• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’

  •  शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी समन्वय बैठक’मा नेपालसहित कर्णालीको मानसिक स्वास्थ्य अवस्थाको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

बैठकमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले नेपालमा ४० प्रतिशतमा चिन्ता र २८ प्रतिशतमा निराशा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । कर्णालीमा पनि मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी ‘चिन्ता र उदासिनता’ देखिएको तथा त्यो नेपालकै तथ्याङ्कसरह रहेको उहाँले बताउनुभयो । उहाँले कर्णालीमा यो समस्या व्यापक बन्दै गएको भन्दै आर्थिक वर्ष २०७९÷८० मा तीन हजार ६८५, आव २०८०÷८१ मा १४ हजार १८१, आव २०८१÷८२ मा १५ हजार १२० र २०८२÷८३ मा नौ हजार ३१९ जनामा मानसिक स्वास्थ्य समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको अन्तसम्म यो सङ्ख्यामा वृद्धि हुने देखिन्छ ।

तथ्याङ्कअनुसार आव २०८१÷८२ आत्महत्या प्रयास गर्नेको सङ्ख्या २०३, एक हजार ४६२ जनामा कन्भर्जन, सात हजार ४८९ जनामा उदासिनता र १५ हजार ४५० चिन्ता रोग देखिएको छ । कर्णालीमा ६८ प्रतिशत महिला र ३२ प्रतिशत पुरुषमा मानसिक स्वास्थ्य समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, सिएमसी नेपालका प्राविधिक निर्देशक तथा मनोवैज्ञानिक डा पशुपति महतले मानसिक स्वास्थ्य समस्याका क्षेत्रमा देशका चार प्रदेश, ५४ जिल्लाका २१५ पालिकामा काम गर्दै आएको बताउनुभयो । डोल्पा र हुम्लाबाहेक कर्णालीका आठ जिल्लाका ३३ पालिकामा आफ्नो कार्यक्षेत्र रहेको बताउँदै उहाँले बालबालिका तथा किशोरीसहित मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि संरक्षणात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश नेपालको सातै प्रदेशमध्ये मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग रणनीति निर्माण गर्ने पहिलो प्रदेश भएको बताउनुभयो । कर्णालीका आठ जिल्लाका २७ पालिकास्तरमा पनि मानसिक स्वास्थ्य नीति तथा रणनीति बनेको जनाउँदै प्रदेश सरकारको रणनीति कार्यान्वयनमा सरकार प्रतिबद्ध भएको लागेको बताउनुभयो । मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले विशेष जनशक्ति खाली नहुनेगरी प्रदेश अस्पतालमा व्यवस्थापन गर्ने बताउनुभयो ।

उपलब्ध जनशक्तिको परिचालन कसरी गर्ने भन्नेमा पनि मन्त्रालय गम्भीर रुपले अगाडि बढेको सचिव श्रेष्ठले बताउनुभयो । उक्त बैठकमा स्वास्थ्य सेवा महाशाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाही, कर्णाली प्रदेश अस्पतालमा मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीलगायतले मानसिक स्वास्थ्य समस्या समाधानमा सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभएको थियो।रासस

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.