• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

हाडजोर्नीका बिरामीमा आर्थ्रोस्कोपिक शल्यक्रियाका फाइदाहरू

  •  आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

आर्थ्रोस्कोपी (Arthroscopy) आधुनिक चिकित्सा विज्ञानको एक महत्वपूर्ण प्राविधिक विधि हो, जसको प्रयोग विशेषगरी हाडजोर्नीसम्बन्धी रोगहरूको पहिचान र उपचारमा गरिन्छ । यस विधिमा सानो क्यामेरा (आर्थ्रोस्कोप) र साना उपकरणहरूको प्रयोग गरी जोर्नीभित्रको समस्या पत्ता लगाई उपचार गरिन्छ । घुँडा, काँध, कुहिनो जस्ता जोर्नीहरूमा यो शल्यक्रिया प्रभावकारीरुपमा प्रयोग हुँदै आएको छ । परम्परागत खुला शल्यक्रियाको तुलनामा आर्थ्रोस्कोपिक निकै सुरक्षित, सरल र प्रभावकारी मानिन्छ ।

आर्थ्रोस्कोपिक शल्यक्रियाका फाइदाहरू

सबैभन्दा ठुलो फाइदा भनेको सानो चिरा (incision) मार्फत् शल्यक्रिया गरिनु हो । परम्परागत शल्यक्रियामा ठुलो चिरा लगाउनुपर्ने हुन्छ भने आर्थ्रोस्कोपीमा सामान्यतया १–२ सेन्टिमिटरको सानो चिरा मात्र लगाइन्छ । यसले बिरामीको शरीरमा कम क्षति पुर्‍याउँछ र शल्यक्रियापछि देखिने दाग पनि निकै सानो हुन्छ । यसले सौन्दर्य पक्षलाई समेत जोगाउँछ ।

यो शल्यक्रियाको महत्वपूर्ण फाइदा छिटो निको हुने प्रक्रिया हो । आर्थ्रोस्कोपिक शल्यक्रियापछि बिरामी छिट्टै सामान्य जीवनमा फर्किन सक्छ । परम्परागत शल्यक्रियामा लामो समयसम्म अस्पताल बस्नुपर्ने र आराम गर्नुपर्ने हुन्छ भने आर्थ्रोस्कोपिक शल्यक्रियापछि धेरैजसो बिरामी केही दिनमै घर फर्कन सक्छन् । यसले बिरामीको समय र खर्च दुबै बचत गर्छ ।

यो विधि कम पीडादायक हुन्छ । सानो चिरा र न्यून क्षतिका कारण शल्यक्रियापछि हुने दुखाइ कम हुन्छ । यसले बिरामीलाई मानसिकरुपमा पनि सहज बनाउँछ । दुखाइ कम हुने भएकाले औषधिको प्रयोग पनि कम गर्न सकिन्छ, जसले साइड इफेक्टको जोखिम घटाउँछ ।

यस उपचार विधिमा संक्रमणको जोखिम कम हुन्छ । ठुलो चिरा नलगाइने भएकाले बाहिरी जीवाणु शरीरभित्र प्रवेश गर्ने सम्भावना कम हुन्छ । यसले शल्यक्रियापछि हुने संक्रमणको खतरा न्यून बनाउँछ, जुन बिरामीको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण कुरा हो ।

आर्थ्रोस्कोपीले स्पष्ट र सटिक निदान गर्न सहयोग गर्छ । क्यामेराको माध्यमबाट जोर्नीभित्रको भागलाई प्रत्यक्षरुपमा स्क्रिनमा हेर्न सकिन्छ । यसले चिकित्सकलाई समस्या ठ्याक्कै पहिचान गर्न र त्यहीअनुसार उपचार गर्न सहज बनाउँछ । यसरी गलत निदान हुने सम्भावना पनि कम हुन्छ ।

एकै समयमा निदान र उपचार दुवै सम्भव हुन्छ । धेरै अवस्थामा आर्थ्रोस्कोपिक गर्दा समस्या पहिचानसँगै तुरुन्तै उपचार पनि गर्न सकिन्छ । उदाहरणका लागि, घुँडाको लिगामेन्ट च्यातिएको अवस्थामा सोही प्रक्रियाबाट मर्मत गर्न सकिन्छ । यसले थप शल्यक्रिया गर्नुपर्ने आवश्यकता घटाउँछ ।

अस्पताल बसाइ छोटो हुन्छ । धेरैजसो आर्थ्रोस्कोपिक शल्यक्रिया “डे–केयर” प्रक्रियामा गरिन्छ, जसमा बिरामीलाई सोही दिन वा एक–दुई दिनमै डिस्चार्ज गरिन्छ । यसले अस्पतालको भिड कम गर्नुका साथै बिरामीलाई पनि सहज बनाउँछ ।

खेलाडी तथा सक्रिय जीवनशैली भएका व्यक्तिहरूका लागि यो विधि अत्यन्त लाभदायक छ । चोटपटक लागेको अवस्थामा छिटो निको भई पुनः खेलकुदमा फर्किन सकिन्छ । विशेषगरी घुँडा र काँधको समस्यामा आर्थ्रोस्कोपी अत्यन्त प्रभावकारी मानिन्छ ।

आर्थ्रोस्कोपिक शल्यक्रिया आधुनिक र उन्नत प्रविधिमा आधारित सुरक्षित, छिटो र प्रभावकारी उपचार विधि हो । यसले बिरामीलाई कम पीडा, कम जोखिम र छिटो निको हुने सुविधा प्रदान गर्छ । त्यसैले हाडजोर्नीसम्बन्धी समस्यामा आर्थ्रोस्कोपिक उपयुक्त उपचार विधि हो ।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.