• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

  •  बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

चितवन  । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।

उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै भन्नुभयो “अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न सुरुआत गरेका छौँ ।” स्वदेशी उद्यमीको संयुक्त लगानीमा रु एक अर्ब ३० करोड सञ्चालनमा आएको जनाइएको छ । उद्योगमा कच्चा पदार्थ र त्यसबाट बन्ने क्यान्सरका औषधिहरु उत्पादनका लागि काम भइरहेको छ । उहाँले भन्नुभयो, “क्यान्सरको औषधिको कच्चा पदार्थ उत्पादन गरी निर्यात गरेका छौँ ।” क्यान्सरको औषधि आयत हुँदै आएको छ । उद्योगले १०–१२ प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ । हाल दुई कच्चा पदार्थ उत्पादन गरिसकेको छ ।

लौठ सल्लोलाई प्रशोधन गरेको सहायक कच्चा पदार्थ ‘टेन ड्यब थ्री’बाट अन्य केमिकल प्रयोग गरी ‘प्याक्लिट्याक्सल’ र ‘डोसीट्याक्सल’ कच्चा पदार्थ उत्पादन गरेको उहाँको भनाइ छ । हेटौँडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौठ सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी यहाँ ल्याएर पुनः प्रशोधन गरिएको उहाँको भनाइ छ । प्रशोधन गरेपछि कच्चा पदार्थ तयार हुने गर्दछ । त्यही तयारी कच्चा पदार्थ दुई किलो पाँचसयग्राम ‘सेभेन ट्रक प्याक्लिट्याक्सल’ मंगलबार भारत निर्यात गरिएको हो । आफूहरुले उत्पादन गरेको कच्चा पदार्थ उत्पादन परीक्षण गरी अनुमति समेत प्राप्त गरिसकेको उहाँको भनाइ छ ।

कच्चा पदार्थ निर्यात गर्न भारतीय कम्पनीलाई नमूना पठाइएको र नमूना सफल भएसँगै भारतमा कच्चा पदार्थ निर्यात गरिएको उहाँले जानकारी दिनुभयो । यो कच्चा पदार्थ रु आठ लाखदेखि २५ लाखसम्म प्रतिकिलो मूल्य पर्दछ । कच्चा पदार्थको ‘ब्राण्ड’ नाम हुँदैन । उहाँले पाकिस्तान, बङ्गलादेशलगायतका एसियाली देशहरुमा निर्यात गर्ने आफूहरुको योजना रहेको जानकारी दिनुभयो । नेपालका ४० देखि ४५ जिल्लामा यो लौठसल्लो पाइने जनाउँदै उहाँले वार्षिक एक हजार ५०० टन लौठसल्लोबाट दुईदेखि तीन हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारीदिनुभयो ।

उद्योगमा नै रहेको अर्काे भवनमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको समेत उत्पादन गर्ने तयारी आफूहरुले गरिरहेको उहाँको भनाई छ । उद्योगमा मासिक ७० देखि ८० किलो कच्चा पदार्थ उत्पादन गर्नसक्ने क्षमता रहेको जनाइएको छ ।

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.