• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

हाडजोर्नीका बिरामीमा आर्थ्रोस्कोपिक शल्यक्रियाका फाइदाहरू

  •  आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

आर्थ्रोस्कोपी (Arthroscopy) आधुनिक चिकित्सा विज्ञानको एक महत्वपूर्ण प्राविधिक विधि हो, जसको प्रयोग विशेषगरी हाडजोर्नीसम्बन्धी रोगहरूको पहिचान र उपचारमा गरिन्छ । यस विधिमा सानो क्यामेरा (आर्थ्रोस्कोप) र साना उपकरणहरूको प्रयोग गरी जोर्नीभित्रको समस्या पत्ता लगाई उपचार गरिन्छ । घुँडा, काँध, कुहिनो जस्ता जोर्नीहरूमा यो शल्यक्रिया प्रभावकारीरुपमा प्रयोग हुँदै आएको छ । परम्परागत खुला शल्यक्रियाको तुलनामा आर्थ्रोस्कोपिक निकै सुरक्षित, सरल र प्रभावकारी मानिन्छ ।

आर्थ्रोस्कोपिक शल्यक्रियाका फाइदाहरू

सबैभन्दा ठुलो फाइदा भनेको सानो चिरा (incision) मार्फत् शल्यक्रिया गरिनु हो । परम्परागत शल्यक्रियामा ठुलो चिरा लगाउनुपर्ने हुन्छ भने आर्थ्रोस्कोपीमा सामान्यतया १–२ सेन्टिमिटरको सानो चिरा मात्र लगाइन्छ । यसले बिरामीको शरीरमा कम क्षति पुर्‍याउँछ र शल्यक्रियापछि देखिने दाग पनि निकै सानो हुन्छ । यसले सौन्दर्य पक्षलाई समेत जोगाउँछ ।

यो शल्यक्रियाको महत्वपूर्ण फाइदा छिटो निको हुने प्रक्रिया हो । आर्थ्रोस्कोपिक शल्यक्रियापछि बिरामी छिट्टै सामान्य जीवनमा फर्किन सक्छ । परम्परागत शल्यक्रियामा लामो समयसम्म अस्पताल बस्नुपर्ने र आराम गर्नुपर्ने हुन्छ भने आर्थ्रोस्कोपिक शल्यक्रियापछि धेरैजसो बिरामी केही दिनमै घर फर्कन सक्छन् । यसले बिरामीको समय र खर्च दुबै बचत गर्छ ।

यो विधि कम पीडादायक हुन्छ । सानो चिरा र न्यून क्षतिका कारण शल्यक्रियापछि हुने दुखाइ कम हुन्छ । यसले बिरामीलाई मानसिकरुपमा पनि सहज बनाउँछ । दुखाइ कम हुने भएकाले औषधिको प्रयोग पनि कम गर्न सकिन्छ, जसले साइड इफेक्टको जोखिम घटाउँछ ।

यस उपचार विधिमा संक्रमणको जोखिम कम हुन्छ । ठुलो चिरा नलगाइने भएकाले बाहिरी जीवाणु शरीरभित्र प्रवेश गर्ने सम्भावना कम हुन्छ । यसले शल्यक्रियापछि हुने संक्रमणको खतरा न्यून बनाउँछ, जुन बिरामीको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण कुरा हो ।

आर्थ्रोस्कोपीले स्पष्ट र सटिक निदान गर्न सहयोग गर्छ । क्यामेराको माध्यमबाट जोर्नीभित्रको भागलाई प्रत्यक्षरुपमा स्क्रिनमा हेर्न सकिन्छ । यसले चिकित्सकलाई समस्या ठ्याक्कै पहिचान गर्न र त्यहीअनुसार उपचार गर्न सहज बनाउँछ । यसरी गलत निदान हुने सम्भावना पनि कम हुन्छ ।

एकै समयमा निदान र उपचार दुवै सम्भव हुन्छ । धेरै अवस्थामा आर्थ्रोस्कोपिक गर्दा समस्या पहिचानसँगै तुरुन्तै उपचार पनि गर्न सकिन्छ । उदाहरणका लागि, घुँडाको लिगामेन्ट च्यातिएको अवस्थामा सोही प्रक्रियाबाट मर्मत गर्न सकिन्छ । यसले थप शल्यक्रिया गर्नुपर्ने आवश्यकता घटाउँछ ।

अस्पताल बसाइ छोटो हुन्छ । धेरैजसो आर्थ्रोस्कोपिक शल्यक्रिया “डे–केयर” प्रक्रियामा गरिन्छ, जसमा बिरामीलाई सोही दिन वा एक–दुई दिनमै डिस्चार्ज गरिन्छ । यसले अस्पतालको भिड कम गर्नुका साथै बिरामीलाई पनि सहज बनाउँछ ।

खेलाडी तथा सक्रिय जीवनशैली भएका व्यक्तिहरूका लागि यो विधि अत्यन्त लाभदायक छ । चोटपटक लागेको अवस्थामा छिटो निको भई पुनः खेलकुदमा फर्किन सकिन्छ । विशेषगरी घुँडा र काँधको समस्यामा आर्थ्रोस्कोपी अत्यन्त प्रभावकारी मानिन्छ ।

आर्थ्रोस्कोपिक शल्यक्रिया आधुनिक र उन्नत प्रविधिमा आधारित सुरक्षित, छिटो र प्रभावकारी उपचार विधि हो । यसले बिरामीलाई कम पीडा, कम जोखिम र छिटो निको हुने सुविधा प्रदान गर्छ । त्यसैले हाडजोर्नीसम्बन्धी समस्यामा आर्थ्रोस्कोपिक उपयुक्त उपचार विधि हो ।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.