव भएको हो। क्यान्सरको उपचार गर्नेमध्ये प्रमुख विशिष्टिकृत अस्पताल भक्तपुर क्यान्सर अस्पतालमै हाल ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ नामक औषधिको अभाव हुन क्यान्सरको उपचारमा किमोथेरापी गर्नुपर्ने विरामी उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ समेत रहेका भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार हाल अस्पतालमा दैनिक १०० जना क्यान्सरका विरामीले किमोथेरापी लिन्छन्‚ तीमध्ये दैनिक ५०/६० जना विरामीलाई ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ नामक औषधि चाहिन्छ तर अहिले यही औषधि नपाउँदा समस्या भएको छ।

‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधि विशेष गरी फोक्सोको क्यान्सर, अण्डकोष, अण्डाशय, मूत्राशय र मिर्गौलाको क्यान्सरको उपचारमा प्रयोग गरिन्छ। यी दुई औषधि प्राय अन्य क्यान्सर औषधिसँग मिलाएर प्रयोग गरिन्छन्। यी प्रकारका क्यान्सरकार विरामीहरुको लागि यी औषधि अत्यावश्यक औषधि हुन्।

क्यान्सर उपचारमा केही दिन ढिला गरियो भने क्यान्सरका कोषिकाहरु शरिरमा फैलने जोखिम हुने हुँदा चिकित्सकहरु कुनै पनि क्यान्सरको उपचारमा ढिलाइ गर्दैनन्। तर अहिले क्यान्सरको उपचारमा आवश्यक पर्ने यी औषधि बजारमा नहुँदा स्वयम् क्यान्सर रोग विशेषज्ञहरुले नै सरकारसँग यी औषधि द्रुतमार्गबाट उपलब्ध गराउन माग गरिरहेका छन्।

वीर अस्पताल वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. निरज सिंह आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यी औषधि छिटो उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

डा सिंहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‚ ‘केही दिनदेखि क्यान्सरका प्रमुख औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ पाउँदैनन्, विरामीले दुःख पाइराखेका छन्, सरकार र निकायले आफै ध्यान दिनुपर्ने हो, देशमा कुन औषधि अभाव छ, व्यवस्था गर्नुपर्ने हो,हामी चिकित्सकले बारम्बार भन्दैछौ, अब उपचार कसरी गर्ने, कसैलाई मतलब छैन।‘

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले आफ्नो फेसबुकमा लेखेका छन्‚ ‘विगत केही समयदेखि नेपालमा क्यान्सर उपचारका लागि अत्यन्तै अत्यावश्यक किमोथेरापी औषधिहरू कार्बोप्लाटिन र सिस्प्लाटिनको गम्भीर अभाव भइरहेको छ। यो अभावका कारण देशभरीका सयौँ क्यान्सर विरामीको नियमित उपचार प्रक्रिया किमोथेरापी रोकिएको छ, जसले गर्दा विरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको छ र ज्यान जोखिममा परेको छ।

आफ्नै देशमा सहज रूपमा औषधि नपाउँदा विरामी र उनीहरूका परिवार मानसिक तथा आर्थिक रूपमा ठूलो पीडामा छन्। सम्पूर्ण विरामी, आफन्त र सरोकारवालाहरूका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग र सम्बन्धित निकायहरूसँग यो जीवनरक्षक औषधिको तत्काल आपूर्ति र व्यवस्थापन गरिदिनुहुन हार्दिक एवं विनम्र अनुरोध गर्दछु।’

‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ नामकका यी औषधि अत्यावश्यक जीवनरक्षक औषधि हुन्। जसले गर्दा यसको आयत रोक्न नहुने र स्टक पनि राख्नुपर्ने खालका औषधि हुन् यी।

तर पछिल्लो समय अन्ताराष्ट्रिय बजारमा औषधिको मूल्य बढेको तर नेपालमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले समयमै नेपालमा मूल्य समायोजन नगरेका कारण नेपाली आयातकर्ताले यी औषधि ल्याउन नसक्दाअभाव भएको हो।

विशेषगरी भारतबाट आयत हुने यी औषधिको ०७२ सालमा औषधि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा औषधि व्यवस्था विभागले मूल्य समायोजन गरेको थियो। त्यसयता भारत सरकारले ५/७ पटक सम्म मूल्य बढाइसकेको छ तर नेपालमा भने हालसम्म बढेको मूल्य अनुसार नेपालमा यी औषधिको मूल्य समायोजन सरकारले समयमै नगर्दा आयतकर्ताहरूले ल्याउन नसक्दा यी औषधिको अभाव भएको हो।

औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले थाहाखबरसँग भने‚ ‘हामीले छिटो मूल्य समायोजन गरौँ भनेर पटक –पटक सरकारलाई भनेका थियौँ तर हामीले राखेको सुझावमा न औषधि व्यवस्था विभाग संवेदनशील भयो न स्वास्थ्य मन्त्रालय संवेदनशील भयो यसले गर्दा अहिले यी औषधिको अभाव भएको हो, तर केही दिन औषधि व्यवस्था विभागले बल्ल हामीसँग यस विषयमा छलफल गरेको थियो।’

तर केही दिनदेखि यी औषधिको बजारमा चरम अभाव भएको विषय विरामीले गुनासो गर्दै औषधि व्यवस्था विभागमा पुगिसकेको छ। विभागले मन्त्रालयसँग समस्या समाधानका लागि पहल गरे पनि हाल स्वास्थ्यमन्त्री निशा मेहता विश्व स्वास्थ्य संगठनको महासभामा जेनेभामा पुगेकाले अझै केही दिन यी औषधि आयतमा समस्या हुने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

‘क्यान्सरका यी औषधि अभाव भएको विषय आएको छ सचिवले पनि चासो लिनु भएको तर हाल मन्त्री देशबाहिर भएकाले समन्वयका लागि अलि समस्या भएको छ’‚ मन्त्रालय स्रोतले भन्यो। विहीबारको प्रतिनिधिसभाको बैठकमा पनि क्यान्सरको उपचारमा अत्यावश्यक मानिएका यी औषधिको अभावको विषयमा कुरा उठेको थियो।

बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.