• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कान्तिपुर डेन्टल कलेजमा डिजिटल डेन्टिस्ट्री सेन्टरको उद्घाटन

  •  मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित

काठमाडौं । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’ सहितको डिजिटल डेन्टिस्ट्री सेन्टरको ‘ग्राण्ड लञ्च’ गरेको छ । बसुन्धरास्थित अस्पतालमा सोमबार आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले रिवन काटेर डिजिटल डेन्टिस्ट्री कक्षको उद्घाटन गरेका हुन् ।

प्राडा हुमागाईंले डिजिटल डेन्टिस्ट्रीको शुभारम्भ गर्ने कलेज व्यवस्थापन साथै फ्याकल्टी र विद्यार्थीहरु बधाईको पात्र भएको बताए । उनले डेन्टल एजुकेशन, क्वालिटी केयर, क्वालिटी सर्भिसका लागि डिजिटल डेन्टिष्ट्रीको ठूलो योगदान रहने भन्दै केडीसीलाई सेन्टर अफ एक्सिलेन्सको बाटोमा हिडेको भन्दै खुशी व्यक्त गरे ।

केडीसीले दाँतको इम्प्लान्ट, अवटमेन्ट, क्राउन, ब्रिज तथा भिनियर जस्ता उपचारलाई छिटो, सटीक र डिजिटल प्रणालीमार्फत प्रदान गर्ने उद्देश्यले उक्त प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि यस्ता सेवाका लागि एल्जीनेट सामग्री प्रयोग गरी बिरामीको मुखभित्र इम्प्रेसन लिने परम्परागत पद्धति प्रयोग हुँदै आएको थियो । उक्त प्रक्रियामा बिरामीले ट्रेभित्रको सामग्री टोक्नुपर्ने भएकाले असहजता हुने, समय बढी लाग्ने तथा कहिलेकाहीँ सटीकतामा समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् ।

केडीसीले सञ्चालनमा ल्याएको नयाँ प्रविधि भने ‘कम्प्युटर एडेड डिजाइन तथा कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ (क्याड/क्याम)’ प्रणालीमा आधारित रहेको जनाएको छ । यो प्रणालीमार्फत ‘इन्ट्राओरल स्क्यानर’ प्रयोग गरी बिरामीको मुखभित्रको संरचना डिजिटल रूपमा स्क्यान गरिन्छ र त्यसलाई ‘एसटीएल फाइल’का रूपमा सुरक्षित गरिन्छ ।

उक्त डिजिटल डाटा प्रयोग गरी कलेजकै डिजिटल ल्याबमा ‘थ्रीशेप डेन्टल सिस्टम’ तथा ‘एक्जोक्याड’ जस्ता सफ्टवेयरमार्फत डिजाइन तयार गरिन्छ । त्यसपछि हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिनबाट क्राउन, ब्रिज, भिनियर तथा अलाइनर ट्रे लगायतका संरचना स्वचालित रूपमा निर्माण गरिने बताइएको छ ।

केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले नयाँ प्रविधिले दन्त उपचार सेवा र शिक्षण प्रणाली दुवैमा ठूलो परिवर्तन ल्याउने बताए । ‘यो मेसिन नहुँदा हामी एनालग पद्धतिबाट सेवा दिन बाध्य थियौं,’ उनले भने, ‘अब हामी पूर्ण रूपमा अटोमेटेड, डिजिटलाइज्ड र एआईमा आधारित प्रविधिमा गएका छौं । यसले बिरामीलाई कम समयमा गुणस्तरीय सेवा दिनुका साथै विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिसँग प्रत्यक्ष अभ्यास गर्ने अवसर पनि प्रदान गर्छ ।’

उनले केडीसीले नेपालमा डिजिटल डेन्टिस्ट्री प्रविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस्तो प्रणाली सञ्चालन गर्ने शैक्षिक संस्थामध्ये केडीसी पहिलो भएको दाबी समेत गरे । केडीसीमा पढ्ने सबै विद्यार्थीले ग्राजुएसन गर्दासम्म इन्टरनेशनल स्टाण्डरको सिकाई तथा अवसर पाउने छन् भन्दै अध्यक्ष डा. श्रेष्ठले केडीसीमा पढेका विद्यार्थीहरु ग्लोबल कम्पिटेन्ट भएर निस्कने दावी गरे । केडीसीले उक्त डिजिटल डेन्टिष्ट्री सेन्टरमा थपेको प्रविधिले दाँतसम्बन्धी संरचना निर्माणमा लाग्ने समय उल्लेखनीय रूपमा घटाउने र सटीकता बढाउने बताएको छ ।

डा. श्रेष्ठका अनुसार नयाँ प्रणालीमार्फत जिर्कोनिया, लिथियम डिसिलिकेट, सेरामिक तथा टाइटेनियम जस्ता सामग्रीमा क्राउन, ब्रिज र भिनियर अत्यन्त सटीकताका साथ निर्माण गर्न सकिन्छ । लिथियम डिसिलिकेट क्राउन करिब ९० मिनेटभित्र तथा जिर्कोनिया क्राउन करिब तीन घण्टाभित्र तयार गर्न सकिने उनले बताए । यो प्रविधिबाट अर्थोडोन्टिक उपचारका लागि प्रयोग हुने अलाइनरसमेत कस्टमाइज गरी निर्माण गर्न सकिन्छ । डिजिटल वर्कफ्लो, थ्रीडी मोडेलिङ तथा डिजाइन अप्टिमाइजेसनका कारण उपचार प्रक्रिया छिटो, विश्वसनीय र बिरामीमैत्री बन्ने विश्वास गरिएको छ ।

केडीसीले यो पहल केवल उपचार सेवामा सीमित नभई आधुनिक दन्त शिक्षाको विकाससँग पनि जोडिएको जनाएको छ । अध्यक्ष श्रेष्ठले आधुनिक र छिटोछरितो सेवाको माग बढ्दै गएको भन्दै भविष्यमा थप अत्याधुनिक प्रविधि भित्र्याउने योजना रहेको बताए । ‘अब अस्पताल आएको करिब तीन घण्टाभित्रै बिरामीले दाँतमा क्राउन वा ब्रिज लगाएर फर्किन सक्ने अवस्था बनेको छ,’ उनले भने, ‘दन्त उपचार क्षेत्रमा यो ठूलो उपलब्धि हो ।’

सोही अवसरमा नेपालकै पहिलो प्रोस्थोडोन्टिक्स प्राडा राजतिलक बस्नेतलाई विशेष सम्मान गरिएको थियो । लन्चिङ समारोहमा नेपाल मेडिकल काउन्सिलका सदस्यद्धय डा अजयकुमार साह, डा अस्मिता पोखरेल, प्रोस्थोडोन्टिक सोसाइटीका अध्यक्ष डा. प्रमोद जोशी लगायतको उपस्थिति थियो ।

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.