• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गण्डकी प्रदेशमा हाडजोर्नी तथा नसारोग विशेषज्ञको जनशक्ति र सेवा

  •  सोमबार, जेठ ११, २०८३ मा प्रकाशित

हड्डी, जोर्नी, लिगामेन्ट, मांशपेसी, स्नायु र मेरुदण्ड विकृति र चोटपटकको उपचार गर्ने विशेषज्ञलाई हाडजोर्नी तथा नसारोग विशेषज्ञ (Orthopedic Surgeon) भनिन्छ । मानव शरीरको संरचना र गतिशिलता हाडजोर्नी प्रणालीमा निर्भर हुन्छ । हाडहरूले शरीरलाई आकार दिन्छन् । जोर्नीहरूले शरीरको विभिन्न भागहरूलाई चलायमान बनाउँछन् । मांसपेशीहरूले शक्ति प्रदान गर्छन् र स्नायु तथा टेन्डनहरूले यो सबैलाई एक आपसमा जोडेर सन्तुलित कार्य गर्न सहयोग पुर्‍याउँछन् । यदि यीमध्ये कुनै एक अंगमा समस्या आयो भने मानिसको दैनिकीमा ठुलो प्रभाव पर्छ । यिनै कारणले गर्दा हाडजोर्नी तथा नसा विधा मानव स्वास्थ्यको आधारभूत अंगको रुपमा हेरिन्छ ।

हालको परिवेशमा आधुनिक जीवनशैली, शारीरिक कृयाकलापको कमी, असन्तुलित खानपान तथा यातायात साधन, खेलकुदका क्रममा हुने चोटपटकको कारणले हाडजोर्नी तथा नसाका समस्याहरू दिनहुँ बढ्दो क्रममा छ । यीबाहेक बुढ्यौली अवस्था तथा महिलाहरूमा आउने हार्मोनल परिवर्तनको कारणले गर्दा पनि हाडजोर्नीको समस्याहरू देखिन्छन् । यति मात्र नभई बच्चाहरूमा जन्मजात विकृति देखिएमा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा असर पर्छ ।

मुलतः हाडजोर्नी तथा नसा विधामा उपचार गरिने रोगहरूमा हाड भाँचिने (Fracture), जोर्नी फुस्किने (Dislocation), हाड कमजोर हुने (Osteoporosis) ढाडको नसा च्यापिने, विभिन्न किसिमका बाथ, खेलकुदका क्रममा हुने चोटपटक (Sports Injury) पर्दछन् । बढ्दो हाडजोर्नी तथा नसाको समस्यासँगै यस रोगलाई पहिचान गर्नलाई विभिन्न आधुनिक पद्धतिबाट रगत परीक्षण तथा उपकरण (जस्तैः (X-ray, CT-Scan, MRI) को विकास भएकोले उपयुक्त उपचार गर्न सहयोग पुर्‍याएको छ । त्यसैले हाडजोर्नी तथा नसा विधा मानव जीवनलाई स्वास्थ्य, सकृय, सक्षम बनाउन अत्यन्त महत्वपूर्ण चिकित्सा क्षेत्र मानिन्छ ।

यस सन्दर्भमा प्रदेशमा उपलब्ध जनशक्ति, सेवा विस्तार र चुनौतिहरूको विश्लेषण गर्नु महत्वपूर्ण छ । गण्डकी प्रदेशमा हाल सरकारी तथा निजी दुवै क्षेत्रमा हाडजोर्नी तथा नसारोग विशेषज्ञहरूको उपस्थिति क्रमशः बढ्दो अवस्थामा छ । पोखरा जस्तो शहरी क्षेत्रमा अवस्थित अस्पतालहरूमा दक्ष हाडजोर्नी तथा नसा रोग विशेषज्ञहरू उपलब्ध भए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा विशेषज्ञको अभाव अझै देखिन्छ । यिनै कारणले गर्दा बिरामीहरूलाई उपचार गर्नको लागि पोखरा शहर जानु पर्ने बाध्यता छ । केही समय यता प्रदेशका जिल्ला अस्पतालहरूमा यस विधाका दक्ष जनशक्ति उपलब्ध भएको कारणले बिरामीहरूलाई लाभ भने पुगेको छ । उक्त क्षेत्रमा विभिन्न किसिमको उपकरण, साधन उपलब्ध गर्न सकेमा विभिन्न किसिमको शल्यकृया सम्भव हुने छन् ।

केही वर्ष अगाडि अति न्यून दक्ष हाडजोर्नी तथा नसारोग विशेषज्ञको सेवामा चलिआएको गण्डकी प्रदेशमा हाल ६० जना दक्ष जनशक्तिले सेवा प्रदान गर्दै आइरहेका छन् । विभिन्न शैक्षिक अस्पतालहरूमा ३० जना जतिले यस विधामा अध्ययन गर्दै छन् । हालको अवस्थामा अझै पनि गण्डकी प्रदेशलाई विशेषज्ञको कमी नै छ । यद्यपि गण्डकी प्रदेशमा हाडजोर्नीको सम्पूर्ण उपचार सम्भव छ । गण्डकी प्रदेशमा हाडजोर्नी तथा नसारोग सम्बन्धी सम्पूर्ण उपचारहरू सम्भव भएको छ ।

त्यति मात्रै नभई विशेष दक्ष जनशक्ति (जस्तैः आरथ्रोस्कोपिक तथा स्पोर्ट इन्जुरी, स्पाइन सर्जरी, आथ्रोप्लास्टी तथा ह्यान्ड सर्जरीका सेवाहरू विस्तार भएका छन् । भावी योजनाको रुपमा प्रदेश स्तरमा विशेषज्ञ चिकित्सकहरूको संख्या वृद्धि, ग्रामीण क्षेत्रमा सेवा तथा सुविधा विस्तार र जनचेतना अभिवृद्धि कार्यक्रमहरू आवश्यक देखिन्छ । फिजियोथेरापी तथा पुनर्स्थापना सेवालाई अझ सुदृढ बनाउन अत्यन्त जरुरी छ । जसले प्रत्येक बिरामीलाई छिटो र प्रभावकारीरुपमा सामान्य जीवनमा फर्कन मद्दत पुर्‍याउँछ ।

गण्डकी प्रदेशमा हाडजोर्नी तथा नसारोग सेवामा सुधार हुँदै गएको भए पनि अझै धेरै काम गर्न बाँकी छ । जनशक्ति विकास र सेवा विस्तारमार्फत प्रदेशका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने छ ।

सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.