• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

सेवा विस्तार गर्दै कोशी अस्पताल

  •  बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

विराटनगर ।  कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मारेको छ । बिरामीको चाप र आवश्यकतालाई ध्यान दिएर अस्पतालले आफ्नै ब्लड बैङ्क र चस्मा पसल एकैसाथ सञ्चालनमा ल्याएको छ । अस्पतालमा दैनिक रूपमा रगतको अभावका कारण बिरामी र तिनका आफन्तले सास्ती खेपिरहेकै बेला अस्पतालले आफ्नै संरचनामा ब्लड बैङ्क स्थापना गरेको हो ।

अस्पतालले गत पुस महिनामा टेन्डर आह्वान गरी आवश्यक पूर्वाधार निर्माण र उपकरण जडानको प्रक्रिया सुरु गरेको थियो । दुवै सेवाको उद्घाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा रामनारायण चौधरीले गर्नुभएको हो । रु २४ लाखको लागतमा स्थापित ब्लड बैङ्कले रगत अभावको सास्ती हटाउन सहयोग गर्ने भएको छ । अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेका अनुसार अब अस्पतालमै रगत सङ्कलन, परीक्षण र भण्डारणको प्रक्रिया छिटो हुने भएकाले आकस्मिक सेवामा सुधार आउनेछ । “अहिलेसम्म हामी बाह्य निकाय (रेडक्रस)मा निर्भर थियौँ, जसका कारण कतिपय अवस्थामा रगत अभाव हुन्थ्यो,” प्रशासन प्रमुख न्यौपानेले भन्नुभयो, “अब अस्पतालमै ब्लड बैङ्क सञ्चालनमा ल्याएका छौँ, बिरामीले छिटो र सहज रूपमा सेवा पाउनेछन् ।”

ब्लड बैङ्क उद्घाटन लगत्तै अस्पताल परिसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीसहित ४५ जनाले रक्तदान गरेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो । आफ्नै ब्लड बैङ्क सञ्चालनमा आएको खुसियालीमा कर्मचारीले उत्साहपूर्वक रक्तदान गरेका हुन् । विशेषगरी प्रसूति र शल्यक्रिया (सर्जरी) विभागमा रगतको अत्यधिक माग हुने गर्दछ । स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा अन्जु देवले प्रसूति सेवा अत्यन्तै संवेदनशील हुने भन्दै अस्पतालकै ब्लड बैङ्क भएपछि गरिब तथा विपन्न बिरामीले रगत खोज्न बाहिर धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउने बताउनुभयो । प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार कोशी प्रदेशमा दैनिक ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ, तर पछिल्लो समय राजनीतिक गतिविधिले गर्दा रक्तदान कार्यक्रम ओझेलमा पर्दा रगतको चरम अभाव देखिँदै आएको थियो ।

आँखाका बिरामीलाई राहत ब्लड बैङ्कसँगै अस्पतालले आँखा विभागमा बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै आफ्नै परिसरभित्र चस्मा पसल पनि सञ्चालनमा ल्याएको छ । यसअघि अस्पतालमा चस्मा उपलब्ध नहुँदा बिरामी बाहिरका निजी पसलमा जान बाध्य थिए, जसले गर्दा उनीहरूको समय र खर्च दुवै बढी लाग्ने गरेको थियो । अस्पतालका मेसु डा चौधरीले आँखा विभागमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको र उनीहरूको सहजताका लागि यो कदम चालिएको बताउनुभयो । “हालसम्म अस्पतालभित्र चस्मा उपलब्ध नभएकाले बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता थियो, अब त्यो अवस्था सधैँका लागि अन्त्य भएको छ,” मेसु डा चौधरीले भन्नुभयो ।

अस्पतालका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले बीमाअन्तर्गत १,००० रूपैयाँसम्मको चस्मा निःशुल्क प्राप्त गर्न सक्नेछन् भने बीमा नभएका सेवाग्राहीले पनि सहुलियत दरमा चस्मा खरिद गर्न पाउनेछन् । हाल सो अस्पतालको आँखा विभागमा दैनिक औसत ४० जना बिरामीले ओपिडी सेवा लिइरहेका छन् । विभागले चस्मा जाँच, ‘बी–स्क्यान’, ‘भिजुअल फिल्ड’ तथा आँखाको चाप नाप्ने र मोतियाविन्दुको शल्यक्रिया सेवा दिँदै आएको छ । यद्यपि, विभागमा अप्टोमेट्रिस्ट, अप्टिकल फिटर र तालिमप्राप्त नर्सजस्ता प्राविधिक जनशक्तिको भने केही अभाव रहेको चिकित्सक बताउँछन् । यो अस्पताल कोशी प्रदेशकै सबैभन्दा ठूलो र पुरानो सरकारी अस्पताल हो ।

आगामी दिनमा अस्पतालले मधुमेह र उच्च रक्तचापका कारण देखिने आँखाका समस्याको उपचारमा ध्यान केन्द्रित गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने योजना बनाएको छ । एकै ठाउँबाट रगत, परीक्षण, उपचार र चस्मा उपलब्ध हुने भएपछि टाढा–टाढा र छिमेकी भारतीय सहरबाट आउने बिरामीलाई राहत मिल्ने विश्वास गरिएको छ।रासस

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.